१२ मंसिर २०८१ बुधबार
image/svg+xml

मेटलाइफद्वारा एसियाका लागि नयाँ नेतृत्व चयन

अमेरिकी बिमा कम्पनी मेटलाइफ इन्कले किशोर पोन्नभोलुलाई एसिया क्षेत्रको अध्यक्षमा नियुक्त गरेको छ। आगामी सेप्टेम्बर १ बाट लागू हुने गरी उनलाई नियुक्त गरिएको कम्पनीले जनाएको छ।

राजपामा दलका नेता चयन प्रक्रिया अन्योलमा

संसदीय दलको नेतामा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर र अध्यक्षमण्डलक सदस्य राजेन्द्र महताले इच्छा देखाएपछि राजपामा संसदीय दलको नेता चयन गर्ने प्रक्रिया लम्बिँदै गएको छ।

ओली संसदीय दलको नेता चयन

पुर्नगठित नेपाल कम्युनिष्ट पार्टी संसदीय दलको आजको बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको छ।

एन्फाको नयाँ नेतृत्व चयन हुँदै

ललितपुरमा आज बिहान शुरु भएको अखिल नेपाल फुटबल संघ (एन्फा) को १६ औं साधारण सभाले आजै साँझ सम्ममा नयाँ नेतृत्व चयन गर्ने भएको छ।

किराँत राई पत्रकार संघको नयाँ नेतृत्व चयन

किराँत राई पत्रकार संघ खोटाङको अध्यक्षमा गोमा राई चयन भएकी छन्। हलेसी साप्ताहिकको कार्यालयमा बुधबार भएको तेश्रो अधिवेशनबाट गोमा राई पत्रकार संघको अध्यक्ष चुनिएकी हुन्। जिल्लामा राई पत्रकार संघको नेतृत्व पहिलोपल्ट गोमाले पाएकी हुन्।

राजदूत सुवेदी उपाध्यक्षमा चयन

बेलायतका लागि नेपाली राजदूत एवं अन्तर्राष्ट्रिय कफी संगठनका लागि नेपालको स्थायी प्रतिनिधि डा दुर्गाबहादुर सुवेदीलाई परमोशन एण्ड मार्केट डेभलपमेन्ट कमिटीको उपाध्यक्षमा चयन गरिएको छ।

नेता चयनका लागि आज मनोनयन दर्ता

सोमबार हुने काँग्रेस संसदीय दलको नेता छनोटको चुनावका लागि आज मनोनयन दर्ता हुँदैछ । संसदीय दलको नेताको उम्मेद्वारले आइतबार अपराह्न ६ बजेदेखि ७ बजेसम्म मनोनयन दर्ता गर्नसक्ने संसदीय दल नेता छनोटका लागि गठन गरिएको निर्वाचन समितिले जनाएको छ।

अर्मेनीयामा नयाँ राष्ट्रपति चयन

अर्मेनीयाको संसदले शुक्रबार अर्मेन सार्किसीयनलाई देशको चौथो राष्ट्रपतिका रुपमा चयन गरेको छ। देशको समाचार संस्था अर्मेनप्रेसका अनुसार संसदका ९० जना सांसदहरूले सार्किसीयनलाई मतदान गरेका थिए भने उनको विपक्षमा १० मत परेको थियो। एउटा मत भने बदर भएको अधिकारीले जनाएका छन्।

केन्द्रीय संसदका लागि झण्डै तीन हजार प्रतिनिधि चयन

चिनीयाँ केन्द्रीय संसदको १३औं राष्ट्रिय जनकङ्ग्रेसका लागि दुई हजार ९८० जना प्रतिनिधि चयन भएका छन्। देशभरी रहेका ३५ ओटा निर्वाचन इकाइ मार्फत् उनीहरु निर्वाचित भएको समाचारमा जनाइएको छ।

ओली संसदीय दलको नेता चयन

नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई संसदीय दलको नेता चयन गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई प्रधानमन्त्री नियुक्त गरेलगत्तै विहीबार दिउँसो बसेको एमालेको पहिलो संसदीय दलको बैठकले अध्यक्षलाई दलको नेता चयन गरेको हो।

मुख्यमन्त्री चयन प्रक्रिया अघि बढ्यो

प्रदेश ५ मा मुख्यमन्त्री चयन प्रक्रिया अघि बढेको छ।एमाले र माओवादी केन्द्रले एमाले संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्री बनाउन बहुमतसहितको दाबीपत्र प्रदेश प्रमुख उमाकान्त झासमक्ष पेस गरेसँगै मुख्यमन्त्री नियुक्ति प्रक्रिया अघि बढेको हो । आइतबार दिउँसो एमाले संसदीय दलका नेता पोखरेल र माओवादी केन्द्र संसदीय दलका नेता केसीले हस्ताक्षर गरेर प्रदेश प्रमुखलाई पत्र बुझाएकाहुन्।

फोरमले निर्वाचनबाट मुख्यमन्त्री चयन गर्ने

संघीय समाजवादी फोरमले प्रदेश नम्बर २ को भावी मुख्यमन्त्री निर्वाचन प्रक्रियाबाट चयन गर्ने निर्णय गरेको छ। प्रदेशकै ठूलो दलको हैसियतले फोरमले मुख्यमन्त्री चयनको प्रक्रियालाई औपचारिक ढंगले अघि बढाएको छ।

राजपाले संसदीय दलको नेता चयन गर्न सकेन, फोरमको बैठक जारी

राष्ट्रिय जनता पार्टी (राजपा)को केन्द्रीय पदाधिकारी बैठक विना निष्कर्ष टुंगिएको छ। प्रदेश नम्बर २ को संसदीय दलको नेता चयन गर्न शनिबार जनकपुरस्थित होटल सीताशरणमा बसेको बैठकमा यो विषयले प्रवेश नै पाएन।

भावी नेतृत्व चयन प्रभावित हुनेगरी अध्यादेशको तयारी

भावी प्रहरी महानिरीक्षक चयनमा प्रत्यक्ष प्रभाव पार्नेगरी सरकारले अध्यादेशमार्फत संघीय प्रहरी ऐन ल्याउने तयारी गरेको छ । सरकारले वृत्ति विकासमा प्रत्यक्ष प्रभाव पार्ने ३० वर्षीय सेवाअवधि हटाउने गरी संघीय प्रहरी ऐन अध्यादेशमार्फत जारी गराउने तयारी गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्