५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

जनप्रतिनिधिले उठाउन सकेनन् तीन अर्ब बक्यौता

ललितपुर महानगरले कडाइ र अनुगमन नगर्दा ठूला कर दाताहरूले अर्बौंको कर छली गर्दै आएका छन्। जनप्रतिनिधि आएपछि पनि महानगरको बक्यौता झन्–झन् चुलिँदै गएको छ।

करदाता मैत्री प्रशासनको माग

निजी क्षेत्रका व्यवसायीले करदाता मैत्री कर प्रशासन बनाउनु पर्ने माग गरेका छन् । कर तिर्ने व्यवसायीलाई राज्यले सम्मानित रुपमा हेर्न नसकेको उनीहरुको गुनासो छ।

१५ उत्कृष्ट करदाता सम्मानित

सरकारले करदातालाई प्रोत्साहित गर्ने उद्देश्यले यस वर्ष पनि विभिन्न विधामा उत्कृष्ट करदातालाई सम्मानित गरेको छ । आन्तरिक राजस्व विभागले छैटौं राष्ट्रिय कर दिवसका अवसरमा आर्थिक वर्ष २०७३÷७४ मा पनि सबैभन्दा बढी १५ विधामा बढी कर तिर्ने करदातालाई सम्मान गरेको हो ।

सूर्य नेपाल सबैभन्दा ठूलो करदाता, व्यक्तिगत तर्फ सिद्धार्थ सम्शेर राणा

सूर्य नेपाल प्रालि दोस्रो पटक देशको सबैभन्दा बढी कर तिर्ने करदाता कम्पनीको रुपमा दर्ज भएको छ। आन्तरिक राजस्व विभागले छैठौं राष्ट्रिय कर दिवसको अवसरमा आर्थिक वर्ष २०७३/७४ मा पनि सबैभन्दा बढी कर तिर्ने कम्पनीको रुपमा सूर्य नेपाललाई सम्मानित गरेको हो। सूर्य नेपाल अघिल्लो वर्ष पनि सबैभन्दा कर तिर्ने कम्पनीको सूचीमा थियो।

एनसेल सर्वोत्कृष्ट विज्ञापन करदाताबाट सम्मानित

काठमाडौं महानगरपालिकाले जिएसएम मोबाइल सेवाप्रदायक कम्पनी एनसेललाई गत आर्थिक वर्षमा सबैभन्दा बढी विज्ञापन कर बुझाए बापत सम्मान गरेको छ।

सूर्य नेपाल र सिद्धार्थ राणा उत्कृष्ट करदाता

गत आर्थिक वर्ष राज्यलाई सबैभन्दा धेरै कर तिर्नेमा संस्थातर्फ सूर्य नेपाल र व्यक्तितर्फ सिद्धार्थशम्शेर जबरा परेका छन्। जबरा तारा म्यानेजमेन्ट समूहका प्रबन्ध निर्देशक हुन्। पाँचौं राष्ट्रिय कर दिवसका अवसरमा बुधबार सरकारले उनीहरु लगायत १५ उत्कृष्ट करदातालाई सम्मान गरेको छ।

नेपाल टेलिकम, सिप्रदी र अाइएमईलाई उत्कृष्ट करदाता पुरस्कार

सरकारले कर तिर्ने करदाता संस्था र व्यक्तिलाई बुधबार सम्मान गरेको छ। आन्तरिक राजस्व विभागले आयोजना गरेको कर दिवसको उपलक्ष्यमा आयोजना गरेको कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो।

वर्षमा १३ हजार ५ सय नयाँ करदाता थपिए

आन्तरिक राजस्व कार्यालय पोखरामा आर्थिक वर्ष ०७२/७३ मा १३ हजार ५ सयभन्दा बढी नयाँ करदाता थपिएका छन्। गण्डकी र धवलागिरी अञ्चलका विभिन्न १० जिल्ला कार्यक्षेत्र रहेको कार्यालयमा नयाँ थपिएकासँगै करदाताको संख्या ६६ हजार ५ सय नाघेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्