coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

नेपाल टेलिकम, सिप्रदी र अाइएमईलाई उत्कृष्ट करदाता पुरस्कार

नेपाल टेलिकम उत्कृष्ट करदाताः उत्कृष्ट करदाताको पुरस्कार ग्रहण गर्दै टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारी। तस्विरः दिपेश श्रेष्ठ

काठमाडौं— सरकारले कर तिर्ने करदाता संस्था र व्यक्तिलाई बुधबार सम्मान गरेको छ। आन्तरिक राजस्व विभागले आयोजना गरेको कर दिवसको उपलक्ष्यमा आयोजना गरेको कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि अर्थमन्त्री कृष्णबहादुर महराले पुरस्कृतलाई प्रमाणपत्र प्रदान गरेका थिए। पाँचौं राष्ट्रिय कर दिवसको उद्घाटन गरेका उनले कर तिर्नु सम्मानको विषय भएको उल्लेख गरे। नागरिकले तिरेको कर राष्ट्र सेवा र राज्यको उन्नतिका लागि उपयोग हुने हुँदा कर तिर्नु सबैको कर्तव्य भएको उनले बताए।

अर्थमन्त्री महराले उत्कृष्ट करदाता आईएमई समूहका अध्यक्ष चन्द्र ढकाल, नेपाल टेलिकमकी कामिनी राजभण्डारी, सिप्रदी ट्रेडिङका कार्यकारी अधिकृत शम्भुप्रसाद दाहाल लगायतलाई ताम्रपत्र सहितको पुरस्कार हस्तान्तरण गरेका थिए।

उत्कृष्ट करदाताको पुरस्कार ग्रहण गर्दै सिप्रदीका दाहाल तथा अाइएमई समूहका ढकाल (तल)। तस्विरः दिपेश श्रेष्ठ

 

नेपाल टेलिकम उत्कृष्ट करदाताः उत्कृष्ट करदाताको पुरस्कार ग्रहण गर्दै टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारी। तस्विरः दिपेश श्रेष्ठ
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App