११ मंसिर २०८१ मंगलबार
image/svg+xml

घामको प्रहारबाट छाला जोगाउन

गर्मी बढेसँगै छालाको सुरक्षाका लागि सनस्क्रिनको प्रयोग कसरी गर्ने ? भन्ने बारेमा चासो राख्नेहरू बढ्छन् । घामको नकारात्मक असरबाट छाला जोगाउन गर्मी वा जाडो जुनसुकै मौसममा पनि सनस्क्रिन लगाउन जरुरी हुन्छ । तर, सनस्क्रिन लगाउने सम्बन्धमा विभिन्न भ्रम रहेको पाइन्छ ।

पौडी पोखरीबाट सर्न सक्ने छाला रोग

गर्मी चढ्दै गएपछि पौडी पोखरी धाउनेहरू बढ्छन् । गर्मी याममा पौडी खेल्नुको मज्जा बेग्लै हुन्छ । पौडी खेल्नु मनोरञ्जनका साथसाथै शारीरिक अभ्यास पनि हो । पौडी खेल्दा शरीरका विभिन्न अंग एकसाथ चल्छन् । एकै पटक शरीरका विभिन्न भागको एक्सरसाइज हुन्छ ।

खरानी भए बाघको छाला र खाग

गैंडाको नाकमाथि हुने सिंग जस्तो वस्तु खागमा औषधिको गुण हुन्छ भन्ने चीनीयाँ अन्धविश्वास छ। विज्ञानले मान्छेको शरीरमा हुने रौं र खागमा एउटै रासायनिक तत्व हुने र कुनै खालको औषधीय गुण नहुने प्रमाणित गरे पनि अन्धविश्वासका कारण अन्तराष्ट्रिय तह मै खागको अवैध बिक्री वितरण हुने गरेको छ।

परराष्ट्रमन्त्रीले जलाए खाग र बाघकाे छाला (फोटो फिचर)

दुर्लभ वन्यजन्तु गैंडाको नाकमाथि हुने सिंग जस्तो वस्तु खागमा औषधीको गुण हुन्छ भन्ने अन्धविश्वास छ ।  तर गैंडाको शरीरमा हुने रौंमा जुन रासायनिक तत्व हुन्छ खागमा पनि त्यही हुने वैज्ञानिक अनुशन्धानले देखाएको छ । अन्धविश्वासका कारण अन्तराष्ट्रिय बजारमा खागको गैर कानुनी व्यपार जारी छ । तस्करहरूले खागका लागि गैंडा मार्दा यसको अस्तित्व नै संकटमा परेको छ ।

तीन थान चितुवाको छाला बरामद

कोहलपुरमा तीन थान चितुवाको छाला सहित पक्राउ परेका दुई अभियुक्तलाई थप कारवाही र अनुसन्धानका लागि बाँके राष्ट्रिय निकुञ्जमा पठाइएको छ। चैत २४ गते प्रहरीले तीन वटा चितुवाको छालासहित जाजरकोट सुवानाली–८ का जसे थापा र सुवानाउली–७ का प्रेम बहादुर रावतलाई पक्राउ गरेको थियो।

टीकापुर छाला जुत्ता-चप्पल लोकप्रिय

लालबहादुर सार्की (५२) ले छालाका जुत्ता चप्पल बनाउन थालेको झन्डै तीन दशक पुग्न थाल्यो। २०४४ सालमा दाङबाट बसाइँ सरेर आएका सार्की टीकापुरमा व्यावसायिक रुपमा छालाका जुत्ता चप्पल बनाउने पहिलो व्यक्ति हुन्।

छैठौं राष्ट्रिय छाला जुत्ता प्रदर्शनी सुरु

उद्योग राज्यमन्त्री कन्चन चन्द्र बादेले स्वदेशमा उत्पादन भएका नेपाली जुत्तालाई अन्तर्राष्ट्रिय रुपमा ब्रान्डिङ गर्नुपर्ने बताएका छन्। उनले नेपाली छाला जुत्ता उद्योगलाई पनि अन्तर्राष्ट्रिस्तरसम्म प्रवर्द्धन गर्नका लागि उद्योग मन्त्रालयले गर्नुपर्ने कानुनी तथा कागजी प्रक्रिया छिटो ढंगले टुंग्याउने समेत बताए।

चितुवाको छाला सहित दुई पक्राउ

चितुवाको छाला सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। लालमटिया–३ दिदी/भाउजु होटलबाट प्युठान स्याउलीबाङ –३ बस्ने ३९ बर्षीया सेतु नेपाली र सोही स्थान बस्ने रजवारा–२ बस्ने ३८ बर्षीय भिम परियारलाई चितुवाको छाला १ थान सहित सोमबार प्रहरीले पक्राउ गरेको जनाएको छ।

रेडपाण्डाको छालासहित पक्राउ

दुर्लभ रेडपाण्डाको छालासहित दाङमा एक व्यक्ति पक्राउ परेका छन्। शुक्रबार बेलुका रेडपाण्डाको छाला बिक्रीका लागि लुकाएर लैजाँदै गरेको अवस्थामा रोल्पा मिरुल १ का दीपक बुढामगरलाई क्षेत्रीय प्रहरी अनुसन्धान नेपालगन्जको टोलीले भालुवाङबाट नियन्त्रणमा लिएको हो।

रेडपाण्डाको छाला सहित पक्राउ

काठमाडौँ- जडिबुटीबाट संरक्षित वन्यजन्तु रेडपाण्डाको २ थान छाला सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई केन्द्रीय अनुसन्धान ब्यूरोले सोमबार पक्राउ गरेको हो।

दुर्लभ रेडपाण्डाको छाला सहित सिंह पक्राउ

कोहलपुर- दुर्लभ रेडपाण्डाको छालासहित कोहलपुरका एक व्यक्ति पक्राउ परेका छन्। रेडपाण्डाको छालासहित जाजरकोट गर्खाकोट–५ को २२ बर्षीय सुदिप सिंह पक्राउ परेका हुन्। कोहलपुर–१२ स्थित एक होटलमा छालासहित सिँह पक्राउ परेका हुन्।

चितुवाको छालासहित दुई पक्राउ

कोहलपुर-ईलाका प्रहरी कार्यालय कोहलपुरले चितुवाको छालासहित दुई व्यक्ति पक्राउ गरेको छ । कोहलपुर १२ बाट कुवेरजंग शाह र सहविर खत्री पक्राउ परेका हुन् । बिहीबार दिउँसो साढे ३ बजे उनीहरुको साथबाट दुईवटा चितुवाको छाला पक्राउ गरिएको हो ।

रेडपाण्डाको ९ थान छालासहित ४ जना पक्राउ

काठमाडौं– दुर्लभ वन्यजन्तु रेडपाण्डाको ९ थान छालासहित ४ जनालाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले बुधबार पक्राउ गरेको छ। बुढानिलकण्ठ नगरपालिका–१४ कपनस्थित जीवन गुरुङको कोठामा एक थानको ५ लाख ५० हजार रुपैयाँका दरले बिक्री गर्ने उद्देश्यले राखेको अवस्थामा उक्त छालासहित ४ पक्राउ परेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ।

मकवानपुरमा चितुवाको छालासहित दुईजना पक्राउ

मकवानपुर प्रहरीले चितुवाको छालासहित दुईजनालाई पक्राउ गरेको छ । उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) काठमाडौं र मकवानपुर जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले आइतबार दिउँसो तीन बजे हैटौंडा उपमहानगरपालिका–२५ को दोभनचौरबाट समाएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्