विषादी मापन प्रयोगशालाका कर्मचारी कामविहीन, कार्यालय सुनसान
सरकारले भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादीको मात्रा परीक्षण कार्य रोकेसँगै सर्लाहीको उष्णप्रदेशीय बागबानी केन्द्र परिसरमा रहेको विषादी मापन प्रयोगशाला सोमबारबाट सुनसान बनेको छ।
सरकारले भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादीको मात्रा परीक्षण कार्य रोकेसँगै सर्लाहीको उष्णप्रदेशीय बागबानी केन्द्र परिसरमा रहेको विषादी मापन प्रयोगशाला सोमबारबाट सुनसान बनेको छ।
महानगरपालिका कार्यालयले शुक्रबार सूचना जारी गर्दै असार १ गतेदेखि ६ गतेसम्म सबै सामुदायिक तथा संस्थागत विद्यालय बन्द गराएको छ । वीरगन्ज महानगरपालिका कार्यालयले जारी गरेको सूचनाअनुसार विद्यालयका प्रधानाध्यापक तथा नगर शिक्षक महासंघको रायअनुसार विद्यालय बन्द गर्ने निर्णय गरिएको हो । ‘गर्मी अत्यधिक बढेकाले खास गरी ससाना बालबालिकालाई निकै समस्या छ,’ महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले भने, ‘कतिपय विद्यालयमा जस्तापाताका छाना छन्, केही ठाउँमा पंखा नरहेको सूचना आएको छ, गर्मीलाई ध्यानमा राख्दै विद्यालय बिदा गरिएको हो ।’ अवस्था हेरेर एक सातासम्म यो बिदा बढाउन सकिने उनले बताए ।
हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री रवीन्द्र अधिकारीको कार्यालय बिहीबार सुनसान रह्यो। मन्त्रिपरिषद् बैठकले फागुन १६ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो।
कैलालीको पूर्वी क्षेत्रका थारु बस्तीमा माघी पर्वको खासै चहलपहल छैन। कुनै बेला उक्त पर्वमा भरिपूर्ण हुने थारु बस्ती यो वर्ष प्रायः सुनसान देखिन्छन्। मधेश–थरुहट आन्दोलनका क्रममा २०७२ भदौ ७ र ८ गते कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनापछि थारु बस्तीमा माघी पर्वको रौनक हराएको धेरैको बुझाइ छ।
हिजो १० वर्ष सशस्त्र युद्ध गर्दा तत्कालीन माओवादीले राजधानीको सपना देखाएको रोल्पा र रोल्पाली आज तिनै नेतृत्वको कार्यशैली प्रति अचम्मीत छन्। ‘आदरणीय जनसमुदाय, यो हाम्रो आधार किल्ला, आधार ईलाका हो। अब नयाँ नेपालको राजधानी रोल्पा हुनेछ।
उत्तरी चीन जोड्ने परम्परागत र मुलुकको एक मात्र ठुलो तातो पानी नाका ३ वर्षदेखि बन्द छ। २०७२ वैशाख १२ को भूकम्पपछि नाका बन्द भयो।
एक वर्ष अघिसम्म साबिकका जिल्ला विकास समितिमा सेवाग्राहीको निकै भीड लाग्थ्यो । सेवाग्राहीको चाप थेग्न कर्मचारीलाई हम्मे पथ्र्यो । जिल्लाका सबैजसो काम समितिमै ठोकिन्थे । सेवाग्राही हरेक प्रकारका काम लिएर जिविसमै धाउने गर्थे ।
बहुमुल्य जडबुटी यार्साका लागि यस वर्ष जेठको दोस्रो साताको अन्तिममा बुकी खुला गरिने भएको छ।
राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर बिरामी हुँदा राजपामा सुनसान देखिएको छ । पार्टीका गतिविधि शून्य झै भएका छन्।
दिप्रुङ गाउँपालिका–२, डाँडागाउँको खुतुम्बुले कुनै समय बजारकै रुप लिएको थियो । मिलेको जग्गा र बाक्लो बस्तीका कारण कुनै समय बजारको झल्को दिने खुतुम्बु हाल सुनसान छ। अध्ययन, रोजगारी र अवसरको खोजीलगायत कारण घर छाड्दै हिँड्नेक्रम सुरु भएपछि खुतुम्बुमा हाल ३/४ घर मात्र बाँकी छन्।
प्रतिनिधिसभाको निर्वाचन भएको दुई महिना पुगेपनि संघीय संसद् सचिवालयमा चहलपहल छैन । संघीय संसद्भन्दा पहिला प्रदेश संसद्को बैठक बस्ने भएका कारण सबैको ध्यान प्रदेशतर्फ गएको छ । यसका कारण संघीय संसद्मा सुनसान भएको छ । संसद सचिवालयका एक अधिकारीले भने । प्रदेशसभाको बैठक इतिहासमा पहिलोपटक बस्न लागेकाले त्यो सबैको आँखामा रूचिको विषय बनेको छ ।
सोलुखुम्बुको उच्च हिमाली क्षेत्रका स्थानीय जाडो छल्न काठमाडौं लगायत विभिन्न जिल्ला जान थालेका छन् । केही समय अघिसम्म पर्यटकले खचाखच भरिएको सोलुखुम्बुको विमानस्थल, होटल, लज, क्याम्पिङ साइट, चौतारा, बाटोघाटो, पुलपुलेसा तथा दृश्यावलोकन गर्ने स्थल सुनसान बनेको छ ।
सोलुखुम्बुको उच्च हिमाली क्षेत्रका स्थानीय बासिन्दा जाडो छल्नका लागि काठमाडौ लगायत विभिन्न जिल्लाहरुमा जान थालेका छन् ।
निर्वाचनले विहिबार पृथ्वी राजमार्ग सुनसान भएको छ । नियमित रुपमा सवारी संचालन हुने राजमार्ग क्षेत्रमा दोस्रो चरणको निर्वाचनका कारण सुनसान देखिएको छ ।
मुलुकभर प्रदेश र प्रतिनिधि सभाको चुनावी माहौल तात्दै गए पनि सोलुखुम्बुको तिङला क्षेत्र सुनसान देखिएको छ । सोलुदूधकुण्ड नगरपालिकामा समावेश हुन पाउनुपर्ने मागसहित आन्दोलनमा रहेका तिङला क्षेत्रमा कुनै पनि दलका उम्मेदवार चुनावी प्रचारप्रसारका लागि पुगेका छैनन्।