२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

नारायणी नदीमा सञ्चालन हुन थाले मोटरबोट

वर्षा सकिएपछि नारायणी नदीमा मोटरबोट सञ्चालन हुन थालेका छन्। बर्खा याममा पानीको बहाव बढेपछि रोकिएका मोटरबोट चाडपर्वसँगै सञ्चालन भएका हुन्।

भोटेकोशीमा पानीको बहाव वढेपछि सावधान रहन आग्रह

भोटेकोशी नदीमा पानीको बहाव एक्कासि बढ्दै गएकाले पूर्वसावधानी अपनाउन रसुवा प्रहरीले अनुरोध गरेको छ।

कालीगण्डकीमा ९६ मेगावाट विद्युत् उत्पादन

स्याङ्जाको कालीगण्डकी गाउँपालिका ७ मिर्मीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाले दैनिक ९६ मेगावाट विद्युत् उत्पादन गर्दै आएको छ।

कालीगण्डकीको बिजुली भारत निर्यात सुरु

कालीगण्डकी ए विद्युत् गृहबाट उत्पादित विद्युत् भारत निर्यात गर्न सुरु भएको छ। यो १४४ मेगावाट जडित क्षमताको आयोजना हो।

महाकालीमा पानीको बहाव यस वर्षकै उच्च

महाकाली नदीमा पानीको बहाव आज दुई लाख २३ हजार २०० क्युसेक पुगेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार शनिबारदेखि महाकाली नदीमा पानीको बहावमा उतारचढाव आइरहेको छ ।

सेतीमा पानीको बहाव बढ्यो, सतर्क रहन आग्रह

लगातारको वर्षाका कारण डोटीको सेती नदीमा पानीको बहाव बढेको छ। बहाव बढेकाले नदी आसपासका बस्तीमा खतरा बढेको भन्दै सचेत रहन जिल्ला प्रशासन कार्यालयले सबै नागरिकलाई आग्रह गरेको छ।

पश्चिमका नदीमा बढ्दै पानीको बहाव

नदीहरुको हालको अवस्था मंगलबार बिहानको मापनअनुसार कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाब सामान्य अवस्थामा छ। जल तथा मौसम विज्ञान कार्यालयका अनुसार सबै नदीमा पानीको बहाव सतर्कता तहभन्दा तलै छ।

सप्तकोशीमा खतरा टर्दै

सप्तकोसी नदीमा पानीको बहाव घट्न थालेपछि खतरा टर्दै गएको छ । शनिबार बिहान ५ बजे यस वर्षकै उच्च पानीको बहाव पुगेकोमा अपरान्हदेखि भने घट्न थालेको छ ।

४३ घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण

बिहीबार रातिदेखि अविरल वर्षात् कारण सेतीनदी किनार क्षेत्रमा बस्दै आएका तनहुँको शुक्लागण्डकी नगरपालिका क्षेत्रका ४३ घरपरिवारका करिब २०० बढी जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

झापाका १४ पालिका बाढीबाट प्रभावित

झापाका १५ स्थानीय तहमध्ये १४ पालिका जिल्लाका मुख्य नदीनालामा पानीको बहाव बढेसँगै प्रभावित हुने नेपाल रेडक्रस सोसाइटी झापाले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्