१० मंसिर २०८१ सोमबार
image/svg+xml

सिइओ पोखरेललाई प्युठान छाड्न निर्देशन

आयोगको बिहीबार बसेको बैठकले प्युठानका प्रमुख जिल्ला अधिकारीलाई पत्र लेखी १० दिनदेखि प्युठानमा कांग्रेसको कार्यक्रममा सहभागी भई निर्वाचन आचारसंहितालाई अटेर गरेको भन्दै पोखरेललाई जिल्ला छोडाउने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

भूकम्पपीडितमाथि फेरि खेलवाड, सिइओ पोखरेल प्युठानबाट चुनाव लड्दै

भूकम्पपछिको पुनर्निर्माणका लागि गठन गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण राजनीतिक चलखेलको थलो बन्दा पीडित थप मारमा पर्ने देखिएको छ । भूकम्प गएको २८ महिनासम्म टहरामा जीवन गुजार्न बाध्य पीडितमाथि पुनः अर्को राजनीतिक चलखेल सुरु भएको छ ।

बर्खास्त सिइओ ज्ञवालीको रिटमा अन्तरिम अादेश भएन

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका बर्खास्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीको रिटलाई सर्वोच्च अदालतले प्राथमिकता दिँदै फैसलाको लागि पठाएको छ।

बर्खास्त सिइओ ज्ञवालीको रिट कार्कीको इजालसमा

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका बर्खास्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीको रिटको सुनुवाई सर्वोच्चका न्यायाधीशद्वय जगदशी शर्मा पौडेल र हरिकृष्ण कार्कीको इजासलमा जारी छ। २०७२ पुस १० गते केपी ओली सरकारले ज्ञवालीलाई प्राधिकरण सिइओ नियुक्त गरेको थियो। उनको योग्यता नपुगेको भन्दै २०७२ माघ ११ मा अधिवक्ता कृष्णप्रसाद चौलगाइँले सर्वोच्चमा रिट दायर गरेका थिए।

नयाँ सिइओमा पुनः पोखरेल

सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीलाई बर्खास्त गरी सो पदमा डा. गोविन्दराज पोखरेललाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को बुधबारको बैठकले दुईपटकसम्म लिइएको स्पष्टीकरणको जबाफ चित्त बुझ्दो नभएको भन्दै ज्ञवालीलाई हटाएर पोखरेललाई नयाँ सिइओेमा नियुक्त गरेको हो।

प्राधिकरणका सिइओ ज्ञवाली बर्खास्त, गोविन्द पोखरेल नयाँ सिइअाे नियुक्त

रकारले राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई बर्खास्त गरेको छ। मन्त्रिपरिषद बैठकले नयाँ सिइओमा डा. गोविन्द पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको छ।

सिइओ ज्ञवालीले सरकारलाई बुझाए ६ पानाकाे दोस्रो स्पष्टीकरण

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई सरकारले सोधेको दास्रो स्पष्टीकरणको जबाफ अाज बुझाएका छन्। ज्ञवालीले यसअघि बुझाएको स्पष्टीकरण चित्त नबुझेको भन्दै सरकारले बिहीबार दोस्रोपटक 'तपाईंलाई पदबाट किन नहटाउने?' भन्ने बेहोरासहित चारबुँदे स्पष्टिकरण सोधेको थियो।

सरकारले प्राधिकरणका सिइओ हटाएपछि ओली आक्रोशित

सरकारले पुन निर्माण प्राधिकरणका सिइओ सुशील ज्ञवालीलाई बर्खास्त गर्ने निर्णयप्रति प्रमुख प्रतिपक्ष एमाले आक्रोशित बनेको छ। एमाले अध्यक्ष केपी ओलीले भूकम्प पीडित अझै टहरामा बसिरहेको अवस्थामा सरकारले सिइओ अटाएर राम्रो नगरेको चेतावनी दिए।

प्राधिकरणका सिइओ ज्ञवालीलाई हटाउने जिम्मा प्रधानमन्त्रीलाई

राष्ट्रिय पुन निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई पदबाट हटाउने जिम्मा प्रधानमन्त्री पुष्पकमल दाहालाई गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीले बुझाएको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै सरकारलाई उनलाई हटाउने निष्कर्षमा पुगेको हो।

प्राधिकरण सिइओ हटाउने तयारी, ७ दिने स्पष्टिकरण सोध्ने सरकारको निर्णय

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीलाई हटाउन सरकारले प्रक्रिया थालेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीको काम सन्तोषजनक नभएको र सरकारलाई असहयोग गरेको भन्दै ७ दिने स्पष्टिकरण सोध्ने निर्णय गरेको छ।

पुनर्निर्माण प्राधिकरणका सिइओ फेर्न कसरत

भूकम्पपीडितलाई राहत वितरण कार्य सन्तोषनजक नभएको भन्दै असन्तुष्ट रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतसहित कार्यप्रणाली र संरचनासमेत परिवर्तन गर्ने कसरतमा जुटेका छन्।

सिइओको योग्यतामा बिमा समिति लचिलो

बिमा समितिले प्रमुख कार्यकारी अधिकृत (सिइओ) को योग्यतालाई केही खुकुलो बनाएको छ। समितिले संस्थागत सुशासन सम्बन्धी पुरानो निर्देशन संशोधन गर्दै सिइओको योग्यता खुकुलो बनाएको हो।

नेपाल इन्स्योरेन्सका सिइओ हटाइए

काठमाडौं—कम्पनीमा नियुक्त हुँदा दिइएको जिम्मेवारी पूरा गर्न नसकेको भन्दै नेपाल इस्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदसँग व्यवस्थापन समितिले करार भङ्ग गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्