१ मंसिर २०८१ शनिबार
image/svg+xml

खुलै छाडिएको सडक ढलमा खसेर एक जनाको ज्यान गयो

सडक विस्तारका क्रममा सम्बद्ध पक्षले आवस्यक सेचतना नअपनाउँदा राजधानीमा एक जनाले ज्यान गुमाउनु परेको छ। खुल्लै छाडिएको ढलमा खसेर बल्खुमा आज एक जनाको ज्यान गएको हाे।

नेपालसँग शैन्य सम्बन्ध बढाउन चीन अग्रसर

चीन नेपालसँगकाे शैन्य सम्बन्ध थप विस्तार गर्न अग्रसर देखिएकाे छ। चीनले नेपालमा मानवीय सहयोग तथा प्रकोप उद्दार उपकरणका लागि नेपाली सेनालाई २ अर्ब ५३ करोड रुपैयाँबरावरको सहयोग उपलब्ध गराउने भएको छ।

नागरिकको सम्पत्ति खोसिने विषयमा संवेदनशील बन्न अादेश

सर्वोच्च अदालतले घरअगाडि बाटो बनाउँदा नागरिकको सम्पत्ति खोसिने भएकाले क्षतिपूर्ति तोकेर मात्र सडक विस्तार गर्न परमादेश जारी गरेको छ।

‘भारतीय सेनाप्रमुखको अभिव्यक्तिको उद्देश्य नेपाललाई अधिनमा राख्ने नै हो’

मोहनविक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले भारतीय सेना प्रमुख विपित रावले दिएको अभिव्यक्तिको विरोध गरेका छन्। महामन्त्री सिंहले मंगलबार विज्ञप्ति जारी गरी नेपाल र भुटानजस्ता देशहरु भारतभन्दा टाढा जाननसक्ने र भारतप्रति नै झुकाव राख्नुपर्ने सेनाप्रमुखको अभिव्यक्ति भारतले दशकौंदेखि नेपालप्रति अपनाउँदै आएको विस्तारवादी नीतिलाई पुष्टि गरेको उल्लेख गरेका छन्।

सोह्रखुट्टे सत्तलको पुनर्निर्माण सुरु

सडक विस्तारमा क्रममा भत्काइएको सोह्रखुट्टे सत्तलको पुनर्निर्माण थालिएको छ । काठमाडौं महानगरपालिका–१६ मा रहेको सत्तल (पाटी) सडक विभागले चार वर्षअघि सडक विस्तारको क्रममा भत्काएको थियो।

सडक विस्तारका काम तत्काल सम्पन्न गर्न निर्देशन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले खाल्डाखुल्डी मर्मतसहित सडक विस्तारका क्रममा बाँकी रहेका काम तत्काल सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। चाबहिल–बौद्ध–जोरपाटी र कलङ्की–नागढुंगा सडकको अनुगमनका क्रममा तीव्र गतिमा सडक विस्तारका काम हुन नसकेको पाइएको भन्दै मन्त्रिपरिषद् कार्यालयले सडकमा रहेका बिजुली र टेलिफोनका पोल तथा तार हटाउन निर्देशन दिएको हो।

स्थानीयको अवरोधका कारण बौद्ध–जोरपाटी सडक विस्तारमा कठिनाई : आयोजना

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले स्थानीयको अवरोधका कारण चावहिल–जोरपाटी–साँखु सडक विस्तार तथा सुधार अन्तर्गत बौद्ध–जोरपाटी सडकखण्ड समयमै पुरा हुन नसकेको बताएको छ।

सम्बन्ध विस्तार गर्न परराष्ट्रमन्त्री युरोप भ्रमणमा

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली युरोपेली संघको प्रधान कार्यालयसहित संघका केही प्रभावशाली सदस्य देशको साताव्यापी औपचारिक भ्रमणमा साेमबार राति पोर्चुगलको राजधानी लिस्बनतर्फ प्रस्थान गर्दैछन्।

आपसी सहयोग र थप सम्बन्ध विस्तार गर्न जापान तयार

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा र नेपालका लागि जापानी राजदूत मासामिची साइगोबीच बिहीबार सिंहदरबारमा भेट वार्ता भएको छ।

गुणस्तरीय सेवा विस्तार गर्दै शिक्षण अस्पताल

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले थप गुणस्तरीय सेवा विस्तार गर्न सफल भएको बताएको छ।

‘सडक विस्तारलाई केन्द्रमा राखेको छु’

हामीले सबैभन्दा बढी यस क्षेत्रको पूूर्वाधार विकासलाई जोड दिएका थियौं । सुरुदेखि नै सडक विस्तारको कामलाई अघि बढायौं । दक्षिण ललितपुरको माल्टामा जाने सडक बेहाल थियो । अहिले कच्ची सडकको ट्रयाक बनाएर सञ्चालनमा ल्याएका छौं । म निर्वाचित भएयता सडक सहज बनाए।

सर्वाेच्चको फैसलापछि सडक विस्तार झनै अन्योल

२०७२ सालमा उपत्यकाका दर्जनभन्दा धेरै सडक चौडा पार्ने अभियान थलियो । कलंकी–नागढुंगा, जोरपाटी–साँघुलगायत क्षेत्रका स्थानीयवासी फराकिलो सडकमा सरर यात्रा गर्न पाइने भनेर दंग थिए ।

विमानस्थलको धावन मार्ग विस्तार गर्ने मन्त्रिपरिषद्को निर्णय

प्रदेश नं १ को मन्त्रिपरिषद्को आज बसेको बैठकले संघीय सरकारको सहयोगमा विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरमा स्तरोन्नति गर्न तीन हजार मिटरको धावन मार्ग निर्माण गरी विस्तार गर्ने निर्णय गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्