१५ वैशाख २०८१ शनिबार
image/svg+xml

नाबालिगलाई भगाएको विषयमा प्रदर्शन, ९ राउन्ड अश्रुग्याँस प्रहार

नाबालिगलाई भगाएर लगेकाे विषयमा विवाद हुँदा धनुषाको औरही गाउँपालिका–१ पौडेसर तनावग्रस्त भएको छ।तनाव नियन्त्रणमा लिन प्रहरीले अहिलेसम्म ९ राउन्ड अश्रुग्याँस प्रहार गरेको छ।

नेपालमा न्यायपालिकालाई सरकारले सम्मान गरेन, राजनीतिक दबाब र हस्तक्षेप बढ्दो: अमेरिका

उक्त प्रतिवेदनमा नेपालको संविधानले स्वतन्त्र न्यायपालिकाको प्रत्याभूत गरेपनि सरकारले न्यायिक स्वतन्त्रता र निष्पक्षताकोे सामान्यतया सम्मान नगरेको र अदालत राजनीतिक दबाब, घुस र हस्तक्षेपका कारण कमजोर भएको बताइएको छ।

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका छन्। मूल्य अभिवृद्धि करसहित ३६ करोड २४ लाख ८६ हजार सात सयको लागतमा सङ्घीय सरकारले ती पुल निर्माण गर्न लागेको हो।

डढेलो गाउँसम्म फैलिदा तेह्र घर जलेर खरानी

सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलिदा बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा १३ वटा घर खरानी भएका छन्।

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक तेस्रो वर्षमा अध्ययनरत छिन्। उनी पढाइसँगै घरखर्च जोहो गर्नका लागि चित्र बनाउने गर्छिन्।

असीऔँ जन्मदिनमा नागरिकता

जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका–५ सेरोग गाउँका नोन्जोम कामीले ८० वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छिन्।

बाँकेका किसान चैते धानखेतीमा

बाँकेमा नयाँनयाँ किसानले चैते धानखेती गर्न थालेका छन्। सिँचाइ सुविधा भएको जिल्लाको राप्तीसोनारी, वैजनाथ र डुडुवा गाउँपालिकाका किसानले नयाँ अनुभव हासिल गर्न भन्दै चैते धानखेती गर्न लागेको बताएका छन्।

ताप्लेजुङमा भेटिए ३९ नयाँ क्षयरोगी, सबैभन्दा बढी फुङलिङमा

ताप्लेजुङमा नयाँ ३९ जना क्षयरोगी पत्ता लागेका छन्। चालु आर्थिक वर्षको ९ महिना अवधिमा भेटिएका क्षयरोगीमध्ये सबैभन्दा बढी फुङलिङ नगरपालिकामा रहेका छन्।

डढेलो बस्तीमा फैलिँदा पाँच घर जले

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ देउपुजेको जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर जलेका छन्।

नयाँ पुस्तालाई निगालोका सामग्री बुन्ने सीप सिकाउँदै वडा

जुम्लाको तातोपानी गाउँपालिका ४ ले नयाँ पुस्तालाई निगालोबाट बन्ने घरेलु सामग्री बनाउने सीप सिकाइरहेको छ।

प्रकाश स्मृति भलिबलको तयारी पूरा

वैशाखको अन्तिम साता हुने प्रकाश स्मृति बाग्मती प्रदेश अन्तरनगरपालिका भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ।

इलामको सूर्याेदय आउँदै साठी ओलम्पियन

खेल र खेलाडीका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले इलामको सूर्याेदय नगरपालिकामा ओलम्पियन खेलाडीको भ्रमण आयोजना गरिने भएको छ।

डढेलोले बाख्रा फार्म ध्वस्त

लगातारको डढेलोले अघिल्लो दिन पाँच घर र आधा दर्जन गोठ जलेर नष्ट भएको भोलिपल्टै उदयपुरमा मंगलबार बाख्रा फार्म जलेर नष्ट भएको छ भने एउटा विद्यालय र केही बस्ती नै आगलागीको जोखिममा परेका छन्।

बिहे घरमा आगलागी हुँदा २ जना घाइते, ६ लाखभन्दा बढीको क्षति

सर्लाहीको बलरा नगरपालिकास्थित मिर्जापुरको बिहे घरमा आगलागी हुँदा दुई जना घाइते भएका छन्। घाइते हुनेमा घरधनी रामचन्द्र महतो र राज मङ्गल रहेका छन्।

तनहुँका २३ सामुदायिक वनमा आगलागी: सबै नियन्त्रणमा

तनहुँमा २३ वटा सामुदायिक वनमा आगलागी भएको छ। फागुनदेखि वैशाख महिनाको हालसम्म विभिन्न सामुदायिक वनमा डढेलो लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्