४ माघ २०८२ आइतबार
image/svg+xml

नवलपुर-१ को प्रतिनिधिसभा सदस्यका लागि एमालेबाट भागिरथ सापकोटा उम्मेदवार

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुर क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेले भागिरथ सापकोटालाई उम्मेदवार बनाएको छ।

अमेरिकी ‘भिसा बन्ड’ को असर

नेपाली नागरिकले अमेरिका जान अब पाँच हजारदेखि १५ हजार अमेरिकी डलरसम्मको भिसा बन्ड (धरौटी) बुझाउनुपर्ने नयाँ नियम लागु भएको छ, जुन २१ जनवरी २०२६ देखि सुरु हुन्छ।

वैदेशिक रोजगारी छाडेर जुनारखेतीतर्फ आकर्षित युवा

जुनारखेती गरेको जमिनबाट दोहोरो आम्दानी पनि हुने गरेको छ। जुनार बगैँचाभित्र तोरी, भटमासलगायत कोसेबाली, बन्दा, काउली, मुला, साग, गाँजर, लसुन, प्याजजस्ता तरकारी बालीसमेत उत्पादन गरी थप आम्दानी लिन सकिने रामेछाप नगरपालिका–७ की किसान ज्ञानुका कार्की बताउँछिन्।

क्षतिग्रस्त बिपी राजमार्गको स्थायी पुनर्निर्माण तीव्र

पटक-पटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको दुई महिनाअघि स्थायी रूपमा निर्माण सुरु गरिएको थियो।

प्रतिनिधिसभा निर्वाचन : यी क्षेत्रमा एमालेले टुंगो लगाएन उम्मेदवार (सूचीसहित)

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ। भने केही क्षेत्रमा टुंगो लगाउन बाँकी राखेको छ।

देउवालाई पार्टीको अभिभावक बन्न थापाको आग्रह

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निर्वाचन आयोगको निर्णयलाई स्वीकार गर्दै पार्टीलाई एकढिक्का बनाएर अघि बढ्न शेरबहादुर देउवा पक्षलाई आग्रह गरेका छन्।

कर्णालीमा ‘दोस्रो प्रादेशिक मह महोत्सव’ सम्पन्न

नेपाल मौरीपालक महासङ्घ कर्णाली प्रदेश अध्यक्ष लिलारम ढकालले महोत्सवमा चार क्विन्टल ७६ केजी मह बिक्री भएको बताए।

ग्रीनल्याण्ड विवाद : ८ युरोपेली देशमाथि ट्रम्पले लगाए १० प्रतिशत कर

हालैको सर्वेक्षणमा ८५ प्रतिशत ग्रीनल्याण्डवासी अमेरिकामा सामेल हुने कुराको विरोध गर्छन्। केवल ६ प्रतिशतले मात्र अमेरिकी शासन चाहन्छन्। उनीहरूले यो लडाइँ ग्रीनल्याण्डको मात्र नभई अन्तर्राष्ट्रिय कानून र आत्मसम्मानको रक्षाका लागि विश्वव्यापी भएको भनेका छन्।

पूर्ण बहुमत ल्याउने दाबीसहित एमालेबाट ओली भावी प्रधानमन्त्रीको उम्मेदवार

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि केही क्षेत्रबाहेक उम्मेदवारको नाम टुंगो लगाउँदै उनले भनेका छन्, ‘आज(शनिबार)को सचिवालय बैठकले भावी प्रधानमन्त्रीका रूपमा अध्यक्ष केपी शर्मा ओलीलाई अगाडि सार्ने निर्णय गरेको छ। नेकपा एमालेले पूर्ण बहुमत ल्याउने अवस्था कायम रहेकाले त्यसलाई जोगाउन पार्टी दृढतापूर्वक लाग्ने निर्णय गरियो।’

बालेन आए ओलीको मतान्तर थप बढ्ने छ : अध्यक्ष गिरी

नेकपा एमाले झापाका अध्यक्ष प्रेम गिरीले झापा–५ बाट केपी शर्मा ओली झनै धेरै मत ल्याएर चुनाव जित्ने बताएका छन्।

वार्ता र संवादका माध्यमबाट समाधान खोज्न त्रिविको आग्रह

त्रिभुवन विश्वविद्यालयले वार्ता र संवादका विधिसम्मत माध्यमबाट समाधान खोज्न सबैलाई आग्रह गरेको छ।

एमालेले टुंग्यायो उम्मेदवार : अध्यक्ष ओली झापा-५, अन्य को कहाँबाट? (नामसहित)

ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा शनिबार बसेको सचिवालय बैठकले केही क्षेत्रबाहेकका ठाउँमा उम्मेदवारको नाम तय गरेको सचिव महेश बस्नेतले जानकारी दिए। उनका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओली झापा–५ बाट र सभामुख देवराज घिमिरे झापा–२ बाट उम्मेदवार बनेका छन्।

आजको कार्टुन

रविन साय्‌मीले तयार गरेकाे ‘आजको कार्टुन’ मा महान्यायाधिवक्ता महाेदयाले डिम्ब तस्करी, यौन दुराचारी र सहकारी ठगीलाई सुनपानीले चोख्याएको व्यङ्ग्यचित्र प्रस्तुत गरिएको छ।

निर्वाचन ४६ दिन बाँकी : आचारसंहिता पालनामा सबै पक्ष प्रतिबद्ध रहने विश्वास

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्