१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

विदेशी फुटबलरलाई खाद्यान्न

गसिप क्विन नेपालले घरेलु लिग फुटबलमा विभिन्न क्लबबाट खेल्दै आएका विदेशी फुटबलरलाई खाद्यान्न सामग्री प्रदान गरेको छ। अनलाइन सपिङ स्टोरसमेत रहेको गसिफ क्विनले महामारीका कारण आर्थिक समस्यामा परेका २८ विदेशी फुटबलरलाई खाद्यान्न सामग्री प्रदान गरेको हो।

महिला फुटबलरलाई पुरुषसरह सुविधा

ब्राजिल फुटबल फेडेरेसन (सिबिएफ) ले बुधबार राष्ट्रिय टोलीका महिला र पुरुष खेलाडीलाई बराबर सुविधा दिने जनाएको छ ।

लेटाङद्वारा महिला फुटबलरलाई सम्मान

उत्तरी मोरङको लेटाङ नगरपालिकाले दुई महिला फुटबलरलाई नगदसहित सम्मान गरेको छ । १३ औं सागमा नेपाल दोस्रो भएको र त्यस टोलीमा लेटाङ घर भएकी दुई फुटबलरसमेतको सहभागिता रहेकाले लेटाङ नगरपालिकाको सातौं नगरसभामा उनीहरूलाई सम्मान गरेको हो ।

अश्वेत फुटबलरको सालिक बनाइने

फुटबल समर्थकले ज्याक लिस्लेको सालिक बनाउन रकम जम्मा गरिरहेका छन्। लिस्ले ती खेलाडी हुन्,जसले इङ्ल्यान्डको राष्ट्रिय टोलीबाट खेल्ने निर्णय गरे तर अश्वेत भएकै कारणले छनोटकर्ताले उनलाई टोलीमा समावेश भने गरेनन्।

समीक्षाको उपचार खर्च एन्फाले व्यहोर्ने

विराटनगरमा उपचार गराइरहेकी महिला फुटबलर समीक्षा मगरको सम्पूर्ण उपचार खर्च अखिल नेपाल फुटबल संघ (एन्फा)ले व्यहोर्ने भएको छ । उदयपुर बेलका नगरपालिका–५ की १६ वर्षीया मगरको वैशाख १२ गते घरमा काम गर्ने क्रममा दाहिने आँखामा चोट लागेको थियो ।

अलबालाई क्लबको भविष्यबारे चिन्ता

अस्ट्रियन फुटबलर तथा बायर्न म्युनिखका रक्षक डेविड अलबाले आफ्नो भविष्य र क्लबको भविष्यबारे चिन्ता व्यक्त गरेका छन्। अलबाले बलियो र पुरानो साख जोगाउनका लागि आगामी सिजनका लागि नयाँ खेलाडी अनुबन्ध गर्नुपर्ने धारणा क्लबलाई दिएका हुन्। अलबाले सेप्टेम्बर २ तारिखमा बन्द हुन लागेको खेलाडी सरुवा बजार अघि क्लबले एक वा दुई खेलाडी अनुबन्ध गर्नुपर्ने बताएका हुन्। शनिबारबाट हुने बुन्डेसलिगाअन्तर्गत बायर्नले हार्था बर्लिनसँग खेल्दै लिगको सुरुआत गर्दै छ।

‘क्याप्टेनले विश्वकपभन्दा बढी मजा दिनेछ’

फिल्मको छायांकन भइरहँदा मैले आफुलाई नायक अनमोल केसी ठानिन्। किनकी म इशान खड्का बनिसकेको थिएँ। मैदानमा प्रवेश गर्नु अघि प्रवेशविन्दुमा ढोग्थें। जर्सी लगाएर दौड्दा राष्ट्रियताको महशुस हुँदोरहेछ।

सालाह वर्षका उत्कृष्ट फुटबलर

लिभरपुलका स्टार मोहम्मद सालाह मंगलबार फुटबल लेखक संघ (एफडब्लुए) को तर्फबाट वर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन्।

चोरीधन्दामा संलग्न फुटबलर श्रेष्ठसहित २ पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौंले चोरीधन्दामा संलग्न फुटबलरलाई पक्राउ गरेको छ। केही समयअघि म्याच फिक्सिङ प्रकरणमा राष्ट्रिय टिमका कप्तानसहित केही खेलाडीमाथि मुद्दा चलेको घटना सेलाउन नपाउँदै प्रहरीले चोरी धन्दामा संलग्न भएको आरोपमा ए डिभिजनको सरस्वती क्लबका पूर्वकप्तान दिपेश श्रेष्ठलाई विहीबार कपनबाट पक्राउ गरेको हो।

पूर्व फुटबलर जर्ज वेह बने लाइबेरियाको राष्ट्रपति

पूर्व फुटबलर जर्ज वेह अफ्रिकी मुलुक लाईबेरियाको नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

म्युजिक भिडियोमा फुटबलर

राष्ट्रिय फुटबल टिमका मिडफिल्डर विक्रम लामा म्युजिक भिडियोमा देखिएका छन्। उनले गायक केबी राई 'आँखाहरु' बोलको गीतमा पहिलोपल्ट अभिनय गरेका हुन्।

विमान दुर्घटनामा ब्राजिली फुटबलर सहित ७६ को मृत्यु

ब्राजिली फुटबल टोलीका सदस्य चढेको विमान कोलम्बियामा दुर्घटना हुँदा ७६ जनाको मृत्यु भएको छ। पाँच जना जीवित भेटिएको प्रहरीले जनाएको छ। विमानमा ७२ यात्रु र ९ चालक दल सदस्य सहित ८१ जना सावर थिए।

ब्राजिली फुटबलर चढेको विमान दुर्घटना

ब्राजिलको क्लब स्तरको फुटबल टोलीका सदस्य चढेको विमान कोलम्बियामा दुर्घटना भएको छ। विमानमा ७२ जना रहेको अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरुले जनाएका छन्।

बन्द प्रशिक्षणबाट छानिए ४२ महिला फुटबलर

साफ च्याम्पियनसिप महिला फुटबल तयारी गरिरहेको नेपालले बन्द प्रशिक्षणबाटमंगलबार ४२ खेलाडी छनोट गरेको छ। अखिल नेपाल फुटबल संघ(एन्फा)ले दुई साताअघिबाट भारतमा हुने चौथो साफ फुटबलका लागि बन्द प्रशिक्षण सुरु गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्