४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

बाँकेमा उपचार गर्ने घाइतेको सङ्ख्या ३८ पुग्यो

जाजरकोट र पश्चिम रुकुममा शुक्रबार राति गएको भूकम्पमा परी घाइते भएर बाँकेको अस्पतालमा उपचार गर्न ल्याउने बिरामीको सङ्ख्या ३८ पुगेको छ।

डोटीमा बोलेरो जिप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु

आइतबार राति २ः २८ बजे डोटीको शिखर नगरपालिका–६ अण्यौलमा केआई सिंह राजमार्गमा धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग २ च २७७६ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो।

भूकम्पका घाइतेका लागि रगत सङ्कलन

जाजरकोट केन्द्रविन्दु बनाएर आएको भूकम्पमा परी घाइते भएकाहरुको उपचारका लागि रगत सङ्कलन गरिएको छ । नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र बाँकेमा हालसम्म ४३ जनाले रक्तदान गरेका छन्।

तनहुँमा बस दुर्घटना: ३४ जना घाइते

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आज बिहान भएको बस दुर्घटनामा ३४ जना घाइते भएका छन्।

भूकम्पबाट घाइते एकको उपचारको क्रममा मृत्यु

भेरी अस्पताल नेपालगन्जका सूचना अधिकारी डा. संकेत रिसालका अनुसार भूकम्पबाट घाइते ३३ वर्षीय टेकबहादुर पुनको उपचारका क्रममा मृत्यु भएको हो।

भूकम्पका घाइतेको केएमसीले निःशुल्क उपचार गर्ने

जाजरकोट केन्द्रविन्दु भएर गएराति गएको भूकम्पमा परी घाइते भएकाहरूलाई काठमाडौँ मेडिकल कलेज (केएमसी) ले निःशुल्क उपचार गर्ने जनाएको छ।

जाजरकोट भूकम्प: जुम्लामा पाँच जना सामान्य घाइते ,दर्जनौं घर चर्किए

जाजरकोटमा केन्द्र बनाएर आएको भूकम्पले जुम्लामा पाँच जना सामान्य घाइते भएका छन्।

भूकम्प अपडेट : नेपालगञ्जमा घाइतेको उपचार गरिँदै

गए राति गएको भूकम्पका कारण घाइते भएकाहरुको बाँकेको नेपालगञ्जमा उपचार थालिएको छ । उपचारका लागि दुई घाइतेलाई भेरी अस्पताल, नेपालगञ्जमा भर्ना गरिएको छ।

जाजरकोटबाट ल्याइएका घाइतेहरूलाई सुर्खेत विमानस्थलबाट प्रदेश अस्पताल लाँदै

गए राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडामा केन्द्र विन्दु बनाई ६ दशमलव ४ म्याग्निच्युडको भुकम्पमा परि घाईते भएकाहरुलाई सुर्खेत विमानस्थलबाट प्रदेश अस्पताल लाने क्रम जारी रहेको छ ।

भूकम्पका घाइतेलाई नेपालगन्ज ल्याउन सुरु,भेरी अस्पतालमा उपचार हुँदै

भूकम्पमा परी घाइते भएका जाजरकोटका एक जना घाइतेलाई थप उपचारका लागि नेपालगन्ज ल्याइएको छ। जाजरकोट भेरी नगरपालिका वडा नम्बर ३ खलंगा निवासी ४८ वर्षीय बिमलकुमार कार्कीलाई एम्बुलेन्समार्फत नेपालगन्ज ल्याइएको हो।उनको भेरी अस्पताल नेपालगन्जमा उपचार सुरु गरिएको छ।

भूकम्पका घाइतेलाई उपचार गर्न भेरी अस्पतालमा तयारी

जाजरकोटलाई केन्द्रविन्दू बनाएर आएको भूकम्पमा परी घाइते भएकाको उपचार ब्यवस्था मिलाउन भेरी अस्पतालले आवश्यक तयारी गरेको छ।

दसैंमा २२ दुर्घटना हुँदा दुईको मृत्यु, ३८ घाइते

पर्सा जिल्लामा विजयादशमी अवधिमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएका छन्।

दसैँ सुरक्षा : उपत्यकामा १०३ घटना, दुईको मृत्यु, ११८ घाइते

काठमाडौँ उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)मा यसपालिको दसैँमा तुलनात्मक रुपमा शान्तिपूर्ण वातावरण रहेको पाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्