११ मंसिर २०८१ मंगलबार
image/svg+xml

काँग्रेस कार्यकर्ताको हत्या, झडपमा तीन प्रहरी घाइते

रामपुरमा प्रहरी र स्थानीयवीच झडप हुँदा तीन जना प्रहरी घाइते भएका छन्। रामपुर नगरपालिका–१ चनौली बस्ने २८ वर्षीय ओमबहादुर खाँणको हत्याको विरोधमा उत्रिएका आक्रोशित स्थानीयको भिडलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड अश्रु ग्यास प्रहार गरेको थियो।

ओखलढुंगामा जीप दुर्घटना हुँदा एकको मृत्यु, ८ घाइते

ओखलढुंगामा सुमो जीप दुर्घटना हुँदा विवाहका लागि केटी हेर्न जाँदै गरेका युवकको मृत्यु भएको छ । काठमाडौंबाट यात्रु लिएर ओखलढुंगाको खिजीफलाँटे जाँदै गरेको ना १ ज ५६७८ नम्बरको सुमो पल्टिँदा सोलुखुम्बु बाकु–९ का ३७ वर्षीय ल्हाक्पा देण्डी शेर्पाको मृत्यु भएको हो । ११ जना सवार जीप खिजीदेम्बा गाउँपालिका–३ खिजीचण्डेश्वरीमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

जोरपाटीमा बस दुर्घटना हुँदा १६ घाइते

काभ्रेपलाञ्चोकको पनौतीबाट काठमाडौँतर्फ जाँदै गरेको बस अरनिको राजमार्ग खण्डअन्तर्गत जोरपाटीमा शनिबार बिहान दुर्घटना हुँदा १६ जना घाइते भएका छन्।

टिपरले एम्बुलेन्सलाई ठक्कर दिँदा एकको मृत्यु, चार घाइते

बाराको निजगढ नजिक पूर्वपश्चिम महेन्द्र राजमार्गमा टिपरले एम्बुलेन्सलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने अन्य चारजना घाइते भएका छन् ।

जनकपुर झडपमा राजपाका ४७ कार्यकर्ता घाइते

एमालेको अगुवा कार्यकर्ता भेलालाई बिथोल्ने प्रयास गर्दा राष्ट्रिय जनता पार्टी नेपालका ४७ कार्यकर्ता घाइते भएका छन्। राजपा अध्यक्ष महन्थ ठाकुरले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै सो घटनामा केन्द्रीय प्रवक्ता लालकिशोर साह, केन्द्रीय सदस्य तथा धनुष जिल्ला अध्यक्ष परमेश्वर साह घाइते भएको उल्लेख गरेका छन्। केन्द्रीय सदस्यहरु सरिता चौधरी, बिन्दू ठाकुर, विभा पाण्डे, अमर पंजियार, ज्ञानेन्द्र झा, रिता झासहित ४७ जना घाइते भएको विज्ञप्तिमा उल्लेख छ।

काबुल आक्रमणमा ५ को मृत्यु, ८ घाइते

अफगाननिस्तानको राजधानी काबुलमा तालिवानले गरेको आक्रमणमा परी ५ जनाको मृत्यु भएको छ भने ८ घाइते भएका छन् ।

सोलुखुम्बुमा चट्याङ लागेर २को मृत्यु, २ घाइते

सोलुखुम्बुको जुबुमा चट्याङ लागेर दुई जनाको ज्यान गएको भने २ जना घाइते भएका छन् । शनिबार अपरान्ह दुधकौसिका गाउँपालिका ४ निवासी १४ र १० वर्षीय बालकको चट्याङ लागेर ज्यान गएको प्रहरी चौकी सुकेपोखरीका प्रहरी सहायक निरीक्षक हरि खड्काले बताए ।

घर भत्किँदा दैलखमा एकको मृत्यु, दुई जना घाइते

अविरल वर्षाका कारण शुक्रबार बिहान डेढ बजेतिर दैलेख सदरमुकाममा घर भत्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। मृत्यु हुनेमा नारायण नगरपालिका ११ स्थायी घर भएकी ४५ वर्षकी दीपा चन्द्र रहेकी छन्।

ट्रकको ठक्करबाट एकको मृत्यु ,दुई घाइते

भरतपुरको आँपटारीबाट केन्द्रीय बस टर्मिनलतर्फ आउँदै गरेको ना६ख ३४२५ नम्बरको ट्रकले गणेशस्थान चोकमा बाटो काट्दै गरेको ना३प ७२३९ नंको मोटरसाइकललाई विहीबार ठक्कर दिँदा मोटरसाइकलमा सवार तीनजनामध्ये एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।

भारतको उत्तर प्रदेशमा रेल दुर्घटना, ७४ घाइते

उत्तर भारतीय राज्य उत्तर प्रदेशमा बुधबार भएको एक यात्रुबाहक रेल दुर्घटनामा ७४ व्यक्ति घाइते भएका छन।

भारतमा  रेल दुर्घटना हुँदा २३ को मृत्यु, ४० घाइते

भारतको उत्तर प्रदेशमा भएको रेल दुर्घटनामा परी कम्तीमा २३ जनाको मृत्यु भएको छ भने अरु ४० जना घाइते भएका छन्।

बार्सिलोनामा घाइते भएका मध्ये २५ जना फ्रान्सेली

स्पेनको बार्सिलोना सहरमा बिहीबार अपराह्न भएको आतङ्ककारी हमलामा परी घाइते भएकामध्ये २६ जना फ्रान्सेली नागरिक रहेका छन्।

जात्रामा झडप हुँदा दश घाइते, नियन्त्रणमा लिन हवाई फायर

बेलकोटगढी नगरपालिका–५ दुईपिपलको डबलीमा लाखेजात्रा हेर्न पुगेका जात्रालुबीच आज झडप भएको छ। बेलकोटगढी नगरपालिका वडा नं ५ र ६ दुईपिपल र वडा नं ७ रातमाटेका युवाहरुबीच मोटरसाइकलले ठक्कर दिएको विषयलाई लिएर भएको झडप रोक्न प्रहरीले दुई राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए।

श्रीमतीले खुकुरी प्रहार गर्दा श्रीमान् गम्भीर घाइते

पोखरा–लेखनाथ महानगरपालिका–८ जाल्पा रोडमा आज बिहान श्रीमतीले खुकुरी प्रहार गर्दा श्रीमान गम्भीर घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्