१० मंसिर २०८१ सोमबार
image/svg+xml

पहाडी भू-भागमा चट्याङ्गसहित हल्का वर्षा र तराईमा हावाहुरीको सम्भावना

हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना छ भने तराईका केही भागमा हावाहुरीको सम्भावना छ।

बिहारमा चट्याङ् लागेर मृत्यु हुनेको संख्या ९२ पुग्यो

भारतको बिहारमा बिहीबार राति परेको चट्याङ लागेर ९२ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ। गएरातिको सो चट्याङका कारण २४ घन्टायता मात्र कम्तीमा पनि ९२ जनाको ज्यान गएको अधिकरीहरुले जानकारी दिएका छन्।

चट्याङ्बाट दुई जनाको मृत्यु

आज बिहान सप्तरीमा मेघगर्जनसँगै वर्षासँगै परेको चट्याङ् परेर दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सप्तरीको सुरुङ्गा नगरपालिका–३ बस्ने ५५ वर्षीय हरिहर चौधरी र हनुमाननगर कङ्कालिनी नगरपालिका–११ का ४५ वर्षीया शिवसती देवी पण्डित रहेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए।

पहाडमा वर्षा र चट्याङ्गको सम्भावना, महाशाखाले निकाल्यो यस्तो तालिका

जल तथा मौसम पूर्वानुमान महाशाखाले देशैभर शनिबारको मौसम सामान्यदेखि पूर्ण बदली रहने सूचना जारी गरेको छ।

वर्षा, हुरीबतास र चट्याङ्गको सम्भावना, महाशाखाले निकाल्याे यस्ताे तालिका

जल तथा मौसम पूर्वानुमान महाशाखाले देशैभर बुधबारको मौसम सामान्यदेखि पूर्ण बदली रहने सूचना जारी गरेकाे छ।

चट्याङ् लागेर एक जनाको मृत्यु

प्रहरीका अनुसार गएराति नौ बजेतिर चट्याङले लाग्दा रोल्पा माडिपा ५ सरुवाका स्थानीय बिसमलि दमाईको छोरा २७ वर्षीय ज्वती परियारको मृत्यु भएको हो।

अछाममा चट्याङले लागेर १५ जना घाइते, ७ को अवस्था गम्भीर

सोमबार राति हावाहुरीसंगै आएको चट्याङले लागेर अछाममा १५ जना घाइते भएका छन्। अछामको पञ्चदेवल विनायक नगरपालिका ९ कालेकाडाको तामकोटका ११ जना र रामारोशन गाउँपालिका ५ सल्लीसैनका ४ जना गरी १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ।

चट्याङ्ग लागेर दुई बालकको मृत्यु

डोटीको जोरायलमा चट्याङ्ग लागेर बुधबार दुई बालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार जोरायल गाउँपालिका–२ डाँडाखालीमा खेम भण्डारीको घरको भान्साकोठामा दिउँसो दुई बजे चट्याङ्ग परेको हो।

चट्याङ् लागेर युवतीको मृत्यु

बुधबार बिहान चट्याङ् लागेर नेपालगञ्ज उपहानगरपालिकामा एक महिलाको मृत्यु भएको छ । विहान ६ बजे चट्याङ् लाग्दा नेपालगञ्ज उपमहानगरपालिका २० नयाँबस्तीका २७ बर्षीय कमला रावतको मृत्यु भएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्