कोहलपुर – बुधबार बिहान चट्याङ् लागेर नेपालगञ्ज उपहानगरपालिकामा एक महिलाको मृत्यु भएको छ । विहान ६ बजे चट्याङ् लाग्दा नेपालगञ्ज उपमहानगरपालिका २० नयाँबस्तीका २७ बर्षीय कमला रावतको मृत्यु भएको हो ।
चट्याङ्बाट घाइते रावतको उपचारका क्रममा मेडिकल कलेज कोहलपुर मृत्यु भएको कोहलपुर प्रहरीले जानकारी दिएको छ । बिहान नेपालगन्जमा परेको वर्षातसंगै लागेको चट्याङ्ले उनको मृत्यु भएको प्रहरीको भनाई छ । प्रहरीका अनुसार उनी घरमा सुतिरहेको अवस्थामा चट्याङ परेको थियाे ।
प्रकाशित: २७ वैशाख २०७४ ०३:३२ बुधबार