१७ आश्विन २०८१ बिहीबार
image/svg+xml

सेयर बजार ओरालो लाग्ने क्रम रोकिएन

सेयर बजार मापक नेप्से परिसूूचक मंगलबार पनि २४.६३ बिन्दुले घटेको छ । सोमबार नेप्से परिसूचक १३.०९ बिन्दुले ओरालो लागेको थियो । दुइ दिनमै नेप्से परिसूचक करिब ३८ बिन्दुले घटेको छ ।

दसैंमा उक्लिएको सेयर बजार तिहारमा ओर्लियो

दसैंअघि माथि उक्लिएको सेयर बजार तिहारमा तल ओर्लिएको छ। दसैं बिदा सुरु हुने अघिल्लो दिनभन्दा सेयर बजार मापक नेप्से ६६ बिन्दुले ओर्र्लिएको छ। दसैंअघि निरन्तर उकालो लागेको नेप्सेमा दसैंपछि निरन्तर गिरावट आएको छ। दसैंअघिको अन्तिम कारोबारका दिन नेप्से १८१९.८८ बिन्दुमा पुगेको थियो।

एनआरएनलाई सेयर बजारमा भित्र्याउने तयारी

नेपाल धितोपत्र बोर्डले गैरआवासीय नेपाली (एनआरएन) लाई देशको सेयर बजारमाभित्र्याउने तयारी गरेको छ । बोर्डले एनआरएनलाई नेपाली धितोपत्रको दोस्रो बजारमा सिधै लगानी गर्न पाउने गरी कार्यविधि बनाउन समिति गठन गरेको हो ।

सेयर बजार १६ बिन्दुले घट्यो

नौ दिनपछि खुलेको सेयर बजार मापक नेप्से १६ बिन्दुले घटेको छ। दसैंअघि निरन्तर उकालो लागेको नेप्सेमा दसैंपछि खुलेको पहिलो दिनमै दोहोरो अंकको गिरावट आयो। दसैंअघि सेयर बजार बढ्दा लगानीकर्तामा खुसीयाली छाएको थियो। दसैंअघिको अन्तिम कारोबारमा नेप्से १३ बिन्दुभन्दा बढीले उकालो लागेको थियो।

सेयर किन्नुस्,पैसा दसैंपछि तिर्नुस्

अहिले सेयर किनेर दसैंपछि रकम चुक्ता गर्न मिल्ने सुविधाका कारण लगानीर्काले सेयर किन्न थाल्दा सेयर बजार उकालो लागेको छ । सेयर खरिद गरेको रकम दसैंपछि बुझाए पनि हुने भएकाले सेयर खरिदमा चाप देखिएको ब्रोकर बताउँछन् ।

ब्याजदर बढ्यो, सेयर–घरजग्गाको कारोबार घट्ने संकेत

सर्वसाधारणको लागि बैंकमा पैसा राख्नु फाइदाजनक हुने देखिएको छ । किनकि पछिल्लो समय बैंकले सर्वसाधारणबाट लिने निक्षेपको ब्याजदर बढाएका छन् । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) को कमी हुन थालेपछि बैंकले सर्वसाधारणलाई आकर्षक ब्याज दिएर निक्षेप संकलन गर्न थालेका हुन् ।

‘करेक्सन’को बाटोमा सेयर बजार ?

साउन १२ गते कीर्तिमानी १८८१.४५ बिन्दुमा पुगेको नेप्से घटेर १७६६.९१ मा आइपुगेको छ। करिब दुई महिना अवधिमा नेप्सेमा ११५ अंकले गिरावट आएको छ।

'करेक्सन'को बाटोमा सेयर बजार?

साउन १२ गते कीर्तिमानी १८८१.४५ बिन्दुमा पुगेको नेप्से घटेर १७६६.९१ मा आइपुगेेको छ।  करिब दुई महिना अवधिमा नेप्सेमा ११५ अंकले गिरावट आएको छ। असोज सुरु भएपछि दैनिक घट्न थालेको बजारको गिरावट अब कुन बिन्दुमा पुगेर रोकिएला? यसको उत्तर लगानीकर्ता र विश्लेषकले समेत दिइरहेका छैनन्।

हकप्रद सेयर जहाँबाट पनि भर्न सकिने

अब लगानीकर्ताले जहाँबाट पनि सम्बन्धित कम्पनीको हकप्रद सेयर भर्न पाउने भएका छन्। वेबसाइटबाट हकप्रदको सेयरको फारम डाउनलोड गरी सम्बन्धित कम्पनीले जारी गरेको सेयर भर्न पाउने व्यवस्था मिलाउन नेपाल धितोपत्र बोर्डले निर्देश गरेको छ।

'बैंक कर्मचारीलाई सेयर' विवादमा

बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई ०.५ प्रतिशत सेयर छुट्ट्याउने प्रस्ताव विवादमा परेको छ। बैंक तथा वित्तीय संस्थाले आफ्नो जारी पुँजीको ३० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्न छुट्ट्याउँछन भने नयाँ प्रस्तावित व्यवस्थामा बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई पनि ०.५ प्रतिशत सेयर छुट्ट्याउने व्यवस्था गर्न लागिएको थियो।

बैंक तथा वित्तीय संस्थाको सेयर कर्मचारीलाई छुट्याउने प्रस्ताव विवादमा

बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई शून्य दशमलव पाँच प्रतिशत सेयर छुट्याउने प्रस्ताव विवादमा परेको छ। बैंक तथा वित्तीय संस्थाले आफ्नो कुल जारी पुँजीको ३० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री वितरणकालागि छुट्याउँछन भने नयाँ प्रस्तावित व्यवस्थामा बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाईपनि शून्य दशमलव पाँच प्रतिशत सेयर छुट्याउने व्यवस्था गर्न लागिएको थियो।

दैनिक ७० करोडको सेयर कारोबार

नेपाल स्टक एक्सचेन्ज (नप्से) मा दैनिक औसत ७० करोड रुपैयाँको सेयर कारोबार हुने गरेको छ। आर्थिक वर्ष २०७१/०७२ को तुलनामा गत आर्थिक वर्ष २०७२/०७३ मा दोब्बरभन्दा बढी रकमको सेयर कारोबार भएको हो।

सीताले बेच्यो ४९ प्रतिशत सेयर

निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी सीता एयरले ४९ प्रतिशत सेयर बिक्री गरेको छ । सीताको सेयर विराटनगरको व्यापारिक घराना राठी ग्रुपले खरिद गरेको हो ।

सेयर बजारमा झन्डै ५० बिन्दुको वृद्धि

सेयर बजार मापक नेप्से झन्डै ५० बिन्दुले बढेको छ। बुधबार कारोबार रकम पनि एक अर्ब नाघेको छ। बुधबार नेप्से ४८.७६ बिन्दुको वृद्धिबाट १७३० अंकमाथि पुगेको छ। एकै दिन १ सय ४२ कम्पनीको सेयर कारोबार भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्