१७ आश्विन २०८१ बिहीबार
image/svg+xml

सेयर र घरकर्जामा कडाइ

नेपाल राष्ट्र बैंकले सेयर र घर–जग्गा कर्जामा कडाइ गरेको छ। उसले बुधबार बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गर्दै त्यस्तो कर्जा कसिलो बनाएको हो। 'मार्जिन लोन' प्रदान गर्दा १ सय ८० दिनको अन्तिम मूल्यको औसत मूल्य वा सेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ, त्यसको ५० प्रतिशत कायम रकममात्र कर्जा प्रवाह गर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ।

प्रत्येक दिन सेयर बजारमा नयाँ रेकर्ड

काठमाडौं– सेयर बजारले प्रत्येक दिन नयाँ रेकर्ड बनाउन थालेको छ । प्रत्येक दिन ४ घन्टा कारोेबार हुनुपर्नेमा मंगलबार भने उच्च अंकले बढेर नयाँ रेकर्ड बनाउँदै आधा घन्टामात्रै कारोबार भएर बन्द हुन पुग्यो।

दोस्रो साता पनि सेयर बजार खस्कियो

आइतबार कारोबारको सुरुमा निरन्तर उकालो लागेको सेयर बजार बन्द हुने समयमा ओर्लिएको छ। ३७ अंकसम्म उक्लिएको बजार मापक नेप्से कारोबरको अन्त्यमा करिब ४ अंक तल झर्न पुगेको हो।

आइतबार सेयर कारोबार भएन

अत्यन्त प्रतिकूल अवस्थामा पनि नरोकिएको सेयर बजार कारोबार आइतबार रोकिएको छ। प्राविधिक कारण सेयर कारोबार हुन नसकेको नेप्सेले जनाए पनि लगानीकर्ता भने असन्तुष्ट छन्। लगानीकर्ताले नेप्से र सेयर दलाल व्यवसायीबीचको खिचातानीले एक दिनको कारोबार घाटा भएको जनाएका छन्

सेयर ब्रोकर कमिसन झन्डै आधा घट्यो

सेयर कारोबारमा ब्रोकरका लागि तिर्नुपर्ने शुल्क ४० प्रतिशतले घटेको छ। सेयर कारोबार लागत घट्दा लगानीकर्तालाई फाइदा हुने भएको छ। यसअघि अधिकतम कमिसन १ प्रतिशत भएकोमा ४० प्रतिशत घटेर ०.६० प्रतिशत भएको छ।

सेयर ब्रोकरको कमिशन घट्यो, लगानीकर्तालाई फाइदा

काठमाडौं— सेयर कारोबारमा ब्रोकरका लागि तिर्नुपर्ने शुल्क ४० प्रतिशतले घटेको छ। सेयर कारोबार लागत घट्दा लगानीकर्तालाई फाइदा हुने भएको छ।

कर्जा कडाइबीच सेयर बजार उत्साहित

नेपाल राष्ट्र बैंकले सेयर कर्जामा कडाइ गरे पनि त्यसको असर सेयर बजारमा देखिएको छैन। सेयर कर्जामा लगानी गर्दा बढी जोखिम हुने भन्दै राष्ट्र बैंकले आर्थिक वर्ष ०७३/७४ को मौद्रिक नीतिमा सेयर धितोमा कर्जा प्रवाह गर्न केही कडाइ गरेको थियो।

अब सेयर किनबेच ४ घन्टा

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले साउन २ गतेदेखि ११ बजे सेयर कारोबार सुरु गर्ने भएको छ। नेप्सेका अनुसार साउन २ गतेदेखि दैनिक चार घन्टा सेयर बजार खुल्नेछ। गत साता नेप्सेले सरोकारवाला निकायसँग सेयर कारेाबार अवधि बढाउन सुझाव मागेको थियो।

कसियो सेयर धितो र घरजग्गा कर्जा

सरकारले सेयर र घरजग्गा कर्जामा कडाइ गर्दै उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने मौद्रिक नीति लिएको छ। साढे ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको विस्तारकारी बजेटको पृष्ठभूमिमा केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको नयाँ मौद्रिक नीतिमा उत्पादनमूलक क्षेत्रको लगानीलाई बढावा दिँदै अन्य क्षेत्रलाई कसेको हो।

सेयर बजारमा एकै दिन ९ अर्ब ८० करोड गुम्यो

सत्तारुढ नेकपा मोओवादी केन्द्रले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै सेयर बजारले एकै दिन ९ अर्ब ८० करोड रुपैयाँ गुमाएको छ ।

‘मर्जका लागि महिनौं सेयर कारोबार नरोक’

मर्जका नाममा लामो समय सेयर कारोबार रोक्नु ठिक नभएको सरोकारवालाले बताएका छन् । मर्जरका लागि महिनौं कारोबार रोक्दा लगानीकर्ताले चाहेको बेला सेयर बिक्री गर्न नसकेकोे गुनासो आइरहेको बेला सरोकारवालाले यस्तो सुझाव दिएका हुन् ।

अाँखुखाेला कम्पनीले ८ लाख कित्ता साधारण सेयर जारी गर्ने

काठमाडौँ– आँखुखोला जलविद्युत् कम्पनीले ८ लाख कित्ता साधारण सेयर जारी गर्ने भएको छ। कम्पनीले धितोपत्र बोर्डमा साधारण सेयर जारी गर्नका लागि आवेदनसमेत दिइसकेको छ। आयोजनाका प्रबन्धनिर्देशक विश्वनाथ कँडेलले कम्पनीले प्रतिकित्ता रु. १ सय अङ्कित मूल्यका ८ लाख कित्ता साधारण सेयर जारी गर्न लागिएको जानकारी दिए।

सेयर बजार साेमबार पनि अाेरालै, २ अंकले घट्याे

काठमाडौँ– सेयर बजार ओरालो लाग्ने क्रम साेमबार पनि जारी रह्यो। नेपाल स्टक एक्चेन्जका अनुसार सेयर बजार आज दुई अङ्कले घटेर एक हजार ७१७ बिन्दुमा कायम रहेको छ। आइतबारबाटै घट्ने क्रम सुरु भएको सेयर बजार एक हजार ७१९ बिन्दुमा कायम रहेको थियो।

सेयर कारोबार समय बढाउन गृहकार्य

काठमाडौं-पछिल्ला महिनामा लगानीकर्ताको अकर्षण सेयर बजारमा बढेसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सेयर कारोबारको समय बढाउने विषयमा विचारविमर्श गर्न थालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्