१७ आश्विन २०८१ बिहीबार
image/svg+xml

चार अङ्कले सेयर बजार ओरालो

काठमाडौँ– सेयर बजार आइतबार ४ अङ्कले घटेर १ हजार ७ सय १९ बिन्दुमा झरेकाे छ। अघिल्लो साता ३८ अङ्कले बढेको सेयर बजार आज बजार खुलेको पहिलो दिनमै चार अङ्कले घटेको हो।

डिप्रोक्सको हकप्रद सेयर पारित

काठमाडौं– डिप्रोक्स लघुवित्त विकास बैंक लिमिटेडको विशेष साधारण सभाले हाल कायम रहेको चुक्ता पुँजीमा १ः१ का दरले हकप्रद सेयर जारी गर्ने लगायत विशेष प्रस्ताव पारित गरेको छ। बिहीबार चितवनमा आयोजित उक्त सभामा बैंकका अध्यक्ष रमेशप्रसाद लोहनीले सञ्चालक समितिको तर्फबाट विशेष साधारण सभाको उद्देश्य तथा बैंकको उपलब्धि पेश गरेका थिए।

उत्ताउलो सेयर बजार

सेयर बजारको मापक नेप्से सोमबार १,७०० अंक सजिलै पार गर्दै १७२१.७७ अंकमा पुगेको छ। बजारमा एकै दिन ३६.६० अंकको वृद्धि भएर बजारले ऐतिहासिक उचाइ प्राप्त गरेको हो। साताको पहिलो दिन आइतबार पनि नेप्से परिसूचक १८.८८ अंकले बढेको थियो। दुई दिनमै परिसूचक ५५.४८ बिन्दुले बढ्दा लगानीकर्ता उत्साहित हुनु  स्वाभाविक हो।

१७२२ पुग्यो सेयर परिसूचक

वाणिज्य बैंकहरुको सेयर मूल्य बढ्दा सेयर बजार मापक नेप्से सोमबार १७२१.७७ बिन्दुमा पुगेको छ। बिमा र होटल समूहको सेयर मूल्यमा गिरावट आए पनि वाणिज्य बैंक समूह उचालिँदा बजारले नयाँ रेकर्ड बनाएको हो।

सेयर बजार लगातार दोस्रो दिन उँधो

आइतबारदेखि ओरालो लागेको सेयर बजार साताको दोस्रो दिन पनि ओर्लिएको छ। बजारलाई माथि पुर्‍याउन सधैं प्रमुख भूमिका खेल्ने बिमा, विकास बैंक र वाणिज्य बैंक समूहको सूचकांक ओरालो लागेपछि बजार झरेको हो।

सेयरमा यसपालि कुरो अर्कै छ!

सेयर बजार पछिल्ला दिनमा नयाँनयाँ रेकर्ड बनाउँदै अगाडि बढेको छ। समग्र बजार परिसूचक नेप्से १५ सय माथि पुगेको छ। स्टक एक्सचेन्जको शुरुआती समयमा वर्षभरि हुने कारोबार अहिले एकै दिनमा हुन थालेको छ। गत सोमबार मात्रै दुई अर्ब रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। सेयर बजारप्रति यो आकर्षणका पछाडि केही कारण छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्