१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

तेह्रथुम पावरको बिक्री प्रबन्धक एनआइबिएल एस

काठमाडौं – तेह्रथुम पावर कम्पनीले १२ करोड बराबरको १२ लाख कित्ता साधारण सेयर (आइपिओ) बिक्री गर्ने भएको छ । जारी पुँजीमध्ये १० प्रतिशत (चार लाख कित्ता) साधारण सेयर आयोजना प्रभावित क्षेत्र तेह्रथुम जिल्लाका स्थानीयवासीलाई बिक्री गर्न लागेको हो।

कम्पनीले सर्वसाधारणलाई २० प्रतिशत (आठ लाख कित्ता) सेयर बिक्री गर्ने जनाएको छ । कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा कम्पनीका प्रबन्ध सञ्चालक मोहनकुमार डाँगी र एनआइबिएल एस क्यापिटलका महाप्रबन्धक मेखबहादुर थापाले हस्ताक्षर गरेका छन्।

हाल उक्त कम्पनीको अधिकृत पुँजी ४० करोड, जारी पुँजी ४० करोड र चुक्ता पूँजी २८ करोड रुपैयाँ छ । स्थानीय बासिन्दा र सर्वसाधारणमा सेयर बिक्री तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पुँजी ४० करोड पुग्ने कम्पनीका प्रबन्ध सञ्चालक डाँगीले जानकारी दिए।

तेह्रथुम पावर कम्पनी लिमिटेडले तेह्रथुम जिल्लाको साविक मोराहाङ, श्रीजुङ, पौठाक र ओयाक्जुङ गाविस हाल मेन्छेयायेम गाउँपालिकामा ७.५ मेगावाट क्षमताको माथिल्लो खोरुङगा खोला साना जलविद्युत् आयोजनाको निर्माण गरिरहेको छ । हालसम्म सो आयोजनाको भौतिक प्रगति ६० प्रतिशत पुगेको छ।

नेपाल विद्युत् प्राधिकरणसँग विसं २०७३ कात्तिकमा विद्युत् खरिद सम्झौता गरेको आयोजनाले २०७६ पुस १ गतेदेखि व्यावसायिक उत्पादन गर्नुपर्नेछ । तर कम्पनीले ६ महिनाअगावै विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । आयोजनामा माछापुछ्रे बैंकको अगुवाइमा नेपाल बंगलादेश बैंक, जनता बैंकले क्रमशः ४० करोड, ३० र ३० करोड लगानी रहेको छ।

प्रकाशित: १७ आश्विन २०७५ ०३:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App