१७ आश्विन २०८१ बिहीबार
image/svg+xml

नेपाल टेलिकमले ल्यायो सेयर बजारमा सुधार

नेपाल टेलिकमको सेयर मूल्यमा आएको वृद्धिले नेप्सेलाई उकास्न आधार दिएको बताइन्छ । दोहोरो अङ्कले झरेको बजार बिहीबार भने करिब पाँच अङ्कले उकालो लागेको हो ।

सेयरबजार तताउन‘बुलरेस’

सेयरबजार निरन्तर ‘बियरिस लय’ मा ओरालो लागेका बेला नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) भने बुलरेस आयोजनामा जुटेको छ।

हिमालय ऊर्जाकाे २४ लाख कित्ता सेयर खुल्ने

हिमालयन ऊर्जा विकास कम्पनीले आयोजना प्रभावित स्थानीयवासी र सर्वसाधारणलाई सेयर निष्कासन गर्ने भएको छ ।

सच्चिँदै सेयर बजार

गत साउन १२ गते कीर्तिमानी १८८१.४५ बिन्दुमा पुगेको नेप्से आइतबार घटेर १५२२.८० बिन्दुमा आइपुगेको छ । पछिल्लो करिब साढे चार महिनामा नेप्सेमा ३५८.६५ बिन्दुले गिरावट आएको छ । दैनिक घट्न थालेको बजारको गिरावट अब कुन बिन्दुमा पुगेर रोकिएला ? यसको उत्तर लगानीकर्ता र विश्लेषकले समेत दिइरहेका छैनन् ।

सरकारी कर्मचारी, सेयर कारोबारी !

राष्ट्रिय सतर्कता केन्द्रले अनुगमन गर्दा केन्द्रीय बैंक तथा निजामती सेवाका जिम्मेवार तहका कर्मचारी सेयर कारोबारमा प्रत्यक्ष संलग्न रहेको भेट्यो । केन्द्रले गरेको पछिल्लो अनुगमनमा सरकारी तलबसुविधा खाने केही कर्मचारी बिहान साढे १० देखि दिउँसो साढे ३ बजेसम्म सेयर कारोबारका निम्ति लामबद्ध रहेको पाइयो ।

सेयरबजारमा 'कामचोर' कर्मचारी

सिंगो बैंकिङ क्षेत्रको अनुगमन तथा नियमन गर्ने जिम्मेवारी बोकेको नेपाल राष्ट्र बैंकका कर्मचारी नै कार्यालय समयमा सेयर कारोबारमा संलग्न हुने गरेको भेटिएको छ। राष्ट्रिय सतर्कता केन्द्रले गरेको अनुगमनका क्रममा बैंकका सहायक निर्देशक दण्डप्रसाद खरेलसहितका कर्मचारी सेयरबजारमा संलग्न भएको भेटिएको हो।

सुस्तायो सेयर बजार

सेयर बजार सुस्ताएको छ। कारोबार रकममै मंगलबारभन्दा बुधबार २६ करोड ३१ लाख भन्दा बढीले कमी आएको छ। मंगलबार कुल ७७ करोड १८ लाख रूपैयाँभन्दा बढीको सेयर किनबेच भएकोमा बुधबार ५० करोड ८७ लाखको मात्र कारोबार भएको छ।

सेयर कारोबार घट्यो

नेपाल स्टक एक्स्चेन्जका अनुसार बजार ९.९१ प्रतिशतले उकालो लागेको छ । कुल १३६ कम्पनीको नौ लाख ४० हजार ४२१ कित्ता सेयर रु ७७ करोड १८ लाख १९ हजार ३०१ मूल्य बराबरको सेयर कारोबार भएको छ । नेप्से परिसूचक उकालो लागे पनि कारोबार रकम भने मंगलबार घटेको छ ।

सेयर बजार ओरालो लाग्यो

धितोपत्र बजारमा नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । सेयर कारोबार हुने साताको आज अन्तिम दिन बजार ७.८४ बिन्दुले ओरालो लागेको हो । एक हजार ६०९ बिन्दुमा रहेको नेप्से परिसूचक घटेर एक हजार ६०० बिन्दुमा कायम भएको छ ।

सेयर बजार उकालो लाग्यो

लगातार घट्दै आएको सेयर बजार आज भने ४३.५२ अङ्कले बढेर लगानीकर्तालाई केही राहत मिलेको छ। लगातार घट्दै आएको र पटक पटक सर्किट ब्रेकसमेत लगाउनुपरेको बजार आज २ दशमलव ८८ प्रतिशतले उकालो लाग्दा नेप्से परिसूचक एक हजार ५५३ बिन्दुमा पुगेको छ।

एनबी बैंकको सेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई

नेपाल बंगलादेश बैंक लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई बिक्री तथा प्रबन्धक नियुक्त गर्ने सम्झौता गरेको छ।

सेयर बजार नियन्त्रण गर्न 'सर्किट ब्रेकर'

सेयर बजार उच्च अंकले घटेपछि सर्किट ब्रेकर लगाएर नियन्त्रण गर्नुपरेको छ। साताको पहिलो दिन आइतबार कारोबार सुरु भएको साढे २ घन्टामै सेयर बजार मापक नेप्सेे ७९.२१ बिन्दुले घटेको थियो। कारोबार सुरु भएदेखि नै नेप्से परिसूचक निरन्तर ओरालो लागेको थियो।

सेयर नपरेको पैसा पाँच वर्षसम्म फिर्ता नलिए कोषमा जाने

पब्लिक लिमिटेड कम्पनीले वितरण गर्ने लाभांश पाँच वर्षसम्म पनि लिन नगएमा लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने भएको छ। कम्पनी रजिस्ट्रार कार्यालयले नेपाल स्टक एक्सचेन्जमार्फत सबै सूचीकृत कम्पनीलाई सर्कुलर पठाउँदै यस्तो जानकारी दिएको हो।

सेयर बजारमा उच्च उतारचढाव

सेयर बजारमा उच्च उतारचढाव देखिएको छ। आइतबार सेयर कारोबार सुरु भएको सवा २ घन्टामै सेयर बजार मापक नेप्से करिव ११ अंकले बढ्न पुग्यो। १६९७.२२ बिन्दुमा रहेको नेप्से परिसूचक उक्त समयावधिमा बढेर १७०७.७९ मा पुग्यो।

बन्दले छोएन सेयर बजारलाई, करिब तीन अङ्कले बढ्यो

नेकपा (माओवादी) को बन्दको कारण सवारी साधन सामान्य रुपमा चलेपनि धितोपत्र बजारमा भने त्यसले आज कुनै प्रभाव नपारेको पाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्