४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

भरतपुर अस्पतालमा टेलिमेडिसिन सेवा

भरतपुर अस्पतालमा आजदेखि फोनबाट परामर्श दिने सुविधा (टेलिमेडिसिन) सुरु भएको छ। अस्पतालमा दिउँसो १२ बजेदेखि अपराह्न ३ बजेसम्म टेलिमेडिसिन सेवा लिन सकिनेछ।

भरतपुर आँखा अस्पतालमा बिरामीको भीड

आँखा पाक्ने सङ्क्रमण फैलिएपछि यहाँको भरतपुर आँखा अस्पताल र यस अन्तर्गतका सेकेण्डरी अस्पताल एवं आँखा उपचार केन्द्रमा बिरामीको संख्या झण्डै दोब्बर बढेको छ।

आँखा पाक्ने रोगबाट बच्न सरसफाइ र सामाजिक दूरी कायम गर्न सुझाव

चितवन सहितका जिल्लामा यति बेला आँखा पाक्ने रोग निकै बढेर गएको छ। कतिपय पालिका शिक्षण संस्था बन्द गरेर रोग नियन्त्रणमा जुटेका छन्। चिकित्सकले कोभिड–१९ झै हातको सरसफाइ, सामाजिक दूरी कायम गर्नसके रोगबाट बच्न सकिने सुझाव दिएका छन्।

सरकारी अस्पतालमा पेट स्क्यान नहुँदा मारमा विपन्न

भरतपुर क्यान्सर अस्पतालले पेट स्क्यान मेसिन किन्ने तयारी गरिरहेको छ। तत्कालीन राष्ट्रपति रामवरण यादवको सिफारिसमा तत्कालीन सरकारले भरतपुर क्यान्सर अस्पतालका लागि पेट स्क्यान मेसिन खरिद गर्न बजेट विनियोजन गरे पनि अहिलेसम्म किनिएको छैन।

केरामा सबैभन्दा बढी विषादी भेटियाे

चितवनमा केरामा सबैभन्दा बढी विषादी भेटिएको छ। कृषि ज्ञान केन्द्र चितवनले परीक्षण गर्दा सबैभन्दा बढी विषादी केरामा भेटिएको हो।

पार्टी हितविरुद्ध काम गर्नेको सदस्यता नवीकरण कांग्रेसले नगर्ने

नेपाली कांग्रेस चितवन शाखाले गत निर्वाचनमा पार्टीका उम्मेदवारलाई मतदान नगर्ने क्रियाशील सदस्यहरुको सदस्यता नवीकरण नगर्ने भएको छ।

भरतपुरमा मन्त्रिपरिषद्को बैठक बस्न आग्रह गरिने

सन् २०२४ लाई भरतपुर भ्रमण वर्षको रूपमा मनाउने क्रममा सङ्घीय सरकारको मन्त्रिपरिषद् बैठक यहीँ बस्न आग्रह गरिने भएको छ। भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण २०२४ विशेषरूपमा मनाउँदै छ।

भरतपुरको ठूला अस्पतालको क्यान्टिनमा अनुगमन

अनुगमन क्रममा अधिकांश क्यान्टिनमा सरसफाइको अभाव देखिएको भरतपुर महानगर पालिका उपभोक्ता हित संरक्षण समितिका अनुगमन टोलीका संयोजक विष्णु बहादुर भुजेलले जानकारी दिए।

भरतपुरमा शनिबारे मेला सुरु

उद्योग सङ्घले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नेगरी आजदेखि शनिबारे मेला सञ्चालन गरेको छ। मेलाको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गरिन।

भरतपुरमा अव्यवस्थित वधशाला: पानी बग्ने ठाउँमा रगतको खोलो

भरतपुर महानगरपालिका वडा नम्बर तीन लंकु स्थित पुङ्गी खोलामा थुप्रै मान्छे पौडी खेल्थे। वडाध्यक्ष विकास थापा पनि त्यहाँ पौडी खेलेर नै हुर्किएका हुन्।आज भोलि खोला वरपर मान्छे जान सक्ने स्थिति छैन। खोला छेउमै भैँसी काट्ने वधशाला खोलिएपछि त्यहाँ स्वच्छ पानी बग्दैन।विहान पख रगतकै खोला बग्ने शिवपथका जगतमणी घिमिरे बताउँछन्।

झन्डै ११ करोडले बढ्यो भरतपुरको बजेट, ६ अर्ब ३१ करोड ७९ लाख सार्वजनिक

भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि चालू आर्थिक वर्षभन्दा १० करोड ७० लाख १७ हजार रुपैयाँ बजेट बढाएको छ।

भरतपुरले अबदेखि विद्युतीय सवारी साधन मात्र खरिद गर्ने

भरतपुर महानगरपालिकाको तेह्रौ अधिवेशन आइतबार हुँदैछ। यसवर्ष महानगरपालिकाले सडक पूर्वाधारसँगै विद्युत् खपत बढाउन उज्यालो भरतपुरलाई प्राथमिकतामा राख्दैछ।

केरुङ्गा घोललाई पर्यटकीय मार्ग बनाइने

भरतपुर महानगरपालिकाको वडा नं ११ देखि २४ को राप्ती नदीसम्म पुगेको केरुङ्गा घोललाई सौन्दर्यकरण गरी पर्यटकीय मार्ग बनाइने भएको छ।

भरतपुर–१३ बालमैत्री वडा घोषणा

भरतपुर महानगरपालिका वडा नम्बर १३लाई बालमैत्री वडा घोषणा गरिएको छ। भरतपुरलाई वि.स. २०८३÷२०८४सम्म बालमैत्री नगर घोषणा गर्ने अभियान अन्तरगत शुक्रबार बालमैत्री वडा घोषणा गरिएको हो।

भरतपुरका २९ वटै वडामा स्वास्थ्य संस्था

भरतपुर महानगरपालिकाले सबै वडामा स्वास्थ्य संस्था पु¥याएको छ। जनप्रतिनिधि आएपछि भरतपुरका २० वटा वडामा स्वास्थ्य कार्यालय थपिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्