१५ वैशाख २०८१ शनिबार
image/svg+xml

सन् २०२३ मा पोखराका हवाई यात्रु साढे नौ लाख बढी

संचालनमा आएको १५ दिनमै भएको हवाई दुर्घटनाको मार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले त खेप्यो नै पोखरा आउजाउ गर्ने हवाई यात्रु नै कम हुँदा समग्र पर्यटन क्षेत्र प्रभावित भएको गुनासो व्यावसायीले गर्दै आएका छन्। तर, दुर्घटनापछिको त्यो त्रास र विमानस्थलप्रतिको आशंका चिर्दै पोखरा आउने हवाई यात्रु बढ्दै जाँदा सन् २०२३ मा अहिलेसम्मकै सर्वाधिक धेरै यात्रुले पोखराको हवाई यात्रा गरेको विमानस्थलले बताएको छ।

यती हवाई दुर्घटनाको एक वर्ष : बिथोलिएको पर्यटन लयमा फर्किंदै

यती एयरलाइन्सको नाइन एन एएनसी कल साइनको जहाज सेती नदीको खोंचमा खसेको एक वर्ष पूरा भएको छ।

अन्तरराष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

मुलुकको पुरानो त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हवाई यात्रुको सङ्ख्या बढेको छ।विमानस्थलका अनुसार सन् २०२३ मा आन्तरिक तथा अन्तरराष्ट्रिय दुवै गरी कूल ८६ लाख ९१ हजार चार सय ४३ यात्रुले हवाईयात्रा गरेका छन्।सन् २०२२ मा ७९ लाख ५४ हजार चार सय ९५ ले हवाईयात्रा गरेका थिए।

दाङ बस दुर्घटनामा उद्धार गर्दै सशस्त्र प्रहरी बल

गए राती नेपालगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस दुर्घटनामा घाइते भएकाको सशस्त्र प्रहरी बल नं २९ ज्वालामाइ गण भालुबाङको सुरक्षाले उद्धार गरेको छ। बसभित्र रहेका यात्रुलाई उद्धार गरी सशस्त्र प्रहरी बलले स्थानीय अस्पताल तर्फ पठाइरहेको छ।

हिमालय एयरलाइन्स ‘आइओएसए’ मा दर्ता हुने पहिलो नेपाली वायुसेवा

हिमालय एयरलाइन्स नेपालको पहिलो र एक मात्र आइटा अपरेसन सेफ्टी अडिट ‘आइओएसए’मा दर्ता भएको वायुसेवा बनेको छ।

धावनमार्गमा जब विमान चिप्लियो...

संघीय हवाई यातायात एजेन्सीले जनाए अनुसार सो विमान सोमवार बिहान १०ः०० बजे अवतरण गर्ने क्रममा धावन मार्गमा चिप्लिएको थियो।

टोकियो विमानस्थल दुर्घटनाबारे अनुसन्धान सुरू, तीन सयभन्दा बढी उडान प्रभावित

दुर्घटनामा पाँच जनाको मृत्यु भएको थियो भने विमानस्थलको प्रयोग गरी अवतरण र उडान भर्ने ३०० भन्दा बढी उडान रद्द भएका थिए।

दाङमा बस दुर्घटना हुँदा २० जना घाइते, २ को अवस्था गम्भीर

बर्दियाबाट वनभोजका लागि दाङ आएको यात्रुबाहक बस दुर्घटना हुँदा करिब २० जना घाइते भएका छन्। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ।

मानव तस्करीको आशङ्कामा रोकिएको विमान ४ दिनपछि भारत पुग्यो

फ्रान्सले मानव तस्करीको आशङ्का गर्दै रोकेको भारतीय यात्रुवाहक विमान ४ दिनपछि भारत पुगेको छ।

पोखरा जाँदै गरेको बस दुर्घटना, १८ घाइते (घाइतेहरूको नामावलीसहित)

आज बिहान करिब साढे ८ बजे तनहुँको व्यास नगरपालिका –१२स्थित पृथ्वी राजमार्गमा बस दुर्घटनामा परेको हो।

फिलिपिन्समा बस दुर्घटना हुँदा १७ को मृत्यु

मध्य फिलिपिन्सको पहाडमा एउटा यात्रुवाहक बस सडकको खतरनाक मोडबाट चिप्लिएर खस्दा १७ जनाको मृत्यु भएको छ।

प्रधानमन्त्रीको भ्रमणले छुटेका यात्रु अझै अलपत्र

नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले नागरिक न्यूजसँग कुराकानी गर्दै बुधवार छुटेका यात्रुहरूमध्ये सबै दुबई जान नपाएको बताए।

पोखरामा दिनकै चार हजार हवाई यात्रु

चाडपर्व बिदा र आन्तरिक पर्यटकीय मौसम भएकाले विदेशी पाहुनाको आगमन बढेको छ । विदेशी पर्यटक बढ्दा पोखरा–काठमाडौं–पोखरा हवाईयात्रामा यात्रु चापसमेत बढेको छ।यतिबेला पोखरा–काठमाडौं रुटमा दिनमा विभिन्न एयरलाइन्सका २७ वटासम्म उडान हुँदा पनि यात्रुले चाहेको बेला हवाई टिकट पाउन सकेका छैनन् ।

पोखराका हवाई यात्रु दिनकै ४ हजार

चाँडबाँडको बिदाले आन्तरिक र पर्यटकीय सिजनको कारणले विदेशी पाहुनाको आगमन बढ्दा अहिले पोखरा–काठमाडौं–पोखरा रुटको हवाई यात्रामा यात्रु चाँप बढेको छ। यतिबेला पोखरा–काठमाडौं रुटमा दिनमा विभिन्न एयरलाइन्सका २७ वटासम्म उडान हुँदा पनि यात्रुले चाहेको बेला हवाई टिकट पाउन सकेका छैनन्। दिनमा चारहजार हाराहारीमा हवाई यात्रुको आउजाउ भईरहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्