१९ असार २०८१ बुधबार
image/svg+xml

डुडुवा गाउँपालिकामा विवाद, गाउँसभा स्थगित

जनप्रतिनिधिबीचको आन्तरिक विवादका कारण बाँकेको डुडुवा गाउँपालिकाको १५ औँ गाउँसभा स्थगित भएको छ।

२२ जना विद्यार्थीलाई प्राविधिक शिक्षा पढाउँदै काठेखोला गाउँपालिका

आफ्नो छोराको प्राविधिक शिक्षा पढ्ने धोको गाउँपालिकाले पूरा गरिदिएकोमा काठेखोला—८ लेखानीकी गिता विश्वकर्मा निकै खुसी छिन्।

बाढी पहिराेले रोकियो गाउँसभा

मनसुन सुरु भएसँगै हिमाली जिल्ला मनाङ बाढी पहिराेको चपेटामा परेको छ। असार महिना आर्थिक वर्षको अन्तिम समय हो तर मनाङका दुई पालिकाले भने आर्थिक वर्षको तोकिएको समयमा गाउँसभा गरी बजेट, नीति तथा कार्यक्रम गर्न सकेका छैनन्।

गाउँसभाविरुद्ध उत्रिए नेकपाका तीन वडाध्यक्ष

वडामा बजेट सिलिङ नदिइ गाउँसभा गरिएको भन्दै खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका तीन वडाध्यक्ष विरोधमा उत्रिएका छन्।

गौमुलको नीतिः महिला–पुरुष बराबर, निजी शिक्षक नराख्ने

गौमुल गाउँपालिकाले २ वर्षभित्र सबै वडामा सडक सञ्जाल जोड्ने नीति पारित गरेको छ। गाउँपालिकाको पाँचौ गाउँसभाले २ वर्षभित्र ६ वटै वडाका बस्तीमा सडक सञ्जाल पुर्याउने लक्ष्य सहित नीति तथा कार्यक्रम पारित गरेको हो।

भित्र गाउँसभा, बाहिर विरोधसभा

वडागत बजेट सिलिङ नदिइएको भन्दै खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाको गाउँसभामा पुगेर नेकपाले बिरोध जनाएको छ।

स्वरोजगारका लागि निर्ब्याजी ऋण

जुम्लाको तातोपानी गाउँपालिकाले लक्षित वर्ग र गरीबी न्यूनीकरणका लागि निर्ब्याजी ऋण उपलब्ध गराउने भएको छ।

पाँच कार्यविधि अनुमोदन

तातोपानी गाउँसभाले एकीकृत सम्पत्ति कर व्यवस्थापनसम्बन्धी कार्यविधि २०७५, (घ) वर्गको निर्माण व्यवसायी इजाजतपत्र वितरणसम्बन्धी कार्यविधि २०७५, पञ्चेबाजा संरक्षण संवर्द्धन कार्यविधि २०७५, बीना ब्याज ऋण व्यवस्थापनसम्बन्धी कार्यविधि २०७५ र अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरणसम्बन्धी कार्यविधि २०७५ लाई अनुमोदन गरेको छ।

प्रस्ताव नै नगरी गाउँपालिकाको नाम परिवर्तन

रसुवाको कालिका गाउँपालिकाको नाम परिवर्तनको विषय गाउँसभामासमेत उठेको छैन। तर कर्मचारी समायोजन फारममा भने गाउँपालिकाको नाम परिवर्तन गरेर शुभकालिका गाउँपालिका राखिएको छ। गाउँसभाबाट पारित नै नभएको नाम आएकोमा अचम्म लागेको गाउँपालिकाका उपाध्यक्ष भवानीप्रसाद न्यौपानेले बताए।

गाउँसभामा प्रस्तावै नलगी गाउँपालिकाको नाम परिवर्तन

रसुवाको कालिका गाउँपालिकाको नाम परिवर्तनको विषय गाउँसभामा समेत उठेको छैन्। तर, कर्मचारी समायोजन फारममा भने गाउँपालिकाको नाम परिवर्तन गरेर शुभ कालिका गाउँपालिका राखिएको छ।

गाउँसभाको ब्यानरमा बिपीको तस्बिर राखिएपछि..

रोङ गाउँपालिकाको प्रथम गाउँसभामा प्रयोग गरिएको ब्यानरमा नेपाली कांग्रेसका नेता स्वर्गीय बिपी कोइरालाको तस्बिर प्रयोग गरेको भन्दै नेकपा एमालेले गाउँसभा नै अवरुद्ध गर्ने चेतावनी दिएको छ । एमालेले गाउँपालिका अध्यक्ष समशेर राईले नियोजित रूपमा आफ्नो दलका नेताको तस्बिर गाउँसभाको ब्यानरमा प्रयोग गरेको निष्कर्ष निकालेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्