रक्षक संक्रमित हुँदा त्रास
एक नम्बर प्रदेशस्थित सशस्त्र र नेपाल प्रहरीमा कोरोना संक्रमण बढेपछि समुदायमा समेत त्रास फैलिएको छ। नागरिककै सुरक्षामा खटिने सुरक्षाकर्मीसँग कुनै न कुनै रूपमा भौतिक हिसाबले सम्पर्क भए कोरोना सर्ने डर सर्वसाधारणलाई छ।
एक नम्बर प्रदेशस्थित सशस्त्र र नेपाल प्रहरीमा कोरोना संक्रमण बढेपछि समुदायमा समेत त्रास फैलिएको छ। नागरिककै सुरक्षामा खटिने सुरक्षाकर्मीसँग कुनै न कुनै रूपमा भौतिक हिसाबले सम्पर्क भए कोरोना सर्ने डर सर्वसाधारणलाई छ।
नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, पर्सा र मोरङमा गरी ३ जनाको मृत्यु भएको हो ।
पछिल्लो २४ घन्टामा थप ६५ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लाका आइसोलेसन सेन्टरबाट पछिल्लो २४ घन्टामा ६५ जना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् ।
क्वारेन्टिनमा आत्महत्या गरेका यूवामा काेराेना पुष्टि भएकाे छ । भारतबाट आफन्त कहाँ आएका यूवा रामबहादुर साउँथले आत्महत्या गरेका थिए । उनी पाँच दिन देखि क्वारेन्टिनमा बस्दै आएका थिए । मृत्युपछि स्वाब परीक्षण गरिएकाे थियाे ।
योसँगै भारतमा मृतकको कूल संख्या १४ हजार ४ सय ७६ पुगेको छ भने संक्रमितको संख्या ४ लाख ५६ हजार १ सय ८३ पुगेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ६ सय २९ जनामा कोरोना पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार पछिल्लो २४ घण्टामा थपिएका कोरोना संक्रमितको जानकारी गराउने क्रममा उपत्यकामा पनि थप दुई संक्रमित फेला परेको विवरण सार्वजनिक गरेको हो।