७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

काठमाडौंमा पनि भेटिए थप दुई काेराेना संक्रमित

काठमाडौंमा उपत्यकामा पनि थप दुई जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार पछिल्लो २४ घण्टामा थपिएका कोरोना संक्रमितको जानकारी गराउने क्रममा उपत्यकामा पनि थप दुई संक्रमित फेला परेको विवरण सार्वजनिक गरेको हो।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंका १ र भक्तपुरका १ जनामा कोरोना पुष्टि भएको बताएका हुन्। उनका अनुसार काठमाडौंका संक्रमित पुरुष र भक्तपुरकी संक्रमित महिला हुन्।  

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ६ सय २९ जनामा कोरोना पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ।

पछिल्लो २४ घण्टामा डिस्चार्ज भएका १ सय १४ सहित कोरोनाबाट मुक्त हुनेको संख्या २ हजार ३ सय ३८ पुगेको मन्त्रालयले जनाएको छ। संक्रमितमध्ये  २४ जनाको मृत्यु भएको छ।  

प्रकाशित: १० असार २०७७ ११:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App