२० आश्विन २०८१ आइतबार
image/svg+xml

ओली रणनीति शक्ति सञ्चय

ओली पक्षधर नेताहरुले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद नछाड्ने अडानसहित बाँकी विकल्पमा दाहाल–नेपाल समूहका नेताहरुसँग छलफल गरिरहेका छन्।

नेकपा स्थायी कमिटी बैठक पुन: स्थगित

आज बस्ने भनिएको सत्तारूढ दल नेकपाको स्थायी कमिटी बैठक असार २६ गते ११ बजेसम्मका लागि स्थगित भएको छ।

स्थायी कमिटीका एजेण्डासँग संसद कारवाहीले मेल नखाने

भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले स्थायी समितिका एजेण्डासँग संसद कारवाहीले मेल नखाने बताएकी छिन् । सत्तारुढ दल नेकपाको स्थायी समिति बैठकका एजेण्डा र संसद अधिवेशनको कुराहरु नितान्त फरक भएको उनले बताए । संसद कहिले सुरु गर्ने, कहिले अन्त्य गर्ने, संसदलाई के विजनेश दिने भन्ने कुरा सरकारको भएकाले नेकपाको स्थायी समितिका एजेण्डासँग कुनै पनि हालतमा मेल नखाने बताइन ।

ओली हिँड्ने अबको बाटो

मधेसी दल विभाजन गर्न ल्याइएको र पछि फिर्ता गरिएको अध्यादेश फेरि जारी गराउनतिर ओली लाग्ने सम्भावना उत्तिकै छ। पार्टी केन्द्रीय कमिटी वा संसदीय दलका ४० प्रतिशत सदस्यको हस्ताक्षरले दल विभाजन हुन सक्ने प्रावधानलाई अझ सजिलो पार्न ३० प्रतिशतमा झार्न सक्ने सम्भावनासमेत छ।

प्रधानमन्त्रीलाई नेताहरुको सुझाव : आ–आफ्नो इतिहास पढेर समाधान निकाल्नुस्

नेकपा स्थायी कमिटी बैठकमा चर्को आलोचना खेपेका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले केही मन्त्री र नेताहरुसँग परामर्श गरे। उनीहरुबाट सल्लाह सुझाव लिए। परामर्श बैठकमा गएका नेताहरुले प्रधानमन्त्री ओलीलाई ब्लेम गेम र प्रोक्सी वारको अवस्थालाई अन्त्य गर्न सुझाए।

महाकाली सन्धिमा नेताहरुले माफी माग्नुपर्छ

लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितका भूभाग समेटिएको नक्सा सार्वजनिक भएको जस प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले मात्र लिएकोप्रति आपत्ति जनाउँदै नेता वामदेव गौतमले महाकाली सन्धिको प्रसंग उठाएका हुन्।

नेकपा स्थायी कमिटीकाे बैठक १६ गतेसम्मका लागि स्थगित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सीमा विवाद सम्बन्धी छलफल नसकी असार १६ गते सम्मका लागि स्थगित भएको छ । असार १४ गते मदन जयन्ती र १५ गते धान दिवस परेकाले बैठक १६ गतेसम्मका लागि स्थगित गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

बैठक छल्दै ओली

तीव्र असन्तुष्टिबीच सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा स्थायी कमिटी बैठक चले पनि पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली शुक्रबार उपस्थित भएनन्। प्रधानमन्त्री ओलीकै कार्यशैली र सरकारको कामप्रति नेताहरू असन्तुष्ट छन्।

यस्ता छन् नेकपा स्थायी कमिटी बैठकका एजेण्डा

काठमाडौँ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा सुरु भएको छ।

नेकपा स्थायी कमिटी बैठक आज

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अमेरिकन परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) स्वीकार गर्ने कि नगर्ने भन्ने विषय छलफल गर्न आज (बुधबार)स्थायी कमिटी बैठक बोलाएको छ।

असार १० मा बस्ला त नेकपा स्थायी कमिटी बैठक ?

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक असार १० गते प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ। आन्तरिक विवादका कारण स्थायी कमिटी बैठक पटकपटक स्थगित हुँदै आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्