२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

यस्ता छन् नेकपा स्थायी कमिटी बैठकका एजेण्डा

काठमाडौँ  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा सुरु भएको छ।  

बैठकमा ५ वटा एजेण्डा तय भएका छन्। बैठकको सुरुमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले वर्तमान परिस्थिति र स्थायी कमिटी बैठकको सम्वन्धमा मन्तव्य राख्ने छन्। बैठकमा सरकारको कामको सम्बन्धमा पनि एजेण्डा तय भएको छ। जसमा कोभिड १९ नियन्त्रण, रोकथाम र उपचारबारे, नेपालको सीमा समस्या र समाधानबारे र अन्य विषयमा छलफल हुने छ।  

बैठकले पार्टी एकताका बाँकी कामबारे समेत बहस गर्ने छ। बैठकको चौंथो एजेण्डामा एमसिसि राखिएको छ।  

स्थायी कमिटी बैठकमा राजनीतिक प्रतिवेदन भने पेश हुने छैन। एक स्थायी कमिटी सदस्यले भने, 'राजनीतिक प्रतिवेदनमा आउने कुरा अध्यक्षद्वयको मन्तव्यले समेट्ने छ।' बिहीबारबाट स्थायी कमिटी सदस्यले आफ्ना धारणा राख्न सुरु गर्ने छन्।

 

 

प्रकाशित: १० असार २०७७ ०६:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App