१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेकपा स्थायी कमिटी बैठक आज

एमसिसी मुख्य अजेन्डा

फाइल तस्बिर।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अमेरिकन परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) स्वीकार गर्ने कि नगर्ने भन्ने विषय छलफल गर्न आज (बुधबार)स्थायी कमिटी बैठक बोलाएको छ।असार १६ गतेभित्र संसदबाट एमसीसी पास गरिसक्नु पर्ने भएपछि पार्टी स्थायी कमिटी बैठक टार्दै आएका प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली बैठक राख्न तयार भएका हुन्।  

एमसिसीबारे पार्टीभित्र विवाद पेचिलो बन्दै गएका बेला बोलाइएको बैठकलाई कसरी निष्कर्षमा पु¥याउने भन्ने विषयमा मंगलबार बालुवाटारमा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको छ। दुई घण्टा लामो छलफलपछि पार्टी एकता, सरकारको कामको समीक्षालगायत विषयलाई पनि अजेन्डा बनाउने सहमति भएको छ।  

गत माघमा सम्पन्न केन्द्रीय कमिटी बैठकलेएमसिसीको विषयमा कार्यदल बनाएर अध्ययन गर्नुपर्ने निर्णय गरेपछि पार्टीका पूर्वप्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा स्थायी कमिटी सदस्यद्वय भीम रावल र प्रदीप ज्ञावाली सदस्य रहेको समिति बनाएर अध्ययन गरिएको थियो। सचिवालय सदस्यसमेत रहेका खनालले समितिले विभिन्न ११ वटा बुँदा संशोधन गरेर मात्रै संसद्बाट एमसिसी पास गर्न सकारलाई सुझाव दिएको थियो। त्यसमा परराष्ट्र मन्त्रीसमेत रहेका ज्ञवालीले भने १५ वटा बुँदामा फरक मत राखेका थिए।  सरकारले नीति तथा कार्यक्रम र बजेटमा समेत वैदेशिक सहायतको नाममा एमसिसी समावेश गरेपछि सत्तारूढ पार्टीभित्र झन् विवाद बढेको थियो।  

सचिावलयको बैठकमा एमसिसीबारे धेरैपटक छलफल भएपनि अनितम निचोड निकाल्न सकेको छैन। यसअघिका सचिवालय बैठकमा भीम रावल, प्रदीप ज्ञवाली, एमसिसी कम्पयाक्टका कार्यकारी अधिकृत खड्गबहादुर विष्ट, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङलगायतका सरोकारवालालाई राखेर छलफल गर्ने र उनीहरूको धारणा बुझ्ने काम भएको थियो।तर पनि सचिवालय बैठकले मात्रै एमसिसीबारे निर्णय गर्नसक्ने अवस्था नआएपछि स्थायी कमिटी बैठकमा मुख्य अजेन्डा बनाइएको छ।

प्रकाशित: १० असार २०७७ ०२:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App