११ मंसिर २०८१ मंगलबार
image/svg+xml

वीपी प्रतिष्ठान सुद्धिकरणको लागि रिले अनसन सुरु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत चिकित्सक, विद्यार्थी र कर्मचारीहरुले रिले अनसन सुरु गरेका छन्। संयुक्त संघर्ष समितिले आजदेखि आन्दोलनको स्वरुप परिवर्तन गर्दै रिले अनसन सुरु गरेको हो।

पोखरामा सरकारविरुद्ध युवाको रिले अनसन

सरकारले कोरोन संक्रमण रोकथामका लागि प्रभावकारी भूमिका निभाउन नसकेको भन्दै राजधानीमा युवाहरुको अनसन चलिरहँदा त्यसकै समर्थनमा पोखरामा पनि युवाहरुले रिले अनसन थालेका छन्। सातजना युवायुवतीले पोखराको मुस्ताङचोकमा विहीबार बिहानदेखि रिले अनसन थालेका हुन्। युवाहरुले पहिलो दिन सातघण्टे रिले अनसन थालेका छन्।

मंगलबारे अस्पताल नामाकरण विवाद चुलिँदै

मोरङको उर्लाबारी–३ मंगलबारेस्थित मंगलबारे अस्पतालको नामाकरणको विवाद चर्कंदै गएको छ । मंगलबारे अस्पतालको नाम परिवर्तन गरी ‘मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर’ बनाउने प्रदेश सरकारको निर्णयविरुद्ध स्थानीय आन्दोलित भएपछि नामाकरण विवाद चुलिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्