१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

भारतीले पुनः शुरु गरिन् रिले अनसन

भारती मानन्धरले दशैँ सकिएसँगै पुनः रिले अनसन शुरु गरेकी छन्।  

श्रीमानको हत्या गरेको आरोपमा थुनामा रहेका गुण्डा नाइके रिगल भनिने योगराज ढकाललाई संविधान दिवसको अवसरमा आममाफी दिएपछि प्रतिवादमा उत्रिएकी नेपालगञ्जकी मानन्धरले पुनः रिले अनसन शुरु गरेकी हुन्।  

श्रीमान चेतन मानन्धरको हत्या अभियोगमा जेल परेका रिगललाई गत असोज ३ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि परिवारले बिरोध गर्दै आएका छन्।

भारतीले आजबाट पुनः माईतीघर मण्डलामा रिले अनसन शुरु गरेकी हुन्। २०७२ सालको असारमा दुई समूहबीच आपसी विवाद हुँदा बाँके नेपालगञ्जका चेतन मानन्धरको हत्या भएको थियो।  

प्रकाशित: १२ कार्तिक २०८० ०६:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App