४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

आयुर्वेद शास्त्रमा बेसार बहुगुणी : आयुर्वेद चिकित्सक

नेपाली संस्कृतिमा हल्दी परापूर्वकालदेखि प्रयोग हुँदै आएको छ, यसले रगतलाई शुद्धीकरण गर्न पनि मद्दत गर्नुका साथै हल्दीले घाँटी दुख्ने, घाँटी सुन्निने समस्यालाई पनि राम्रो गर्ने आयुर्वेद चिकित्सक बताउँछन् ।

बेसार फलाउने योजना छैन, खाने मात्रै कुरा

मसला बाली विकास कार्यक्रमका प्रमुख युवराज पाण्डेय भने पछिल्लो समय अदुवा, बेसार लगायत मसला बालीमा आकर्षण बढ्दै गएकाले तीनै तहका सरकारले यसलाई प्राथमिकता दिएको बताउँछन्।

बेसार खेतीबाट मनग्य आम्दानी

ल आयो ८० रुपैयाँ मानोमै शुद्ध बेसार। सिन्धुलीको तीनपाटन गाउँपालिका–२ मझुवाका मुरली पौडेल सिन्धुलीका हाटबजारमा यसरी नै ग्राहक बोलाइरहेका हुन्छन्। ग्राहक बोलाउँदा उनको घाटी मात्रै सुक्दैन, गोजीभरी पैसा पनि हुन्छ। पौडेल व्यावसायिक रुपमा बेसार खेती गर्ने सफल कृषकमा गनिन्छन्। करिब नौ वर्षदेखि उनी निरन्तर बेसार खेतीमा जुटेका छन्।

ब्रेन, ब्युटी र बेसार

हिजोआज अधिकांश मानिसहरूले ब्रेनलाई भन्दा ब्युटीलाई महत्व दिने गरेका छन्। अनुहारलाई राम्रो बनाउन खासगरी महिलाहरूले अनेक प्रकारका महँगा सौन्दर्य प्रसाधनहरू प्रयोग गर्छन्। तर, सौन्दर्यको मनोवैज्ञानिक सत्य के हो भने जबसम्म मानिस स्वस्थ हुँदैन, उसको मस्तिष्कले ठीकसँग कार्य गर्दैन, तबसम्म उसको मनमा शान्ति आउँदैन, अनुहारमा क्रान्ति छाउँदैन। वास्तबमा हेल्दी बोडी हेल्दी बे्रन भएको मानिस नै ब्युटीफुल देखिन्छन्। यसका लागि मानिसहरूले महँगा–महँगा बजारिया टनिक तथा सौन्दर्य प्रसाधनहरू प्रयोग गर्न आवश्यक छैन, बेसार जस्ता स्वास्थ्यवद्र्धक तथा सौन्दर्यवद्र्धक प्राकृतिक पदार्थहरू ठीक ढंगबाट प्रयोग गरे पुग्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्