१२ मंसिर २०८१ बुधबार
image/svg+xml

बेलको पहिलो गोल

ग्यारेथ बेलले रियाल मड्रिडबाट प्रि सिजनको पहिलो गोल गरे पनि क्लबमा उनको भविष्यका बारेमा भने अझै अन्योल कायम रहेको छ। इन्टरनेसनल च्याम्पियन्स कपअन्तर्गत पहिलो हाफपछि मैदान प्रवेश गरेका बेलको गोलमा रियालले आर्सनललाई निर्धारित समय २–२ को बराबरीमा रोक्न सफल भएको थियो। पेनाल्टी सुटआउटमा रियाल ३–२ ले भाग्यमानी साबित भएको थियो।

पृथ्वी राजमार्ग हरियाली बनाइँदै

निघाट रोराङ, गजुरी, गल्छी र थाक्रे गाउँपालिका तथा धुनीबेंसी नगरपालिकाअन्तर्गत पर्ने पृथ्वी राजमार्गका छेउछाउमा बिरुवा रोपिने भएको छ । विभिन्न कारणले उजाड हुँदै गएको सो राजमार्गलाई हरियाली मार्गको रूपमा विकास गर्न सजीवनका पाँच हजार बिरुवा रोपिने गजुरी गाउँपालिकाकी उपाध्यक्ष सीता ढुंगानाले बताइन् । ‘

भरतपुरमा हरियाली प्रवर्द्धन कार्यक्रम

भरतपुर महानगरपालिकालाई हरियाली नगर बनाउन निर्वाचन क्षेत्र २ (ख) मा सरसफाइ र हरियाली प्रवद्र्धन अभियान सञ्चालन गरिएको छ। अभियानअन्तर्गत स्रोत केन्द्र, सहरी बायोग्यास प्लान्ट, पानी शुद्धीकरण, वृक्षरोपण र फोहोर व्यवस्थापन कार्यक्रमको बुधवार प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले शुभारम्भ गरेका हुन्।

लेबनानबाट सिरियाली शरणार्थी फर्के

लेबनानबाट ९ सय भन्दा बढी सिरियाली शरणार्थी बिहीबार आ –आफ्नो घर फर्केका छन्। लेबनानको राजधानी बेरुतसहित सिडोन र बेकाआबाट ती शरणार्थीहरु फर्केका यहाँको स्वतन्त्र पत्रिका एल्नासराले जनाइएको छ।

भक्तपुर दरबार क्षेत्र हरियाली बनाइने

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विभिन्न जातजातिका फूल र बोटहरुले सम्पदास्थल शृंगार्ने उद्देश्यअनुसार नगरपालिकाले दरबार क्षेत्रमा गमला र फूलको व्यवस्था गरेको जनाए।

‘बीग बोस’ मा छैन चासो

टेलिभिजन रियालिटी शो ‘बीग बोस’को १३ औं सिजनमा को–को सेलिब्रेटी प्रतिष्पर्धीका रूपमा सहभागी हुँदैछन् भन्ने कुराको अड्कलबाजी सुरु भएको छ । बक्सर विजेन्दर सिंह, अभिनेत्री महिमा चौधरी र फेशन डिजाइनर रितु बेरीले पहिले नै आफूहरू शोमा नदेखिने भन्दै अस्वीकार गरेपछि अब कुन–कुन अनुहार शोमा देखिएलान् भन्ने चर्चा सुरु भएको हो ।

हाजार्ड चेल्सीबाट रियालतिर

लामो समयमको चर्चापछि बेल्जियम स्टार इडन हाजार्ड चेल्सी छाड्दै स्पेनिस क्लब रियाल मड्रिडमा अनुबन्धित भएका छन्।

सुखद भएन जिदानको पुनरागमन

रियाल बेटिससँग स्तब्ध भएसँगै रियाल मड्रिडको जारी सिजन स्पेनिस ला लिगाको सुखद अन्त्य गर्ने लक्ष्यले पूर्णता पाउन सकेन।

सुरजको ‘मायाले सुटुक्कै’

गायन रियालिटी शो ‘नेपाल आइडल’मा सहभागिता जनाएर चर्चामा आएका गायक सुरज थापा सिंगल ट्रयाक ‘मलाई बाँध्यो मायाले सुटुक्कै’ लिएर आएका छन्।

जितले जिदानलाई राहत

मारियानो डायजको दुई गोलप्रेरित खेलमा आइतबार रियाल मड्रिडले स्पेनिस ला लिगामा भिल्लारियलविरुद्ध रोमाञ्चक ३–२ को जित निकाल्दा प्रशिक्षक जिनेदिन जिदानलाई राहत मिलेको छ।

उपत्यकामा घट्दैछ हरियाली

हामीले सहरमा संरचना बनाउँदा कंक्रिटतर्फ मात्रै ध्यान दियौं, हरियाली जोगाइराख्नुपर्छ भन्नेतिर खासै ध्यान दिएनौं, नयाँ बिरुवा रोप्ने योजना ल्याए पनि ती योजना अघि बढेका छैनन् ।उपत्यका उजाड कंक्रिटे सहर भइसकेको छ। यहाँको हरियाली र खाली जमिन वर्षैपिच्छे घट्दो छ। हाल उपत्यकाको जमिनमा ठडिएका रूखको संख्या पनि धेरै छैन। सहरका रुख एक दिनभरी गणना गर्न सकिनेजतिकै पातलो भइसकेका छन्। तीनै रुखलाई नै तारो बनाएर सरकारी निकायले विकास निर्माणका काम अघि बढाउने क्रम जारी छ।

बार्सिलोनासँग दूरी घटाउँदै रियाल

स्पेनिस ला लिगामा शनिबार रियाल मड्रिडले एट्लेटिको मड्रिडविरुद्ध ३–१ को जित निकाल्दै तालिकामा शीर्ष स्थानको बार्सिलोनासँग अंकदूरी घटाएको छ। एट्लेटिकोको घरेलु मैदान वान्डा मेट्रोपोलिटियनमा भएको खेलमा  जित निकाल्दै रियालले बार्सिलोनासँगको दूरी ५ अंकमा झारेको हो।

सम्पदा क्षेत्रमा फिल्म सुटिङ झन्झटिलो

गत साता इजरायलको एक रियालिटी सोले बौद्ध स्तुपामा सुटिङ हुनुअघि अनावश्यक झन्झट खेप्नुपर्‍यो। नेपालमा विदेशी फिल्म खिच्न नेपाल सरकार सञ्चार मन्त्रालय र श्री बौद्धनाथ क्षेत्र विकास समितिबाट सुटिङपूर्व अनुमति लिए पनि जानकारी नगराएको भन्दै बौद्ध घ्याङ गुठीले सुटिङ रोक्यो। तत्काल उक्त रियालिटी सोमा आबद्ध फिल्मकर्मीहरूले लिखित रूपमा निवेदन दिएपछि बल्ल सुटिङ सुचारु भएको थियो।

सौभाग्य शाह, मेमोरियालिटी र भिमान–मन्थन

अ प्रोजेक्ट अफ मेमोरियालिटी सौभाग्य शाहले सन् २००४ मा हार्वर्ड विश्वविद्यालयमा बुझाएको विद्यावारिधि शोधमा आधारित पुस्तक हो। यो पुस्तक सिन्धुलीको भिमानमा विश्व खाद्य संगठनको अनुदानमा सञ्चालित ‘ग्रामीण खाद्य उत्पादन वृद्धि परियोजना’ले महिला नेतृत्व विकासमा खेलेको भूमिकामा केन्द्रित छ।

हरित उद्यान धमाधम बनाइँदै

उपत्यकावासीको गुनासो छ– यहाँ हरियाली पार्क भएनन्, खाली जग्गाको संरक्षण गरिएन। त्यसैलाई मध्येनजर गर्दै सहरी विकास मन्त्रालय धमाधम पार्क निर्माणमा जुटेको छ। मन्त्रालयले उपत्यकाका विभिन्न ठाउँमा सात हरियाली पार्क (हरित उद्यान) धमाधम निर्माण गरिरहेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्