१० मंसिर २०८१ सोमबार
image/svg+xml

तलब नदिएपछि जेट एयरवेजका कर्मचारीले गरे आत्महत्या

आर्थिक संकटका कारण बन्द भएको जेट एयरले तलब नदिएपछि एक कर्मचारीले आत्महत्या गरेका छन्। क्यान्सरबाट पीडित जेट एयरवेजका प्राविधिक ४५ वर्षीय शैलेश सिंहले एक महाराष्ट्रको पालघर जिल्लामा रहेको एक भवनबाट हाम्फालेर आत्महत्या गरेको टाइम्स अफ इन्डियाले जनाएको छ।

मन्त्रीको अस्पतालमा नर्स झुण्डिएको अवस्थामा फेला

प्रदेश २ को अस्थाइ मुकाम जनकपुरको जानकी हेल्थकेयर एण्ड टिचिङ्ग हस्पिटलमा कार्यरत एक नर्स झुण्डिएको अवस्थामा फेला परेकी छन्।

पेरुका पूर्वराष्ट्रपतिले गरे आत्महत्या

पेरुका पूर्वराष्ट्रपतिले आत्महत्या गरेका छन्। भ्रष्टाचार आरोप लागेका पूर्वराष्ट्रपति एलेन गार्सियाले गोली हानी आत्महत्या गरेका हुन् । बीबीसीका अनुसार पक्राउ गर्न प्रहरीहरु निवासमा आएपछि उनले आफैंलाई गोली हानेर आत्महत्या गरेको थिए।

छाेराछाेरीसहित आमाद्वारा सामूहिक आत्महत्या

चितवनमा एकै परिवारका ३ जना झुन्डिएको अवस्थामा फेला परेका छन्। भरतपुर महानगरपालिका वडा नम्बर १८ चनौलीमा एकै परिवारका तीनजनाले सामूहिक आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मी जानकारी दिए।

अवैध शिशु जन्माएर युवतीले गरिन आत्महत्या

स्याङ्जामा एक युवतीले शिशु जन्माएपछि आत्महत्या गरेकी छन्। भिरकोट नगरपालिका–७ की २२ वर्षीया स्नेहा अधिकारीले अवैध रुपमा शिशु जन्माएपछि आत्महत्या गरेकी हुन्। स्थानीय गम्बर बहादुर अधिकारीले आफ्नो बारीमा मास पुगेकी स्त्री जातको नवजात शिशु मृत अवस्थामा फेला परेपछि स्थानीय प्रहरीलाई खबर गरेका थिए।

एसईई छाडेर आत्महत्या

माध्यमिक शिक्षा परीक्षा (एसईई) दिने एक विद्यार्थीले झुण्डिएर आत्महत्या गरेकी छन्। गुंगा माध्यमिक विद्यालयबाट एसईई परीक्षाको तयारी गरेकी बगनासकाली गाउँपालिका–६, यम्घा गुँगा भुटेकेकी अन्दाजी १६ वर्षीया मनिषा विकले आत्महत्या गरेकी हुन्।

प्रेम सम्बन्धका कारण सामूहिक आत्महत्याको प्रयास, एक युवतीको ज्यान गयो

पर्सामा एक युवा र दुई युवतीले मुसो मार्ने आषधि खाएर सामूहिक रुपमा आत्महत्याको प्रयास गरेका छन्। यसमध्ये एक युवतीको ज्यान गएको प्रहरीले जनाएको छ। प्रहरीले जनाएअनुसार पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ४ सढी टोलकी २७ बर्षकी सजिता कुमारीको मृत्यु भएको छ भने सोही ठाउँ बस्ने १३ बर्षकी मजिता कुमारी र जिराभवानी गाउँपालिका वडा नं २ सेढवा २२ वर्षका सञ्जय दास बिरामी छन्। घट्ना भने जिराभवानी –२ सेढवामा भएको हो।

निभा र किरणले आत्महत्या गरेको आशंका

‘हामीलाई माफ गरिदिनू, तपाईंहरूको सपना हामीले पूरा गर्न सकेनौं, सरी !’ सिमापारि रक्सौलनजिकैको कंगना ढालानजिक आइतबार रेलको लिकमा मृत अवस्थामा फेला परेका दुई किशोरीको कोठामा भेटिएको ‘सुसाइड नोट’को अन्तिम वाक्य हो यो।

विश्वभर आत्महत्याको दरमा कमी

सन् १९९० यता विश्वभर नै एक तिहाइभन्दा बढीले आत्महत्याका घटनामा कमी आएको एक अध्ययनले देखाएको छ।

श्रीमतिको हत्या गरी आफैं आत्महत्या

कैलालीको जानकी गाउँपालिका–७ गोलौरीमा एक व्यक्तिले श्रीमतिको हत्या गरी आफैं आत्महत्या गरेका छन्। इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार आइतबार बिहान साढे ५ बजेतिर ३५ वर्षका प्रेमलाल चौधरीले ३२ वर्षकी श्रीमति रमा चौधरीको हत्या गरी आफैं आत्महत्या गरेका छन्।

रुखमा झुण्डिएर आत्महत्या

बुढीगंगा नगरपालिका वडा नम्बर १ अम्कोटका ४० वर्षीय खगेन्द्र पाध्यायले रुखमा झुण्डिएर आत्महत्या गरेका छन्।

आत्महत्या गर्न लागेका युवाको उद्धार

आत्महत्या गर्न लागेका एक युवकलाई प्रहरीले उद्धार गरेकाे छ। आइतवार खोटाङ दिक्तेल रुपाकोट मझुवाकोट १३ नुनथला बस्ने मानसिक अवस्था ठिक नभएका १८ बर्षीया एक युवा घर नजिकै रहेको जंगलको रुखमा पासो लगाई झुण्डिई आत्महत्या गर्न लागेको अवस्थामा तत्काल प्रहरी टोली खटिई गई उद्धार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ।

आमाले आत्महत्या गरेपछि चार बालबालिकाको बिचल्ली

विद्यालयबाट घर आउँदा, बेनी नगरपालिका वडा नम्बर २ की १० वर्षीया सुस्मिता किसानले कल्पनै नगरेको दृश्य देखिन्। उनकी आमा मैया साँघुरो कोठामा डोरीले पासो लगाएर झुन्डिएकी थिइन्। सपना हो कि विपना छुट्याउनै गाह्रो भयो सुस्मितालाई। तर यो यथार्थ थियो।

टिचिङ अस्पतालभित्र आत्महत्या

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज परिसरभित्र एक वृद्धले आत्महत्या गरेका छन्। काठमाडौँ महानगरपालिका–३ धारामार्ग बस्ने ७६ वर्षीय कृष्णबहादुर बोहराले आइतबार साँझ झुण्डिएर आत्महत्या गरेका हुन्।

गाउँपालिका अध्यक्षकी श्रीमतीद्वारा आत्महत्या

बाराको परवानीपुर गाउँपालिकाका अध्यक्ष हरिनारायण साहकी श्रीमती सुनिता देवीले बुधवार आत्महत्या गरेकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्