५ फाल्गुन २०८२ मंगलबार
image/svg+xml

कन्काई पुलको शंकास्पद वस्तु निष्क्रिय

केही घण्टा सडक अवरुद्ध हुँदा सयौँ सवारी साधन र यात्रुहरू बिच बाटोमै अलपत्र परेका थिए । प्रारम्भिक अनुसन्धानमा उक्त शंकास्पद वस्तु ‘होक्स’ अर्थात् नक्कली बम रहेको खुलेको छ । यसअघि पुसमा पनि यही पुलको पूर्वतर्फ पनि यस्तै शंकास्पद वस्तु फेला परेपछि सेनाले निष्क्रिय पारेको थियो ।

कार चालकसहित एक सय ६० किलो गाँजा बरामद

संयुक्त टोलीले सोमबार पर्साको पकहाँमैनपुर गाउँपालिकाको मधुवनीचोकतर्फ आइरहेको प्र३–०१–००२च ५४३२ नम्बरको सुजुकीको स्वीफ्ट कारका चालक बुद्धिलाल घलानसहित सो परिमाणको गाँजा बरामद गरेको हो।

दुई फर्मलाई नगद जरिवाना

हिमालयन डेरी प्रोडक्सन र युसा डेरीलाई भने व्यवसायसँग सम्बन्धित कागजात लिई विभागमा उपस्थित हुन निर्देशन दिएको छ। विभागले अन्य नौ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ।

बारा निर्वाचन क्षेत्र नं २: चुनावी मैदानमा नयाँ उत्रिँदा पुराना उम्मेदवारलाई चुनाैती

२०७४ सालयता भएको दुई प्रतिनिधिसभा निर्वाचन र एक उपनिर्वाचनमा लगातार जित निकाल्न सफल जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवारलाई यसपालि सिट बचाउन धौ–धौ छ।

भक्तपुरमा एक महिनाभित्र १५२ आपराधिक घटना, ११० जना पक्राउ

भक्तपुर नगरपालिका–३ वंशगोपालस्थित ३८ वर्षीया लालमाया तामाङको हत्याको अभियोगमा काभ्रे तिमाल गाउँपालिका–९ घर भई भक्तपुर नगरपालिका–३ बस्ने ३६ वर्षीय लनाम तामाङ पक्राउ परी पुर्पक्षका लागि जेल चलान गरिएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए।

कुमारी बैंक लिमिटेडलाई सूचना सुरक्षा प्रमाणपत्र प्राप्त

कुमारी बैंक लिमिटेडले अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त आइएसओ/आइइसी २७००१ः२०२२, सूचना सुरक्षा व्यवस्थापन प्रणाली (आइएसएमएस) प्रमाणपत्र प्राप्त गरेको छ।

भोजपुरमा सेनाले सम्हाल्यो कारागार र विमानस्थलको सुरक्षा

सुरक्षाका दृष्टिकोणले अतिसंवेदनशील मानिएका कारागार, विमानस्थल तथा आयोजनामा सेना परिचालन गर्ने मन्त्रिपरिषद्को निर्णयअनुरूप ती ठाउँको सुरक्षामा सेना खटिएको जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी राजन पौडेलले बताए।

पुलाचौरमा पक्की सडक बनाइँदै

बेनी नगरपालिका–५ पुलाचौरमा पक्की सडक निर्माण सुरु भएको छ। बेनी नगरपालिका र सङ्घीय सरकारको लागत साझेदारीमा बेनी–पुलाचौर–टोड्के सडक योजना सञ्चालन भएको हो।

‘महालक्ष्मी विकास बैंकको फोटोग्राफी प्रतियोगिता-संस्करण ३’

‘महालक्ष्मी विकास बैंकको फोटोग्राफी प्रतियोगिता -संस्करण ३’ को पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ।

आज तारिक रहमानले बंगलादेशको नयाँ प्रधानमन्त्रीको शपथ लिँदै

बीएनपी स्थायी समिति सदस्य सलाहुद्दीन अहमदले भने, ‘बहुमत दलको नेताको रूपमा, हाम्रो पार्टी अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्नुहुनेछ।’ यो समारोहमा नेपालसहित १३ देशलाई निम्तो दिइएको छ। यी देशहरूमा दक्षिण एसियाका नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, मालदिभ्स र भुटान रहेका छन्।

भारतको मध्य-शक्ति द्विविधा

क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले विश्वव्यापी ‘डी–ग्लोबलाइजेसन’विरुद्धको संघर्षमा एक किसिमको हुंकार दिएका छन् ।

आज यी तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना

देशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्ने र बाँकी भूभागमा मौसम सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

विदेश पठाउने नाममा ६५ लाख ठगी : एक महिलासहित चार जना पक्राउ

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले रोजगारीका लागि विदेश पठाउने भन्दै रु ६५ लाख ३३ हजार ठगी गरेको अभियोगमा चार जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ।

जब श्री एयरलाइन्स मध्यराति काठमाडौं फर्कियो... यात्रु अलपत्र

गन्तव्यमा अवतरण हुन नसकेपछि जहाज काठमाडौं फर्कँदा यात्रु अलपत्र परेका छन्। सो जहाजमा रहेका यात्रुसमेत रहेका सञ्चारकर्मी रोयल आचार्यले जहाज अवतरण हुन नसकी काठमाडौं फर्कँदा विमानस्थलमा केहीबेर यात्रुले असन्तुष्टि जनाएको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्