२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

प्रधानमन्त्री दाहालद्वारा पद त्याग

प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा दिएका छन्। टेलिभिजनबाट देशबासीका नाममा सम्बोधन गर्दै उनले पद त्याग गरेका हुन्।

प्रधानमन्त्रीले ४ बजे राष्ट्रका नाउँमा सम्बोधन गर्ने, राजीनामाको सम्भावना

प्रमुख प्रतिपक्षी एमालेले अवरोध गर्ने भएपछि बुधबार पनि संसद बैठक अवरुद्ध भएको छ। बिहान ९ बजेका लागि तोकिएको मुख्य तीन दलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली अनुपस्थित रहे।

रोकियो प्रधानमन्त्रीको राजीनामा

नेपाली कांग्रेस र माओवादी केन्द्रबीच भएको भद्र सहमतिअनुसार सत्ता हस्तान्तरणको प्रयास गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल अन्तिममा रोकिएका छन् ।

प्रधानमन्त्रीले संसदमा सम्वोधन गर्दै, राजीनामा दिन सक्ने

प्रधानमन्त्री पुष्पकमल दाहालले आज संसदमा सम्बोधन गर्दै छन्। उनी निकट स्रोतका अनुसार दाहालले सम्बोधनसँगै राजीनामा गर्ने तयारीमा छन्।

प्रधानमन्त्री कप आजबाट

तीन वर्षको अन्तरालपछि मंगलबारबाट हुने एकदिवसीय क्रिकेट प्रतियोगिता प्रधानमन्त्री कपको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र पूर्वाञ्चलले प्रतिस्पर्धा गर्ने भएका छन्।

गणतन्त्र दिवस जनताको सहभागितामा मनाउनुपर्छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही जेठ १५ गतेको गणतन्त्र दिवसलाई जनताको सहभागितामा विविध कार्यक्रमसहित भव्यरुपमा मनाइने बताएका छन् ।

प्रधानमन्त्री कप भव्य हुन्छ : ज्ञानेन्द्र

एउटा स्तरमा पुगेर अड्किएको नेपाली क्रिकेटलाई नयाँ उचाइ दिएका थिए, प्रशिक्षक पुवुदु दासानायकेले । तिनै पुपुदुका प्रिय शिष्य हुन् नेपाली क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल । लामो समयदेखि नेपाली क्रिकेटको मध्यक्रममा खम्बाका रूपमा रहेका ज्ञानेन्द्र अहिले ओपनिङमा जमिरहेका छन् । मध्यक्रममा कप्तान पारस खड्कासँग जोडी जमाएका ज्ञानेन्द्र ओपनिङमा भने भरपर्दो साथको खोजीमा छन् ।

प्रधानमन्त्रीले सत्ता हस्तान्तरण गर्नेमा शंका नगरौं : नेता रायमाझी

नेकपा (माओवादी केन्द्र)का संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले प्रधानमन्त्रीले उचित समयमा सत्ता हस्तान्तरण गर्नेमा कुनै आशङ्का नगर्न आग्रह गरेका छन्।

जस्ले जिते पनि मेरै जित : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय चुनाव सम्पन्न भएका कारण राष्ट्रको जित भएकोे बताएका छन् । ‘चुनाव हुनु ठूलो कुरा हो । निर्वाचन भएपछि कस्ले जित्यो हार्याे त्यो मेरा लागि महत्वपूर्ण विषय रहेन । मतदानको दिनपछि त मैले टिभी नै हेर्न छाडेको छु’ शुक्रबार चितवन रामपुरमा कृषि तथा वन विश्व विद्यालय केन्द्रीय कार्यालय भवनको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले भने ।

प्रधानमन्त्री चितवन आउँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज शुक्रबार मध्यान्ह चितवन आउने भएका छन्। दाहालले रामपुरमा रहेको कृषि तथा वन विश्व विद्यालयको नवनिर्मित कार्यालय भवनको उद्घाटन गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री र राजपाका नेताहरुबीच छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय जनता पार्टी, नेपालका नेताहरुबीच दोस्रो चरणको निर्वाचनका विषयमा केन्द्रित रहेर सोमबार छलफल भएको छ ।

तालमेलअनुसार मतदान गरेँ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आज बिहान ७ बजेर ८ मिनेट जाँदा भरतपुर महानगरपालिका वडा नं ४ स्थित लक्ष्मी मावि लङ्कुको मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका छन्।

प्रधानमन्त्रीद्वारा भरतपुर लंकूमा मतदान

प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तह निर्वाचनमा आज बिहान चितवन भरतपुर महानगरपालिका वडा नं. ४ मा रहेको लक्ष्मी मावि लंकूको केन्द्रमा मतदान गरेकाछन्। मतदानका लागि प्रधानमन्त्री दाहाल र उनको परिवार शनिबार दिउँसो नै भरतपुर आएको हो।

निर्णायक शक्तिको प्रयोग चुनावमार्फत् गर्न प्रधानमन्त्रीको आह्वान

प्रधानमन्त्री पुष्पकमल दाहालले निर्धक्क भएर स्थानीय तहको चुनावमा मतदान गर्न आह्वान गरेका छन्। शनिबार राष्ट्रका नाममा प्रेस विज्ञप्ती जारी गर्दै आफूलाई चाहेको उम्मेदवारलाई निर्धक्क भएर मदतान गर्न आह्वान गरेका हुन्।

सर्वोच्चको चियापानमा प्रधानमन्त्री अनुपस्थित

प्रधान न्यायाधीश सुशीला कार्कीलाई संसदमा दर्ता गरिएको महाभियोग प्रस्तावपछि व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबीच बढेको दूरी कानुन दिवसमा पनि देखियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्