२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

निर्णायक शक्तिको प्रयोग चुनावमार्फत् गर्न प्रधानमन्त्रीको आह्वान

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले निर्धक्क भएर स्थानीय तहको चुनावमा मतदान गर्न आह्वान गरेका छन्। शनिबार राष्ट्रका नाममा प्रेस विज्ञप्ती जारी गर्दै आफूलाई चाहेको उम्मेदवारलाई निर्धक्क भएर मदतान गर्न आह्वान गरेका हुन्।

समावेशिताको दृष्टिकोणले यो चुनाव ऐतिहासिक भएको बताउँदै प्रधानमन्त्री दाहालले चुनाव स्वच्छ, निष्पक्ष र भयरहित बनाउन निर्वाचन आयोगले सबै उपाय अपनाएको उल्लेख गरेका छन्।

'पहिलोचोटि नेपालको संविधानले नेपालको सार्वभौम अधिकार नेपाली जनतामा निहित गरेको छ। लोकतन्त्रमा जनताले मूलतः सार्वभौम अधिकारको प्रयोग गर्ने भनेको निर्वाचनको माध्यमबाटै हो। अर्को शब्दमा जनताले आफ्नो निर्णायक शक्तिको प्रयोग चुनावमार्फत् गर्छन्। यस अर्थमा नेपाली जनताले प्राप्त गरेको सार्वभौम अधिकारको प्रयोग गर्ने पहिलो अवसरको रुपमा यस निर्वाचनलाई लिन सकिन्छ,' विज्ञप्तीमा उल्लेख छ।

प्रकाशित: ३० वैशाख २०७४ ०७:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App