खोलाले बगाउँदा महिलाको मृत्यु
खोलाले बगाउँदा बैतडीको शिवनाग गाउँपालिका–४, बगारकी ३५ वर्षीया सकुन्तला महताको मृत्यु भएको छ।
खोलाले बगाउँदा बैतडीको शिवनाग गाउँपालिका–४, बगारकी ३५ वर्षीया सकुन्तला महताको मृत्यु भएको छ।
डिम्बवाहिनी नलीको ९० प्रतिशत क्यान्सर असामान्य अर्थात् अनियमित रक्तश्रावपछि मात्र पत्ता लाग्ने गरेको पाइएको छ। यदि तपाईंको पहिले नै महिनावारी सुकेको छ भने वा कुनै रक्तश्राव पनि भएको छ भने त्यसको परीक्षण हुनु पर्छ।
नेपाल भारत सीमा क्षेत्रमा महिलाहरुले मदिरा पसलमा तोडफोड गरेका छन्। महिला हिंसाविरुद्धको सशक्त अभियान मञ्च रौतहटमा संलग्न महिलाहरुले सीमावर्ती क्षेत्रमा मदिरा भट्टी पसलमा शुक्रबार साँझ तोडफोड गरी अब उपरान्त मदिरा विक्री वितरण नगर्न चेतावनी दिएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त दुई मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएकी छिन्। राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार आयोजित विशेष समारोहमा कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकाल र भूमि व्यवस्थापन, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्याललाई पद तथा गोपनीयताको शपथ गराएकी हुन्।
नेपाल सरकारले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको १४ महिनापछि नेपाल भलिबल संघले खेललाई व्यावसायिकता प्रदान गर्ने प्रयास गरेको छ।
मानव तस्करहरूले खाडी मुलुकमा आकर्षक रोजगार दिने प्रलोभन देखाई भारतका विभिन्न स्थानमा पु-याएका ७१ नेपाली महिलाको उद्धार गरिएको छ।
सर्पले डसेर कटारीमा एक महिलाको मृत्यु भएको छ। कटारी–२ गिद्धवरकी २३ वर्षीया यशोदा कट्टेललाई मंगलबार विहानै गोठ गएका समयमा सर्पले टोकेको थियो।
सावित्रा भण्डारीको ह्याट्रिक मद्दतमा सशस्त्र प्रहरी बलको विभागीय टोली एपिएफले मंगलबार उप राष्ट्रपति राष्ट्रिय महिला लिगको उपाधि जितेको छ।
भारतको राजधानी नयाँ दिल्लीबाट ३९ नेपाली महिलाको उद्धार गरिएको छ । दिल्ली महिला आयोगकी अध्यक्ष स्वाति मालिवालको नेतृत्वमा बुधबार बिहान उनीहरुकाे उद्धार गरिएको हो । याैन कार्यका लागि तेस्रो मुलुक पठाउन लागिएका उनीहरूकाे उद्धार गरिएकाे हाे।
लैंगिक समानता, महिला सशक्तीकरणजस्ता मुद्दा अहिले परिवर्तित अवस्थाका जल्दाबल्दा अजेन्डा हुन् । यसका लागि संविधानदेखि कानुन, नियम, विनियम आदि दस्तावेजहरूमा विशेष व्यवस्था गरिएका छन्।
झापास्थित बि एण्ड सी अस्पतालका प्रबन्ध निर्देशक दुर्गा प्रसाईं विरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ। बंगलादेशमा मेडिकल शिक्षा अध्ययन गर्ने छात्राहरूका बारेमा अपमानजनक अभिव्यक्ति दिएका प्रसाईंलाई कानुनी कारवाहीको दायरामा ल्याउन माग गर्दै तीन महिलाले आयोगमा उजुरी दिएका हुन्।
झापाका महिला अधिकारकर्मीहरूले बिएन्डसी अस्पताल बिर्तामोडका संचालक दुर्गा प्रसाईको अभिव्यक्तिको विरोध गरेका छन्। नेपाल महिला संघले प्रसाईलाई कारबाहीको माग सहित अस्पतालमा कालो झन्डा गाडेका छन्।
सानिमा बैंकले साउन महिनाको हरेक सोमबार बचत खाता खोल्ने महिला ग्राहकलाई विशेष उपहार दिने योजना ल्याएको छ।
उदयपुरमा श्रीमानको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छिन्। सोमबार साँझ त्रियुगा नगरपालिका ११ गाईघाट संगमटोलकी अर्पण पराजुली श्रीमान् सुवास पराजुलीको खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी हुन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महिला सांसद तथा नेतृहरुले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङलाई कडा भन्दा कारबाही गर्न माग गरेका छन्।