७ आश्विन २०८१ सोमबार
image/svg+xml

कर्जन्हाका मेयर चढेकाे गाडीमा ढुङ्गामुढा

सिरहाको कर्जन्हा नगरपालिकाका प्रमुख गङ्गा पासवान सवार गाडीमा अज्ञात समूहले मंगलवार साँझ ढुङ्गामुढा गरी तोडफोड गरेका छन्। नगरपालिकाको परिषद्को बैठक सकिएपछि मेयर पासवान बाहिर जान लाग्दा उनी सवार ना१झ १६३९ नं को स्कारपियोमा एक समूहले ढुङ्गामुढा गरी सिसा फुटाइएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ।

व्यवसायीको १४ करोड डुबाउँदै आयल निगम

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३, मकवानपुरका आशिष पौडेलले २०७४ असारमा ६० लाख रुपैयाँ लगानी गरेर नेपाल आयल निगमको इन्धन ढुवानी गर्ने ट्यांकर किने । निगमले क्यालिब्रेसन र इपी कोट जाँचेर ठिक छ भनेको उक्त ट्यांकरले इन्धन ढुवानी गर्ने अवसर नपाउँदा १५ महिनादेखि पौडेलेको घरअगाडि खडा छ।

ब्रोडब्यान्ड विस्तार मूल्यांकन गर्न कम्पनी छनोट

नेपाल दूरसञ्चार प्राधिकरणले मुलुकभर विस्तार गर्न लागिएको ब्रोडब्यान्ड इन्टरनेट परियोजनाको मूल्यांकन गर्न परामर्शदाताको संक्षिप्त सूची (सर्टलिस्ट) तयार गरेको छ।

टार्गेट पुर्‍याउनेलाई विदेशमा हुने तालिममा पठाइने

नेपाल विद्युत प्राधिकरणले मातहतका कर्मचारीलाई चुहावट नियन्त्रण र बक्यौता असुलीमा दिइएको टार्गेटको कम्तिमा ५० प्रतिशत प्रगति हासिल गर्नेलाई प्रोत्साहन स्वरुप विदेशीमा हुने तालिममा भाग लिन जान प्रथमिकता दिने भएको छ।

करार कर्मचारी अान्दाेलित

व्यवसायिक तथा सीप विकास तालिम केन्द्रमा कार्यरत अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरूले सरकारले जबरजस्ती हटाए आफूहरू सिंहदरबारभित्रै आत्मदाह गर्ने चेतावनी दिएका छन्।

कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न पण्डितको निर्देशन

सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएका छन्। रौतहट सदरमुकाम गौरमा मंगलवार कर्मचारीलाई सम्बोधन गर्दै मन्त्री पण्डितले जननिर्वाचित स्थानीय प्रतिनिधिसँग समन्वय गरेर उच्च मनोबलका साथ जनताको काम गर्न निर्देशन दिएका हुन्।

अफगानिस्तानमा तालिवानी अाक्रमण, कम्तीमा १५ सुरक्षाकर्मीकाे मृत्यु

अफगान विद्रोही तालिबानले पछिल्ला दिनहरुमा सरकारी सुरक्षाफौजमाथि आक्रमण तिब्र पारेका छन्। अफगान सुरक्षा स्रोतका अनुसार जवाजन प्रान्तमा तालिबानले गरेको आक्रमणबाट कम्तीमा १५ जना सुरक्षाकर्मी मारिएका छन्। आइतबार राति उत्तरी अफगानिस्तानमा भएको हमलामा अरु २६ जना सुरक्षाकर्मी गम्भीर घाइते भएको टोलो समाचार समितिले जनाएको छ।

कर्णाली विकासमा सहयोग गर्न विकास साझेदार प्रतिबद्ध

कर्णालीको विकासमा सहयोग गर्न अन्तर्राष्ट्रिय विकास साझेदार निकायले औपचारिक प्रतिबद्धता जनाएका छन्।

कर्णाली प्रदेशको संसद अवरुद्ध

करिव दुई महिनापछि मंगलबार सुरु भएको कर्णाली प्रदेशसभा बैठक प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरुद्ध गरेको छ।

धमाधम कार्यसम्पादन सम्झौता गर्दै प्राधिकरणका कर्मचारी

नेपाल विद्युत् प्राधिकरणले विद्युत् चुहावट नियन्त्रणलाई मुख्य प्राथमिकतामा राखी ग्राहकसँग प्रत्यक्ष सम्पर्क राख्ने वितरण तथा ग्राहक केन्द्रका प्रमुखसँग कार्यसम्पादन सम्झौता गरेको छ।

‘पाँच वर्षमा बाध्यताको वैदेशिक रोजगारी अन्त्य गर्छौं’

स्वदेशमा रोजगारी नपाएको भन्दै दैनिक सरदर ११–१२ सय युवा वैदेशिक रोजगारीमा जाने गरेको बेला श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट वैदेशिक रोजगारीलाई कम गर्ने अभियानमा छन्।

सोनमलाई कंगनाको काउन्टर

फिल्म ‘मणिकर्णिका’मा रानी लक्ष्मीबाईको भूमिका निभाइरहेकी बलिउड नायिका कसै न कसैसँगको झगडाका कारण चर्चामा आइरहन्छिन्।

करको करकाप

यसै आर्थिक वर्षको सुरुआतसँगै स्थानीय निकायहरूले विभिन्न प्रकारका नयाँ कर र गैरकर राजस्वहरू उठाउन थालेपछि जनस्तरमा ऊसन्तुष्टि, अनि राजनैतिक र बौद्धिक स्तरमा नयाँ बहसको शृंखला सुरु भएको छ।

करेन्ट लाग्दा चालकको ज्यान गयाे

नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातमाटे अन्तर्गत पर्ने त्रिशुली गल्छी सडक खण्डमा करेन्ट लागेर एक चालककाे मृत्यु भएको छ।

‘सलल बगेको पानी’मा जस्मिन र विनोदको रोमान्स

चर्चित गायक डेबिट शंकरको ‘सलल बगेको पानी’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। ‘छक्का पञ्जा ३’ को हिट गीत पहिलो नम्बरमा पछि उनको नयाँ गीत सलल बगेको पानी युट्युबमा रिलिज भएको हो। पहिलो नम्बर बोलको गीतबाट चर्चित बनेका गायक डेबिटको नयाँ गीतमा दिपक शर्माले संगीत भरेका छन् भने एरेन्ज उदयराज पौडेलको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्