८ आश्विन २०८१ मंगलबार
image/svg+xml

ताप्लेजुङका अग्निपीडितलाई सहयोग

अमेरिकाको न्युर्योक सिटीमा बस्दै आएका ताप्लेजुङ फुङलिङ–७ का स्थानीय पुष्कर बरालको संयोजनमा संकलित १ लाख २५ हजार रुपैयाँ ताप्लेजुङ सरोकार केन्द्रमार्फत प्रतिनिधिसभा सदस्य तथा पर्यटनमन्त्री योगेशकुमार भट्टराईलाई हस्तान्तरण गरिएको छ ।

ताप्लेजुङका अग्निपीडितको माग: ऋण मिनाहादेखि दमकलसम्म

ताप्लेजुङका अग्निपीडितले सरकारसँग बैंक तथा वित्तीय संस्थाहरूबाट लिएको ऋण मिनाहासहित सात बुँदे माग राखेका छन् ।

खर्च अभावमा शुभचिन्तकको सहयोगले उपचार हुँदै

आगोले पोलेर एक महिनादेखि उपचाररात रौतामाई गाउँपालिका-३ लाफागाउँका हेमन्त पाठकलाई जिल्ला अस्पताल उदयपुरले थप उपचारार्थ काठमाडौं रिफर गरेको छ। बिग्रेको ट्याक्टर बनाउने क्रममा डेढ महिनाअघि सुनसरीको इनरुवास्थित ग्यारेजमा सुतेको समयमा मोविल घोप्टिएर आगलागी हुँदा २२ वर्षीय पाठकको शरीरको ४५ प्रतिशत भाग जलेको थियो।

अग्निपीडितलाई मेयरबाट दुई महिनाको तलब

जिल्लाको मलंगवा नगरपालिकाका मेयरसहित सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीले आफ्नो तलबबाट अग्निपीडित परिवारलाई राहत प्रदान गरेका छन्। मलङ्गवा नगरपालिका–१० जिविस चोकस्थित आगलागीबाट ६ वटा पसलमा आगो लाग्दा ६० लाखभन्दा बढीको धनमाल क्षति भएको थियो। सो आगलागीबाट पीडित बनेका आठ परिवारलाई राहत प्रदान गरिएको हो।

अग्निपीडितलाई राहत

खोटाङस्थित प्राकृतिक प्रकोप सहयोग कोषले डढेलोपीडित चार परिवारलाई राहत प्रदान गरेको छ। चैत १ गते स्थानीय गढीथुम्का र काँसेघडेरी सामुदायिक वनमा लागेको डढेलोले घर जल्दा विस्थापित भएका रावाबेंसी गाउँपालिका–५ दुबेकोल घलेगाउँका गोपाल पाण्डे, भीम पाण्डे, युवप्रसाद पाण्डे र ऐंसेलुखर्क गाउँपालिका–७ माक्पाका तोमबहादुर निरौलालाई कोषले राहत रकम प्रदान गरेको हो।

अग्निपीडित शिक्षकलाई पूर्वविद्यार्थीको सहयोग

खोटाङको सरस्वती मावि दिक्तेलका अग्निपीडित शिक्षकलाई पूर्वविद्यार्थीले आर्थिक सहयोग गरेको छ। तीन महिनाअघि भएको भीषण आगलागीबाट विस्थापित दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१, दिक्तेल रत्नपार्कका शिक्षक कृष्णकुमार श्रेष्ठलाई सरस्वती माविका पूर्वविद्यार्थीले नगद प्रदान गरेका हुन्।

अग्निपीडित शिक्षकलाई पूर्वविद्यार्थीको सहयोग

खोटाङ सरस्वती मावि दिक्तेलका अग्निपीडित शिक्षकलाई पूर्वविद्यार्थीले आर्थिक सहयोग गरेका छन्। गत कात्तिक २३ गते बिहान ३ बजे आगलागीका कारण दिक्तेल रुपाकोट मझुवागढीका शिक्षक कृष्णकुमार श्रेष्ठको घर ध्वस्त भएको थियो। उनको घरसँगै त्यसबेला तीन वटा घर पूर्ण रुपमा जलेका थिए।

आगलागी स्थानमै एकीकृत बस्ती

कर्णाली प्रदेश सरकारले कालिकोटको पलाँताका अग्निपीडितका लागि एकीकृत बस्ती निर्माण गर्ने भएको छ। प्रदेश सरकारले अग्निपीडित परिवार पुनःस्थापना कार्यक्रमअन्तर्गत बस्ती जलेकै ठाउँमा नमुना बस्ती बनाउने निर्णय गरेको हो। नमुना बस्ती निर्माणका लागि प्रदेश सरकारले ४ करोड ३५ लाख रुपियाँ छुट्याएको छ।

अग्निपीडित बालबालिका : न पढाइ न स्वास्थ्य सेवा

पलाँता गाउँपालिकाको खाँडागाउँका आगलागीपीडितमा स्वास्थ्य सेवाको अभाव देखिएको छ। तीन तहका सरकारले गुजाराका लागि खाद्यान्न तथा न्यानोका लागि लत्ताकपडाको व्यवस्था गरे पनि स्वास्थ्यमा भने ध्यान पुर्‍याउन सकेको देखिँदैन। ८७ घरधुरीका पाँच सयभन्दा बढी अग्निपीडित स्वास्थ्य सेवाको अभावले समस्या सिर्जना हुने सम्भावना बढेको बताइएको छ।

अग्निपीडितलाई राहत जुट्ने क्रम जारी

खोटाङ दिक्तेलका अग्निपीडितलाई राहत जुट्ने क्रम जारी छ । कात्तिक २३ गते बिहान भएको आगलागीमा सर्वस्व गुमाएका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१, दिक्तेल रत्नपार्कका कृष्णकुमार श्रेष्ठ, जानुका बुढाथोकी र बुढाथोकीको घरमा कपडा पसल र होटल सञ्चालन गर्दै आएका रमेश खत्रीलाई दिक्तेल बहुमुखी क्याम्पसले आर्थिक सहयोग गरेको हो।

अग्निपीडितलाई इजरायलका नेपालीको सहयोग

उदयपुरको नेपालटारका अग्निपीडितलाई इजरायलमा कार्यरत एक नेपाली चेलीले रहात सहयोग गरेकी छन्। गत चैत २४ गते स्थानिय नारायण तामाङको घरबाट सुरु भएको आगलागीले ध्वस्त पारेको उदयपुरगढी गाउँपालिका ६ नेपालटारका ८ घरधुरी अग्निपीडितलाई इजरायलमा कार्यरत माया घलेले राहत सहयोग गरेकी हुन्।

अग्निपीडितलाई नगद

बाँकेको डुडुवा गाउँपालिकाले अग्निपीडित समुदायलाई नगद वितरण गरेको छ। वडा नम्बर १ सन्तलिया गाउँका अग्नीपिडितलाई राहत स्वरुप नगद २ हजारका दरले रकम वितरण गरिएको हो।

अग्निपीडितलाई राहत जुट्नेक्रम जारी

आगलागीबाट विस्थापित भएका खोटाङको हलेसीका पीडितलाई शुभेच्छुकबाट राहत जुट्नेक्रम जारी छ । पुस १८ गते भएको आगलागीमा घरसहित सर्वस्व गुमाएपछि टहरामा कष्टपूर्ण दिन बिताइरहेका हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका व्यवसायी मगम राई, उचितबहादुर राई, तम्बराज राई, अम्बराज राई र मगमको एक घरमा व्यवसाय गर्दै आएका उदयपुर कटारीका व्यवसायी जगदीश दासलगायतका पीडितलाई विभिन्न कार्यालय तथा संघसंस्थाबाट राहत जुट्नेक्रम जारी छ ।

स्थानीय चुनावले गाउँको कायापलट हुने अग्निपीडितको आशा

औरहीका अग्नीपीडितले सरकारले आफूहरूलाई दुई नम्बरको नागरिकसरह व्यवहार गरेको गुनासो गरेका छन् । आफ्नो पक्षमा बोलिदिने जनप्रतिनिधि नहुँदा राज्यबाट आफूहरू उपेक्षामा परेको भन्दै उनीहरूले उचित राहतसमेत नपाएको गुनासो गरेका हुन् ।

अग्निपीडितलाई सिरक वितरण

आठराई संक्रान्ति बजारमा गत पुस १ गते भएको आगलागीका अग्निपीडित परिवारलाई मंगलबार फेदाप समाज धरान सुनसरीले राहत सामग्री उपलब्ध गराएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्