चुनाव घोषणा विधेयक पारित
व्यवस्थापिका–संसद्ले निर्वाचनसँग सम्बन्धित दुई विधेयक अनुमोदन गरेको छ। संसद्को बुधबारको बैठकले मतदाता नामावली कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७३ र निर्वाचन आयोगको काम कर्तव्य र अधिकार कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७१ अनुमोदन गरेको हो।