बारबरा शान्ति प्रतिष्ठानद्वारा सर्लाहीको दलित बस्तीमा राहत वितरण
बारबरा शान्ति प्रतिष्ठान नेपालले हेटौंडा सामुदायिक आँखा अस्पतालको सहयोगमा सर्लाहीको सिसौटका बाढी डुबानमा परेका चमार, डोम र मुस्लिम समुदायका १ सय १३ परिवारलाई राहत वितरण गरेको छ।
बारबरा शान्ति प्रतिष्ठान नेपालले हेटौंडा सामुदायिक आँखा अस्पतालको सहयोगमा सर्लाहीको सिसौटका बाढी डुबानमा परेका चमार, डोम र मुस्लिम समुदायका १ सय १३ परिवारलाई राहत वितरण गरेको छ।
बाढीबाट पीडितहरुले रातह नपाएको भन्दै तत्काल राहतको मागगर्दै जिल्ला प्रशासन कार्यालय अगाडी प्रर्दशन गरेका छन्।
संजय स्मृती प्रतिष्ठानले रौतहटको दुर्गम गाउँ लौकाहामा बाढी पीडितलाई राहत साम्रगी वितरण गरेको छ। स्थानीय प्रशासनको सहयोगमा प्रतिष्ठानले करिब ३० भन्दा बढी घरपरिवारलाई राहत साम्रगी वितरण गरेको हो।
सिस्नुपानी नेपालका कलाकारहरुले रौतहटका बाढी पीडितहरुलाई राहत बाँडेका छन्। विहीबार र शुक्रवार सिस्नुपानीका कलाकारहरुले रौतहटका बाढी पीडितहरुलाई राहत बाँडेका हुन्।
दी ह्वाइट जोनले सुनसरीका बाढी पीडितलाई राहत वितरण गरेको छ। सुनसरीको विभिन्न स्थानका पीडितलाई चामल, ब्लाङ्केट, कपडालगायत राहत वितरण गरिएको हो। इटहरीस्थित भवानीपुर र रामधुनीका सय बढी पीडित परिवारलाई राहत वितरण गरेको दी ह्वाइट जोनका सचिव सजक योञ्जन तामाङले जानकारी दिए।
जापान सरकारले बाढी, पहिरोपीडितका लागि दुई करोड ३४ लाख रुपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराएको छ। नेपालका लागि जापानी राजदूत मासासी ओगावाले बुधबार उक्त सामग्री गृहमन्त्री जनार्दन शर्मालाई हस्तान्तरण गरेका छन्।
धुर्मुस सुन्तली फाउण्डेशनले रौतहट सदरमुकाम गौरमा बुधवार ८० परिवारलाई एक महिना सम्म पुग्ने गरी राहत सामग्रीहरु वितरण गरेका छन्।
पछिल्लो साता आएको बाढीले बिचल्लीमा परेका सप्तरीका बाढीपीडित राहत वितरण गर्न यतिबेला गैरआवासिय नेपाली संघ (एनआरएनए)को टोली सप्तरी आइपुगेको छ। अध्यक्ष शेष घले नेतृत्वमा मंगलबार सप्तरी आइपुगेको टोलीले जिल्लाको पश्चिमी–दक्षिणी भेगमा रहेको बोदेबर्साइन नगरपालिका तथा उत्तर–पूर्वी तिरहुत गाउँपालिकामा छुट्टा–छुट्टै दुई वटा शिविरमार्फत् राहत विरण गरिरहेको छ।
सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिका–१० कि कुसमीदेवी रामको एक हप्ता अगाडि आएको विनाशकारी बाढीले घरमा भएको सबै थोक बगायो। तर उनले राहत पाएकी छैनन्। कारण थियो उनले दोस्रो चरणको स्थानीय तहमा गरेको मतदान। आफू एक पार्टीमा सक्रिय भएको र आफ्नो वडामा अर्कै पार्टी विजयी भएका कारण राहत नदिएको उनको भनाइ छ।
रौतहटका बाढीपीडितलाई बलिउड अभिनेत्री मनीषा कोइरालाले राहत वितरण गरेकी छिन्। बाढीले अति प्रभावित रौतहटको बसन्तपटीका पीडितहरुबीच कोइरालाले डिग्नीकिट वितरण गरेकी छिन्।
धुर्मुस सुन्तली फाउन्डेशनले सिन्धुलीका पहिरो पीडितलाई नगद सहित राहत हस्तान्तरण गरेका छन्।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता माधवकुमार नेपालले विपद् व्यवस्थापन र पीडितसामु राहत पुर्याउने काममा सरकार असफल भएको बताएका छन्।
नेपाल चेम्बर अफ कमर्सले बाढी पहिरो पीडितका लागि संकलन गरिएको राहत सामग्री गृहमन्त्री जनार्दन शर्मालाई हस्तान्तरण गरेको छ।
‘निर्वाचनका बेला भोट माग्न आउने, जितेपछि मुख नदेखाउने’ राजनीतिक नेतृत्वप्रतिको यो सदाबहार गुनासोजस्तै मधेसमा अहिले राजनीतिक दलमाथि रगतको राजनीति गरेको आरोप लाग्न थालेको छ। सर्वसाधारणको भनाइ छ– ‘आन्दोलनको आह्वानमा ‘आमजन’ (गैरराजनीतिक व्यक्ति) मर्न लगाएर ‘ब्लड पोलिटिक्स’ (रगतको राजनीति) गर्ने काम भइरहेको छ।'
बबई बाढीवाट विस्तापित परिवारलाई हेफर इन्टरनेशनले राहत स्वरुप खाद्यान्न वितरण सुरु गरेको छ। दैविक प्रकोप उद्धार समितिको समन्वयमा हेफर इन्टरनेशनल बाढीबाट विस्थापित परिवार आश्रय स्थलमा खाद्य समाग्री राहत वितरण गरेको हो।