१२ मंसिर २०८१ बुधबार
image/svg+xml

मदन भण्डारी फाउन्डेसनद्धारा अग्नी पीडितलाई राहत

मदन भण्डारी फाउन्डेसन काठमाडौंले अग्नी पीडितका लागि राहत हस्तान्त्रण गरेको छ। पलाँता गाउँपालिका १ खाँडामा भएको भिषण आगलागीबाट पीडित परिवारलाई फाउन्डेशनले राहत हस्तान्त्रण गरेको हो। पुसको कठाङ्गग्रीदो चिसोमा खाँडावसीका ८७ घर जलेर नष्ट भएपछि फाउण्डेसनले राहत संकलन गरेर हस्तान्त्रण गरेको हो।

आगलगी पीडितलाई राहत सामाग्री लिएर कालिकोट पुगे उपराष्ट्रपति पुत्र

अखिल(क्रान्तिकारी) उपाध्यक्ष तथा उपराष्ट्रपति नन्दबहादुर पुनका पुत्र दिपेश पुनले कालिकोट पलाता खाडागाउँका आगलागी पीडितलाई राहत हस्तान्तरण गरेका छन्।

केरा उत्पादक किसानलाई राहत वितरण

कालिका नगरपालिका–६ भटेनीमा लगाइएको केरा खेती नष्ट गरिएको लामो समयपछि पीडित किसानलाई राहत वितरण गरिएको छ। कालिका नगरपालिका र चितवन केरा उत्पादक संघले शुक्रबार पीडित किसानलाई राहत वितरण गरेको हो।

जुरे पीडितलाई सरकारी निर्णय अमान्य

पाँच गाउँ सुनकोसी नदीमा सुलुत्त बिलय गराउँदै १ सय ४५ स्थानीयको ज्यान लिएको जुरे पहिरो घटनाका पीडितले सरकारको पछिल्लो निर्णय आफूहरुलाई अमान्य रहेको बताएका छन्। उक्त निर्णय सच्याएर तत्काल राहत वितरण नथाले सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनीसमेत पीडितले दिएका छन्।

जीप दुर्घटनाका मृतक परिवारलाई राहत

खोटाङ उद्योग बाणिज्य संघले जीप दुर्घटनामा ज्यान गुमाएका व्यवसायीका परिवारलाई आर्थिक सहयोग गरेको छ। गत कात्तिक २१ गते केपीलासगढी गाउँपालिकाको बाक्सिलाबाट दिक्तेल जाँदै गरेको ना १ ज ३६९८ नम्बरको जीप दुर्घटनामा ज्यान गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ४१ वर्षीय व्यवसायी दिपक रसाईलीको परिवारलाई बाणिज्य संघले ५१ हजार आर्थिक सहयोग गरेको हो।

‘चार महिना बित्न लाग्यो तर राहत पाइएन’

‘कहिले प्रहरी, कहिले नगरपालिका त कहिले मलंगवा धाउँदा–धाउँदा पैताला खिइसक्यो, चार महिना बित्न लागिसक्यो तर राहत पाउन सकेका छैनौं ।’ हाइभोल्टेजका कारण करेन्ट लागेर मृत्यु भएका जिल्लाको हरिपूर्वा नगरपालिकाका नरेन्द्र चौधरीकी पत्नी किशुनदेवीको गुनासो हो यो।

अग्निपीडितलाई राहत जुट्ने क्रम जारी

खोटाङ दिक्तेलका अग्निपीडितलाई राहत जुट्ने क्रम जारी छ । कात्तिक २३ गते बिहान भएको आगलागीमा सर्वस्व गुमाएका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१, दिक्तेल रत्नपार्कका कृष्णकुमार श्रेष्ठ, जानुका बुढाथोकी र बुढाथोकीको घरमा कपडा पसल र होटल सञ्चालन गर्दै आएका रमेश खत्रीलाई दिक्तेल बहुमुखी क्याम्पसले आर्थिक सहयोग गरेको हो।

आगलागी पीडितलाई सेनाद्वारा राहत वितरण

रसुवाको गोसाईकुण्ड गाउँपालिका–५ ठुलोभार्खुका आगलागी पीडितलाई नेपाली सेनाले राहत वितरण गरेको छ।

खोटाङमा अग्नीपीडितलाई सहयोग

खोटाङ उद्योग वाणिज्य संघले दिक्तेलका अग्नीपीडितलाई राहत दिएको छ । यही कात्तिक २३ गते भएको आगलागीमा सर्वस्व गुमाएका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१, दिक्तेल रत्नपार्कका कृष्णकुमार श्रेष्ठलाई वाणिज्य संघले ३ लाख १ हजार रुपैयाँ सहयोग गरेको हो।

राहत वितरणमा सरकारद्वारा विभेद

बलात्कारपछि हत्या घटनाका पीडितलाई सरकारले राहत वितरणमा विभेद गरेको भन्दै कैलाली गौरीगंगाकी देउसरा विश्वकर्माले विभिन्न सघसंस्था एवं पत्रकार गुहारिन् ।

दसैँको मुखमा खडेरी पीडितलाई राहत

यसपालीको वर्षायाममा चर्को खडेरीका कारण बालीनाली नष्ट भएका पाँचथर, तेह्रथुम र धनकुटाका सात स्थानीय तहका बासिन्दालाई दसैंको मुखमा १ नम्बर प्रदेशको अगुवाइमा राहत वितरण प्रारम्भ भएको छ।

स्थायी गर्न माग गर्दै राहत शिक्षकको प्रदर्शन

राहत शिक्षकहरुले राजधानीमा प्रदर्शन गरेका छन्। पेशागत सुरक्षाको माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन्। सामुदायिक विद्यालयमा आफूहरु लामो समयदेखि कार्यरत रहेकाले प्रक्रिया पुर्‍याएर स्थायी गर्नु पर्ने शिक्षकहरुको माग छ।

पत्रकार आपत्कालीन कोष स्थापना गरिने

नेपाल पत्रकार महासंघ इलाम शाखाले ‘पत्रकार आपत्कालीन राहत कोष’ स्थापना गर्ने भएको छ। महासंघको आइतबार सदरमुकामका बसेको बैठकले आशिष स्मृति पत्रकारिता पुरस्कार अक्षयकोषको रकम पनि थप गर्ने निर्णय गरेको छ।

बर्ड फ्लूपीडित किसानलाई राहत दिन ढिलाइ

खैरहनी नगरपालिका–६ का कुखुरापालक किसान धिरज श्रेष्ठले आठ हजार कुखुरा पालेका थिए । उनको फार्मबाट करिब डेढ किलोमिटर टाढा खैरहनी–९, सुर्तनीमा राजन चौधरी र अर्का किसान लक्ष्मण चौधरीले पालेको लेयर्स कुखुरामा बर्ड फ्लूको भाइरस भेटियो।

राहत शिक्षकको आन्दोलनले उदयपुरमा पठनपाठन प्रभावित

नेपाल राहत शिक्षक केन्द्रीय समितिको ३ दिने बन्दका कारण उदयपुरका सामुदायिक विद्यालयको पठनपाठन प्रभावित भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्