१० मंसिर २०८१ सोमबार
image/svg+xml

सरकारबाट समर्थन फिर्ता लिने राजपाको तयारी

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले केपी शर्मा ओली नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिने तयारी गरेको छ। सरकार स्वेच्छचारी ढंगबाट अघि बढेकाले आफूहरु समर्थन जारी राख्ने वा फिर्ता लिने भन्नेबारे पूनर्विचार गर्ने उपाध्यक्ष वृषेशचन्द्र लालले बताए। बुधबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा उनले भने, ‘सरकारलाई समर्थन गर्ने कुरामा हामी पुनर्विचार गर्छौं।’

डा. केसीको समर्थन गर्दै माइतीघरमा चेकअप

चिकित्सा शिक्षामा सुधारको माग गर्दै जुम्लामा आमरण अनसनरत डा. गोविन्द केसीको समर्थनमा आवासीय चिकित्सकहरुले प्रदर्शन गरेका छन्। १५ औं पटक अनशनमा बसेका डा. केसीको समर्थनमा शुक्रबार माइतीघर मण्डलामा चिकित्सकहरुले विरामी जाँचेर संकेतिक विरोध जनाए। चिकित्सकहरुले नागरिक स्वतन्त्रता बहाल गर, डाक्टर अपहरण बन्द गर लगायतका प्ले कार्ड समेत प्रदर्शन गरेका थिए।

काठमाडौंमा डा. केसीको समर्थनमा प्रदर्शन (फोटो फिचर)

चिकित्सा शिक्षामा सुधारको माग गर्दै जुम्लामा अनशन बसिरहेका प्राडा. गोविन्द केसीको समर्थनमा काठमाडौंमा प्रदर्शन भएको छ।

डा. केसीको समर्थनमा पूर्व सांसददेखि सर्वसाधारणसम्म सडकमा

चिकित्सा शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवाको पक्षमा वकालत गर्दै पाँच दिनदेखि जुम्लाको कवर्डहलमा आमरण अनशनमा बसेका प्राध्यापक डा. गोविन्द केसीको समर्थनमा जुम्लावासी सडकमा उत्रिएका छन्। जुम्लाका पूर्व सांसददेखि सर्वसाधारण र नागरिक समाज सडकमा उत्रिएर डा. केसीको जीवन रक्षाको माग गर्न थालेको हो।

डा. केसीको समर्थनमा कर्णालीका स्वास्थ्य संस्था बन्द

कर्णालीको जुम्लामा अनशनमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य नाजुक बन्दै गर्दा स्वास्थ्य उपचारको लागि अस्पतालसम्म लिन नदिएको भन्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका आकस्मिक बाहेकका सबै सेवा ठप्प पारिएको छ।

डा.केसीको समर्थन गर्दै खलंगामा अर्धनग्न जुलुस

प्राध्यापक डा. गोविन्द केसीको अनशन चौथो दिन पनि जारी छ। चिकित्सा शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवाका अभियान्ता प्राध्यापक डा.गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नागरिक समाज जुम्लाले अर्धनग्न जुलुस निकालेको हो।

केसीकाे समर्थनमा जुम्ला सदरमुकाम खलंगामा अर्धनग्न जुलुस

प्राध्यापक डा. गोविन्द केसीको अनशन चौंथो दिन पनि जारी छ । चिकित्सा शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवाका अभियान्ता प्राध्यापक डा.गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नागरिक समाज जुम्लाले अर्धनग्न जुलुस निकालेको छ।

कांग्रेसको समर्थनमा संसदबाट पास भयो नियम निलम्बन प्रस्ताव

प्रतिनिधिसभाको आजको बैठकले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २५० बमोजिम नियम निलम्बनसम्बन्धी प्रस्ताव बहुमतले स्वीकृत गरेको छ।

भाजपाले समर्थन फिर्ता लिएपछि कश्मीरमा महबूबाको सरकार ढल्यो

भारत प्रशासित जम्मू–कश्मीरमा महबूबा मुफ्तीको सरकार ढलेको छ। भारतीय जनता पार्टीले समर्थन फिर्ता लिएपछि मंगलबार मुख्यमन्त्री मुफ्तीले राज्यपाल एनएन वोहरालाई राजीनामा पत्र बुझाएकी छिन्। उनीसँगै भाजपाका मन्त्रीहरुले पनि राजीनामा बुझाएका छन्।

अर्जेन्टिनाको समर्थन प्यालेस्टाइनलाई, इजरायलसँग फुटबल नखेल्ने

गाजामा रहेका प्यालेस्टाइन नागरिकहरुमाथी इजरायलले गरेको दमनका कारण अर्जेन्टिनाले आउँदो शनिबार ईजरायलसँग हुने विश्वकप अभ्यास खेल नखेल्ने भएको छ।

‘राजपाले प्रदेश २ को सरकार छोड्ने, केन्द्रमा समर्थन फिर्ता लिने’

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले प्रदेश नम्बर २ को सरकारबाट बाहिरिने तयारी गरेको छ। राजपाका महासचिव एवम् प्रदेशसभा सदस्य मनिष सुमनले प्रदेश नम्बर २ को फोरम नेतृत्वको सरकारबाट आफ्नो पार्टी फिर्ता हुने जानकारी दिए।

प्रमुख प्रतिपक्षीको मान्यता नपाएपछि नेकपा क्रोधित, समर्थन फिर्ता

नेपाल कम्युनिष्ट पार्टीले प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलको मान्यता पाउन नसकेपछि मधेशी गठबन्धनको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। सरकार गठनपछि विपक्षमा मतदान गर्ने एकमात्र दल नेपाली कांग्रेसलाई प्रमुख प्रतिपक्षी दिएपछि नेकपा क्रोधित हुँदै समर्थन फिर्ता लिएको हो।

‘अमेरिकाले आतङ्ककारीलाई समर्थन गर्‍यो’

इरानका राष्ट्रपति हसन रोउहानीले अमेरिकी नेतृत्वमा सिरियामा भएको आक्रमणबाट वासिङ्टनको आतङ्ककारीसँग प्रत्यक्ष सम्बन्ध प्रमाणित भएको बताएका छन्।

नेपाल भारतबीचको मित्रतापूर्ण सम्बन्धलाई हामी समर्थन गर्छौः चीन

नेपाल र भातबीचको मित्रतापूर्ण सम्बन्धलाईलाई चीनले समर्थन गर्ने जनाएको छ । बिहीवार चीनले भनेको छ, ‘नयाँ दिल्ली, काठमाडौं र बेइजिङ एकअर्कामा महत्वपूर्ण छिमेकी हुन् र साझा विकासका लागि सँगै काम गर्न सक्छन् ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारले स्वतन्त्र विदेश नीति अपनाउने भनि गरेको टिप्पणीलाई बेइजिङले सराहना गरेको छ ।

फिफाद्वारा समर्थन गर्न फुकुवा

फिफाले चौतर्फी विरोध भएसँगै आफ्ना सदस्यलाई सन् २०२६ को विश्वकपको आयोजना दाबीमा सार्वजनिक रूपमा समर्थन गर्नमा लगाएको प्रतिबन्ध हटाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्