१० मंसिर २०८१ सोमबार
image/svg+xml

छठसम्म संविधान संशोधन नभए समर्थन फिर्ताः अध्यक्ष यादव

संघीय गठबन्धनका संयोजक एवम् संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले छठसम्म प्रधानमन्त्री पुष्पकमल दाहाललाई अवसर भएको भन्दै त्यतिबेलासम्म संविधान संशोधन नभए मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन्।

सरकारलाई दिएको समर्थन फिर्ता लिने मोर्चाको चेतावनी

मन्त्रिमण्डल बाहिर रहेर सरकारको समर्थन गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तिहार अघि संविधान संशोधन प्रस्ताव संसदमा दर्ता नगरिए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको भनाइ सकारात्मक भएपनि व्यवहार शंकास्पद रहेको भन्दै मोर्चामा अधैर्यता बढेको छ।

दाहाल सरकारलाई दिएकाे समर्थन फिर्ता लिने मनस्थितिमा मोर्चा

सरकारले माग पूरा गर्नुको साटो दिन–प्रतिदिन विभिन्न बहाना बनाउँदै संविधान संशोधनलाई धकेल्न थालेपछि समर्थन फिर्ता लिने अवस्था आयाे

डा. केसीको समर्थनमा सभामुख निवास अगाडि प्रदर्शन

चिकित्सा क्षेत्रमा सुधारका लागि दवाव थप्न नवौं पटकको अनसनमा रहेका डा. गोबिन्द केसीको समर्थनमा बिहीबार राजधानीमा प्रदर्शन भएको छ। सोलिडारिटि फर डा. केसी अलायन्सले बालुवाटारस्थित सभामुख ओनसरी घर्तीको निवास अगाडि १ घण्टा ब्यानरसहित प्रदर्शन गरेको हो।

समर्थन गर्ने दललाई बेवास्ता गरे सरकार अल्पमतमा पर्छ: अध्यक्ष ढकाल

काठमाडौं– नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले माओबादी र कांग्रेस बिचको माया प्रेमले मात्रै सरकार लामो समय नटिक्ने बताएका छन्। निजि निवास चुनदेबीमा संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष ढकालले सरकारको बारेमा टिप्पणी गर्ने बेला भइनसकेको भए पनि बिहानीले दिनको संकेत गरे जस्तै शुरुमै सबै दललाई सहमतिमा नलिए सरकारले गरी नखाने बताए।

गगन थापा र प्रदीप पौडेलको समर्थन काफ्ले समूहलाई

नेविसंघको युवा पंक्तिमा बलियो पकड भएका नेता गगन थापा र पौडेलले नेविसंघ ११ औं महाधिवेशनमा कुन्दनराज काफ्ले समूहलाई समर्थन गर्ने भएका छन्। ११ औं महाधिवेशन राजधानीको भृकुटीमण्डपमा सुरु हुनुअघि नेता गगन थापाले मुलुकभरिबाट आएका नेविसंघ महाधिवेशन प्रतिनिधिलाई बागबजारमा सम्बोधन गर्दै गणतान्त्रिक जनआन्दोलनको नेतृत्व गरेको समूह नै नेविसंघको मूलधार भएको बताए।

डा.गोविन्द केसीको समर्थनमा चरणबद्ध आन्दोलन

विभिन्न माग राखी १५ दिनदेखि अनसनरत डा. गोविन्द केसीको समर्थन र जीवन रक्षाकालागि चरणबद्ध आन्दोलन सुरु गरिएको छ। आइतबार बिहान धनगढीमा प्रध्यापक, व्यवसायी, उद्योगी, चिकित्सक, राजनीतिक दलका नेता, कानुन व्यवसायी, शिक्षक, पत्रकार र युवालगायतको सम्पन्न भेलाले चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ।

गोविन्द केसीको समर्थनमा जुम्लामा आन्दोलन सुरू

त्रिवि शिक्षण अस्पताला अनशनरत डा. गोविन्द केसीले उठाएका मागमा समर्थन जनाउँदै जुम्लामा आन्दोलन सुरु भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका चिकित्सकले आन्दोलन थालेका हुन्। पहिलो दिन उनीहरुले हातमा कालो पट्टी बाँधेर विरामीलाई उपचार गरेका छन्।

फोरम लोकतान्त्रिकले पनि सरकारलाई दिएको समर्थन फिर्ता लियो

काठमाडौं–सरकारमा सहभागी मधेसी फोरम लोकतान्त्रिकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। शनिबार बसेको फोरम लोकतनत्त्रिकको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको स्वास्थमन्त्री रामजनम चौधरीले जानकारी दिए।

सरकारलाई दिएको समर्थन फिर्ता लिँदै राप्रपाले आफ्ना मन्त्री फिर्ता बोलायो

सरकारमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले सरकारलाई दिएको सथर्मन फिर्ता लिएको छ। शनिबार बसेको राप्रपा संसदीय समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको राप्रपा संसदीय दलका उपनेता विक्रम पाण्डेले जानकारी दिए।

डा. केसीको समर्थनमा चितवनमा लगातार प्रदर्शन

चितवन– काठमाडौं शिक्षण अस्पताल महाराजगन्जमा अनशनरत डा. गोविन्द केसीको मागप्रति समर्थन जनाउँदै मंगलबार पनि भरतपुरमा प्रदर्शन भएको छ। प्रयास नेपाल नामक संस्थाको पहलमा भरतपुरको चौबिसकोठी चोकमा साँझ पाँच बजेदेखि आधा घण्टा प्रदर्शन भएको हो।

प्रधानमन्त्री ओलीको समर्थनमा तानसेनमा प्रदर्शन

प्रधानमन्त्री केपी ओलीको समर्थनमा मंगलबार पाल्पा सदरमुकाम तानसेनमा प्रदर्शन गरिएको छ। स्वतन्त्र युवा अभियानले प्रधानमन्त्री ओलीको समर्थनमा नारा लगाउँदै तानसेन परिक्रममा गरेको हो।

डा. केसीको समर्थनमा हजारौं सडकमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाभियोग लगाउनुपर्नेलगायत चिकित्सा शिक्षा सुधारसम्बन्धी विभिन्न माग राखेर सात दिनदेखि आमरण अनशनरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको समर्थनमा सर्वसाधारण तथा विद्यार्थी सडकमा ओर्लिएका छन्।

मोर्चा र संघीय गठवन्धनले अविश्वासको प्रस्तावमा समर्थन गर्ने

काठमाडौं- प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार ढाल्न नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र ले संसदमा लैजाने अविश्वासको प्रस्तावमा मधेसी मोर्चा र संघीय गठवन्धनले पनि हस्ताक्षर गर्ने भएको छ।

'समर्थन फिर्ता लिने निर्णय माओवादी र दाहालकालागि आत्मघाती'

काठमाडौं- सूचना तथा सञ्चारमन्त्री शेरधन राईले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय माओवादी केन्द्र र प्रधानमन्त्री र त्यसका अध्यक्ष पुष्पकमल दाहाललाई घातक हुने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्