१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

भाटभटेनीका सञ्चालक मीनबहादुरलाई २ करोड ४६ लाख धरौटीमा छाड्न आदेश

आइतबार न्यायाधीश भोलानाथ ढकालको इजलाशले गुरूङलाई २ करोड ४६ लाख धरौटीमा छाड्न आदेश दिएको हो।

ललिता निवास प्रकरणमा पक्राउ परेका १७ जनालाई धरौटीमा रिहा गर्न आदेश

न्यायाधीश भोलानाथ ढकालको इजलासले पक्राउ परेका १८ जनामध्ये १७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।

बालिका मृत्यु प्रकरणका दोषीमाथि कारबाही हुन्छः मन्त्री बस्नेत

उनले भने, ‘उक्त घटना भएको समय म बाहिर भए पनि चासोका साथ हेरेको छु। मैले इजिप्टबाट नै सचिवज्यूलाई फोन गरेर छानबिन समिति बनाउन निर्देशन दिएको थिएँ। जानाजान केही गल्ती भएको छ भने कारबाही हुन्छ।’

मलङ्गवामा जारी कर्फ्यु हट्यो, भदौ २७ गतेसम्म निषेधाज्ञा लागु

जिल्ला प्रशासन कार्यालय सर्लाहीले शनिवारदेखि लागु गरेको कर्फ्यु हटाउँदै थप तीन दिनका लागि निषेधाज्ञा जारी गरेको छ।

‘गैरवित्तीय क्षेत्रमा सम्पत्ति शुद्धीकरणको जोखिम उच्च’

‘एसिया प्यासिफिक ग्रुप अन मनी लाउन्डरिङ’ (एपिजी)ले नेपालमा सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी ‘पारस्पारिक मूल्याङ्कन प्रतिवेदन’ (म्युचुअल इभालुएसन रिपोर्ट) सार्वजनिक गरेको छ।

६० किलो सुन तस्करीमा विमानस्थल भन्सारका ३ कर्मचारी पक्राउ

६० किलो सुन तस्करी प्रकरणमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारीलाई पक्राउ गरेको छ।

महासचिव पोखरेलद्वारा सङ्ग्रहालय अवलोकन

चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीनको भ्रमणमा रहेका नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलले बेइजिङस्थित चिनियाँ कम्युनिष्ट पार्टीको सङ्ग्रहालय अवलोकन गरेको छ।

अमेरिका बसेर मानव तस्करी गर्दै गौतम

पश्चिम नेपालको रुकुम घर भई हाल अमेरिकी नागरिकता लिएका एक व्यक्तिले विभिन्न मुलुकमा एजेन्ट परिचालन गरी नेपालीलाई बेचबिखन गरेको पाइएको छ। नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले गरेको अनुसन्धानमा त्यसरी तस्करीका मुख्य योजनाकार (नाइके) अमेरिकाको टेक्सास बस्ने अमेरिकी नागरिक ५२ वर्षीय हस्त गौतमले अहिलेसम्म दुई सय जनालाई अमेरिका पठाइसकेको खुलेको छ।

पर्यटक आकर्षणको केन्द्र बन्यो ‘रिग क्षेत्र’

पातीहाल्नेमा होटल तथा बास बस्ने व्यवस्था भएपछि रातिमा पनि पर्यटक रिगतालसँग रम्न पुग्ने गरेका छन्। पातिहाल्नेसँग जोडिएको रिगतालमा आन्तरिक पर्यटकको चहलपहल बढेपछि यस वरपरको क्षेत्र सामाजिक सञ्जालमा भाइरल नै हुने गरेका छन्।

सप्तरी हिरासत प्रकरण गम्भीरतापूर्वक छानबिन गर्न सरकारलाई मानव अधिकारीकर्मीहरुको दबाब

सप्तरीको हिरासतमा रहेकी महिलामाथि गरिएको भनिएको बलात्कार घटनाको छानबिनलाई गम्भीरतापूर्वक अघि बढाउन मानव अधिकारवादी संघ, संस्थाहरुले दबाब दिएका छन्।

घुम्न जान मन छ ? साथी बन्न सक्छ हेटौंडा हाइकर्स

घुम्न मन पराउने युवाहरुले आफ्नो समूहको नाम हेटौंडा हाइकर्स राखे। यसरी सुरु भएको हेटौंडा हाइकर्स टिमसँग अहिले धेरै युवाहरु जोडिएका छन्।

सुन तस्करीको अनुसन्धानमा ‘एमएलए’ बाधक

प्रहरी स्रोतका अनुसार सुन तस्करीमा विदेशी नागरिकको संलग्नता र राजनीतिक व्यक्तिहरूको ‘कनेक्सन’ पुष्टि गर्न प्रहरीलाई पारस्परिक कानुनी सहायता सन्धि (एमएलए) बाधक भइरहेको छ।

इटहरीमा कर वृद्धि,नागरिक समाजद्वारा उपमहानगरपालिका अगाडि धर्ना

इटहरी उपमहानगरपालिकाद्दारा भूमि कर वृद्धि गरेको विषयमा नागरिक समाजले चरणबद्ध दबाबका कार्यक्रम गर्ने क्रममा शुक्रवार धर्ना दिएको छ । नागरिक समाज इटहरीले उपमहानगरपालिका अगाडि १० बजेदेखि झन्डै एक घण्टा धर्ना दिएको हो ।

संघीय निजामति ऐन कर्मचारीमैत्री नआए सिंहदरबारभित्रै आन्दोलन गर्छौंः निजामति कर्मचारी युनियन

निजामति कर्मचारी युनियनका वरिष्ठ उपाध्यक्ष उत्तमकुमार कटुवालले संघीय निजामति ऐन कर्मचारीमैत्री नआए सिंहदरबारभित्रै आन्दोलन गर्ने चेतावनी दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्