८ आश्विन २०८१ मंगलबार
image/svg+xml

नवलपुरमा जिल्ला अस्पताल स्थापना गर्न पहल

नवलपरासीको बर्दघाट (सुस्ता पूर्व ) जिल्लामा जिल्ला अस्पताल स्थापनाका लागि पहल थालिएको छ ।हाल सो जिल्लामा केही महिनाअघि जिल्ला स्वास्थ्य कार्यालय स्थापना भए पनि सरकारी स्वामित्वको जिल्ला अस्पताल हालसम्म स्थापना हुनसकेको छैन् ।

चीन जोड्ने कोरला नाका खुलाउन पहल

कोरला नाका सञ्चालनका लागि चीन र नेपाल सरकारले पूर्वाधार निर्माणलाई तीव्रता दिनुका साथै कूटनीतिक पहल थालेका छन्।

सरकारी ‘पहल’ कुरेको कुर्यै अदुवा व्यवसायी

तीन सातादेखि रोकिएको अदुवा निकासी खुल्ने कुनै छनक नदेखिएपछि व्यवसायी र किसान आजित भएका छन् । वाणिज्य मन्त्रालयसमेत आफूहरूको समस्यामा गम्भीर नभएको भन्दै व्यवसायीले गुनासो गरेका छन् ।

फेवातालको आकार बढाउन सांसदको पहल

पर्यटकीय नगरी पोखराको प्रमुख आकर्षकको केन्द्रमा रहेको फेवा तालको आकार बढाउन काम सुरु हुने भएको छ। कास्की क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित प्रदेश सांसद राजीव पहारीले फेवा तालको आकार बढाउने काम एक हप्ताभित्र सुरु हुने जानकारी दिए।

मुस्लिम समुदायको पहलमा जाडो प्रभावित क्षेत्रमा राहत वितरण

मुस्लिम समुदायका अगुवाहरुले जाडो प्रभावित क्षेत्रमा न्यानो सामाग्री वितरण गरेका छन्। नेपाली जामे मस्जित र नेपाल मल्टी काउन्सिल सेन्टरको पहलमा पर्सामा न्यानो सामाग्री वितरण भएको हो। पर्साको जागरनाथ, हारपुर र रौतहटको भुसनमा न्यानो सामाग्री वितरण गरिएको समिम अन्सारीले बताए। उनका अनुसार २ हजार जति व्ल्याङकेट वितरण गरिएको थियो।

विप्लव र वैद्य माओवादीबीच एकताको पहल सुरु

मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ले पार्टी एकताको लागि वार्ता टोली बनाउने निर्णय गरेको छ। पार्टीको स्थायी समिति बैठकले पार्टी एकता र कार्यगत एकता लगायतका विषयमा निर्णय लिएको थियो।

माघी पर्वको चहलपहल शुरु

कैलाली र कञ्चनपुरका थारु समुदायको प्रमुख चाडका रुपमा रहेको माघी पर्वको चहलपहल शुरु भएको छ। माघी पर्व नजिकिएसँगै त्यस क्षेत्रका थारु समुदायमा माघी पर्वको चहलपहल शुरु भएको हो । थारु समुदायमा नयाँ वर्षको रुपमा धुमधामसँग मनाउने माघी पर्वमा मिठो मसिनो खाने, नयाँनयाँ लुगा लगाउने, आआफ्नो समूहका दौतरी साथीभाइसँग रमाउनेलगायतका विभिन्न नाचगान गर्ने चलन रहेको छ।

पशुपतिनगरमा अध्यागमन राख्न पहल गर्छु : राजदूत पुरी

पूर्वी भारतीय सीमा पशुपतिनगरमा अध्यागमन कार्यालय राख्न नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरी ‘पोजिटिभ’ देखिएका छन्। स्थलगत निरीक्षण गर्न शनिबार पशुपतिनगर नै आएका राजदूत पुरीले स्थानीयले वर्षौंदेखि राखिरहेको अध्यागमन कार्यालयको मागबारे माथिल्लो निकायमा पहल गर्ने आश्वासन दिएका हुन्।

महतको पहलमा १ मेगावाट विद्युतको सर्वे

जिल्लाको तातोपानी गाउपालिका ४ झारगिडीमा १ मेगावाट विद्युत उत्पादनका लागि प्रारम्भिक सर्वे सम्पन्न भएको छ । राष्ट्रिय प्रसारण लाइन विस्तार नहुँदा अन्धकार झेलिरहेको जुम्लामा १ मेगावाट विद्युतको सर्वेसँगै स्थानीयमा खुसी छाएको छ ।

प्रदेश २ मा सरकार बनाउन पहल गर्ने राजपाको पहल

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले २ नम्बर प्रदेशमा आफू र संघीय समाजवादी फोरम नेपाल गठबन्धनको सरकार बनाउन पहल गर्ने निर्णय गरेको छ । यी दुई दल २ नम्बर प्रदेशमा गठबन्धन बनाएर प्रदेश र प्रतिनिधिसभा निर्वाचन लडेका थिए । राजपा राजनीतिक समितिको बुधबारको बैठकले फोरमसँग मिलेर सरकार गठन गर्न अघि बढ्ने निर्णय गरेको हो ।

पञ्चेश्वर परियोजना अगाडि बढाउन पहल गर्छु : दामोदर भण्डारी

एकदमै खुशी महसुस भइरहेको छ । यसअघि पनि यहाँका जनताले मलाई अवसर दिएका थिए । अझै पनि मलाई जनताले सेवा गर्ने अवसर दिएका छन् । विगतका दिनमा यहाँका जनताको लागि गरेको कामलाई निरन्तरता दिने र आगामी दिनमा अझै जिल्लाको समग्र विकासको लागि कदम चाल्नेछु ।

विवाहका कारण बुटिकमा चहलपहल

कुपण्डोलस्थित आशीर्वाद कलेक्सनमा मध्य कात्तिकको एक दिउँसो निकै चहलपहल देखिन्थ्यो । कलेक्सनकी प्रमुख कमला भण्डारी पाठक आफ्ना ग्राहकहरुसँग गफिन व्यस्त थिइन् । मंसिरमा विवाहको सिजन भएकाले कात्तिकमै यस किसिमको चहलपहल हुने कमलाको भनाइ थियो । कमलाको आशीर्वादमा मात्र होइन, यतिबेला प्रायः नाम चलेका सबैजसो बुटिकमा भिडभाड हुने गरेको छ ।

चुनावी चहलपहल

राजनीति भनको झुटको खेती हो ? राजनीति भनेको जनतामा भ्रम छर्ने उद्यम हो ? राजनीति भनेको आश्वासन बाँड्ने उद्योग हो ? हो, भने ठीकै छ नेपालका राजनीतिक दल र नेता त्यस्तै गर्दैछन् । होइन, राजनीति भनेको सबै नीतिहरूको राजा हो, राजनीतिले आर्थिक, सामाजिक नीति बनाउने र मुलुकमा स्थिति बनाउने हो भने दलहरूका घोषणापत्रले त्यस्तो सन्देश दिँदैनन् । घोषणापत्रहरूले झुटको खेतीपाती गरिरहेका छन् । ती पढ्दा र नेताहरूले जनताको नाममा गरेका भाषणहरू श्रवण गर्दा अनुभव हुन्छ नेताहरू मुलुकको यथार्थ धरातलमा उभिएका छैनन् ।

कृषि तथा पशुजन्य वस्तु चीन निर्यात गर्न पहल गरिने

नेपालमा उत्पादन भएको कृषि तथा पशुजन्य वस्तु छिमेकी देश चीनमा निर्यात गर्नका लागि पहल गरिने भएको छ। देशमा जनशक्ति र प्रविधिको व्यवस्थापन हुन नसक्दा पशुजन्य सामग्री बाहिरी देश निर्यात गर्न कठिनाई भएकाले पशुपंक्षी मन्त्रालयले आवश्यक पहल गर्न लागेको हो।

श्रमजीवि पत्रकारका समस्या समाधान गर्न पहल गर्छु : सञ्चार राज्यमन्त्री विष्ट

सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले श्रमजिवी पत्रकारका समस्या समाधानको पहल गर्ने प्रतिबद्धता जनाएका छन्। पत्रकार महासंघ बाँकेले बुधबार गरेको बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले श्रमजिवी पत्रकारका समस्यालाई अध्ययन गरेर आफूले समस्या समाधान गर्ने बताए । ‘श्रमजिवी पत्रकारको समस्यालाई अध्ययन गरेर समस्या समाधानको पहल गर्नेछु,’ उनले भने ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्