११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

त्रिशूली–मातातीर्थ प्रसारण लाइनको ओभरहेड टेस्ट

त्रिशूली–मातातीर्थ २२० केभी प्रसारण लाइनको आइतबार ओभरहेड टेस्ट गरिएको छ। यसअघि चारवटै सर्किटको केबल टेस्ट गरिएको थियो। सबै परीक्षण सकिएकाले आइतबार प्रसारण लाइनको ओभरहेड टेस्ट गरिएको आयोजनाले जनाएको छ।

त्रिशूलीमा बस खसेर मृत्यु हुने ५ मध्ये तीनको सनाखत

झापाको कांकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबस धादिङमा आज बिहान दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको भने एक जनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको छ । दुर्घटनामा २९ घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी निरीक्षक हेमराज घिमिरेले जानकारी दिए।

शुक्रबारदेखि परीक्षण उत्पादन

असार मसान्तसम्म आयोजनाले पूर्ण क्षमतामा व्यावसायिक उत्पादन सुरु गर्ने छ। पूर्ण रूपमा सञ्चालनमा आएपछि आयोजनाबाट मुलकभित्र खपत हुने ऊर्जामा करिब आठ प्रतिशत योगदान रहने छ।

जेठ १६ देखि व्यावसायिक उत्पादन

माथिल्लो त्रिशूली थ्री एले आगामी जेठ १६ गतेदेखि व्यावसायिक उत्पादन सुरु गर्ने भएको छ। पहिलो चरणमा पहिलो युनिटबाट ३० मेगावाट विद्युत् उत्पादन गर्ने आयोजनाले जनाएको छ।

माथिल्लो त्रिशूली थ्री ‘ए’ राष्ट्रिय प्रसारण लाइनमा जोडियो

माथिल्लो त्रिशूली थ्री ‘ए’ ले उत्पादन गरेको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। ६० मेगावट क्षमताको आयोजनाको पहिलो युनिटबाट ३० मेगावट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो।

निर्धारित समयभन्दा ६ वर्ष ढिलो बिजुली उत्पादन

माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको संरचना तथा उपकरणको परीक्षण सफलतापूर्वक सम्पन्न भएको छ। आयोजनाबाट विद्युत् उत्पादन सुरु गर्नुभन्दा पहिला गर्नुपर्ने सम्पूर्ण परीक्षण सम्पन्न भएको हो।

कुलेखानी तेस्रो र माथिल्लो त्रिशुली थ्री ‘ए’बाट केही दिनभित्रै बिजुली

लामो समयसम्म समस्यामा फसेका नेपाल विद्युत् प्राधिकरणका दुई आयोजना निर्माण सम्पन्न हुने चरणमा पुगेका छन्। ती आयोजनाले केही दिनभित्रै विद्युत् उत्पादन गर्ने तयारी गरिरहेको छ।

जेठदेखि सिभिल संरचना निर्माण

माथिल्लो मैलुङ जलविद्युत् आयोजनाले २०७६ जेठदेखि सिभिल संरचना निर्माण सुरु गर्ने भएको छ। जिल्लाको उत्तरगया गाउँपालिका–१ मा निर्माण हुन लागेको आयोजनाले सडक निर्माणको काम अन्तिम चरणमा पु-याएको छ। निर्माणस्थलसम्म जाने सात किलोमिटर सडकमध्ये साढे पाँच किमि सडक निर्माण भइसकेको छ।

त्रिशूलीमा सय मेगावाटको जलविद्युत् बन्दै

गोरखाको गण्डकी गाउँपालिकास्थित बुट्टारमा सय मेगावाटको जलविद्युत् आयोजना निर्माण हुने भएको छ। ब्लु इनर्जी कम्पनीले त्रिशूली नदीमा नेपालमै पहिलो ‘ड्याम्म टु टर्वाइन’ प्रविधिको आयोजना निर्माण गर्न लागेको हो।

माथिल्लो त्रिशूली थ्री ‘ए’को बाँधस्थलको परीक्षण सफल

रसुवामा बाँध र नुवाकोटमा विद्युत् उत्पादनगृह रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको संरचना निर्माण पूरा भएसँगै विद्युत् उत्पादनका लागि थालिएको परीक्षण सफल हुँदै गएको छ।

प्रधानमन्त्रीलाई त्रिशूली थ्री बीको २० कित्ता सेयर

त्रिशूली थ्री बीले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँट भएको छ। नेपालको पानी जनताको लगानी नाराका साथ सुरु भएको उक्त आइपिओमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई २० कित्ता सेयर परेको छ।

चिलिमे–त्रिशूली प्रसारण लाइन, मुआब्जा वितरण सुरू

हालसम्म एक करोड २७ लाख ५३ हजार नौ सय ११ रुपैयाँ मुआब्जा वितरण गरिसकिएको मुआब्जा निर्धारण समिति रसुवाले जनाएको छ। व्यक्तिगत जग्गाको मुआब्जा वितरण अन्तिम चरणमा पुगेको छ। गुठी जग्गाको मुआब्जा भने वितरण गरिएको छैन।

घोप्टेभीरबाट त्रिशूलीमा बस खस्दा तीन घाइते

पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ घोप्टेभीरबाट गए राति त्रिशूलीमा मिनीबस खस्दा तीन घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ना५ख ३६८२ नंको बस सडकबाट २०० मिटर तल त्रिशूलीमा खसेको हो।

जलविद्युतमा सेयर : लाभको लोभमा विलाप नहोस्

सरकारले ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत विभिन्न १९ वटा जलविद्युत् आयोजनामा सर्वसाधारणका लागि सेयर वितरण गर्ने कार्यक्रम घोषणा गरेको छ। यो कार्यक्रम र सोच नराम्रो पक्कै होइन तर योसँग जोडिएर आउने सम्पूर्ण जानकारी, फाइदा र जोखिम सर्वसाधारणलाई सूचित गरेको देखिन्न। हल्लैहल्लाका भरमा जनतालाई लोभ्याउने काममात्र भएको छ। पहिलो चरणमा सरकारले त्रिशूली जलविद्युत् कम्पनीअन्तर्गतको ३७ मेगावाटको त्रिशूली–३ बिका लागि र लगत्तैपछि ९६ मेगावाटको तामाकोशी–५ का लागि सेयर आह्वान गर्ने भन्ने सुन्नमा आएको छ।

आत्मविश्वास नबढ्दा खुम्चियो पुँजी बजार

हालै मात्र प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले ‘जलविद्युतमा जनताको लगानी’ कार्यक्रमअन्तर्गत पहिलो आयोजनाका रूपमा रहेको ‘त्रिशूली ३ बी’मा प्राथमिक सेयरमा लगानी गर्न डिम्याट खाता खोलेको समाचार आएको छ। प्रधानमन्त्रीको यो कदम सेयर बजारका लागि एक महत्वपूर्ण प्रेरणा हो। किनभने मुलुकको अर्थतन्त्रको आकार बढ्दै गए पनि पुँजीबजारको आकार भने घट्दै गएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्