११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

प्रधानमन्त्री अाेलीले किने त्रिशूली ‘बी’काे शेयर

प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत त्रिशूली ‘बी’ को शेयर खरीद गरी बिहीबार जनताको शेयर आवेदन शुभारम्भ गरेका छन्।

चार वर्षमा सक्नुपर्नेमा सात वर्ष

चार वर्षमा सक्ने लक्ष्य लिएर निर्माण सुरु गरिएको ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ए जलविद्युत् आयोजना सात वर्षमा मात्रै पूरा हुने भएको छ। यो वा त्यो बहानामा पटकपटक म्याद थपिँदै आएको उक्त आयोजनाबाट वैशाखको दोस्रो साता बिजुली उत्पादन गर्ने तयारी भइरहेको छ।

रुख काट्न वनकाे अनुमति

सरकारले चिलिमे त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण क्षेत्रमा रुख कटानका लागि स्वीकृति दिएको छ। रुखमा चिनो लगाउन थालिएको ६ महिनापछि आयोजनाले रुख कटानका लागि स्वीकृति पाएको हो। मन्त्री परिषद्बाट स्वीकृति पाएको भए पनि रुख कटानका लागि एक महिनाभन्दा बढी समय लाग्ने देखिन्छ। आयोजनाले अब वन विभागसँग सम्झौता गर्नुपर्छ। विभागसँग सम्झौता गरेपछि डिभिजन वन कार्यालयमा फाइल पेस गर्नुपर्ने आयोजनाले जनाएको छ।

माथिल्लो त्रिशुली शिलान्यास, २०७७ फागुन सम्म सक्ने लक्ष्य

रसुवा र नुवाकोटमा निर्माण हुने माथिल्लो त्रिशूली थ्री बी जलविद्युत् आयोजना शिलान्यास भएको छ। ३७ मेगावाट क्षमताको आयोजनाको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले आइतबार शिलान्यास गरेका हुन्।

नांगो डाँडामा प्रसारण लाइन बनाउन रोक

डिभिजन वन कार्यालय, रसुवाले चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाको वन क्षेत्रमा पर्ने टावर निर्माणमा रोक लगाएको छ।

मुआब्जा माग्दै जिल्ला बन्द

त्रिशूली–मैलुङ–रसुवागढी सडक योजनाका प्रभावितले मुआब्जा माग गर्दै आइतबार नुवाकोट बन्द गरेका छन्। सडक निर्माण तथा स्तरोन्नतिका क्रममा योजनाले पिपलटार–ढुंगे सडक खण्डका प्रभावितलाई मुआब्जाको व्यवस्था गर्न आनाकानी गरेको भन्दै उचित मुआब्जा माग गर्दै नुवाकोट बन्द गरिएको हो।

मुआब्जा माग्दै चक्काजाम

राष्ट्रिय गौरवको आयोजना गल्छी–त्रिशूली–मैलुङ–रसुवागढी सडकअन्तर्गत पर्ने पिपलटार–ढुङ्गे खण्डका प्रभावित जग्गाको मुआब्जा माग गर्दै आइतबार दिउँसो एक घण्टा चक्काजाम गरेका छन्। आयोजनाले सडक निर्माण तथा स्तरोन्नति गर्नेक्रममा आप्नो जग्गा सडकमा पर्ने भए पनि आयोजना पक्षले मुआब्जा दिन प्रक्रिया अघि नबढाएको स्थानीयको गुनासो छ।

मुआब्जा माग गर्दै विरोध प्रदर्शन

राष्ट्रिय गौरवको आयोजना गल्छी–त्रिशूली–मैलुङ–रसुवागढी सडक विस्तारअन्तर्गत पिपलटार–ढुंगे खण्डमा जग्गा पर्ने बासिन्दाले मुआब्जा माग गर्दै सोमबार विरोध प्रदर्शन गरेका छन्। पिपल्टार–ढुंगे सडक खण्ड प्रभावित सरोकार समितिको आयोजनामा उनीहरूले विरोध ¥याली र कोणसभा गरेका हुन्।

२८ हजार अमेरिकी डलरसहित दुई पक्राउ

अवैध रूपमा अमेरिकी डलर ओसारपसार गर्ने दुई जना पक्राउ परेका छन् । जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–६, त्रिशूली खोलाबाट २८ हजार ६ सय रुपैयाँ अमेरिकी डलरसहित दुई जना पक्राउ परेका हुन्।

ग्यास बोकेको कन्टेनर त्रिशूलीमा

एलपी ग्यास बोकेर काठमाडौंतर्फ जाँदै गरेको कन्टेनर नारायणगढ–मुग्लिन सडकखण्डको केराबारीबाट आज अपराह्न त्रिशूली नदीमा खसेको छ।

माथिल्लो त्रिशूली थ्री ‘बी’ तीन वर्षमा

नुवाकोटमा आयोजनास्थल रहेको माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन गरिएको छ।

त्रिशूली–काठमाडौं भूमिगत प्रसारण लाइनको काम ४८ प्रतिशत सकियो

नेपालमै पहिलोपल्ट बनिरहेको भूमिगत विद्युत प्रसारण लाइन निर्माणको काम ४८ प्रतिशत सकिएको छ। त्रिशूली–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइनको मातातीर्थमा १ हजार ३ सय ९ मिटर भूमिगत लाइन बनाउनु पर्नेछ। त्यसमध्ये हालसम्म ६ सय ३० मिटरको काम सकिएको हो। भूमिगतरुपमा २४ वटा तार राख्न मिल्ने गरी संरचना बनिरहेको छ।

त्रिशूलीमा बस खस्दा मृत्यु हुनेको सनाखत

काठमाडौंबाट स्याङ्जाको वालिङ जाँदै गरेको बस त्रिशूलीमा खस्दा दुर्घटनामा ८ जनाको मृत्यु भएको छ। मृतकको सनाखत भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनकारी दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्