८ वैशाख २०८१ शनिबार

रुसी सेनाबाट फर्किनै हम्मे

रुसी सेनामा भर्ती भएका ४५ जना नेपाली नागरिक स्वदेश फर्किएका छन्। मस्कोस्थित नेपाली राजदूतावासको सम्पर्कमा आउने नेपालीलाई नेपाल सरकारले स्वदेश फर्काएको हो।

इजरायलमा अवतरण गर्‍यो नेपाल एयरलाइन्सको जहाज (तस्बिरहरु)

परराष्ट्रमन्त्री एनपी साउदको सचिवालयका अनुसार नेपाली समयअनुसार दिउँसो १ बजेर ५५ मिनेटमा इजरायलको तेल अविवका विमानस्थलमा जहाज अवतरण गरेको हो।

इजरायलबाट नेपाली ल्याउन दुई विमान तयारी अवस्थामा छः मन्त्री साउद

सरकारले इजरायलमा रहेका नेपालीको उद्धारका लागि दुई वटा विमान तयारी अवस्थामा रहेको जनाएको छ।

रुस युक्रेन द्वन्द्वबाट प्रभावित अधिकांश नेपालीको उद्धार कार्य सम्पन्न

रुस युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिको बैठकलाई बुधवार साँझ सम्बोधन गर्दै जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपालहरू सुरक्षित स्थानमा पुगेकाले उद्धार कार्य सम्पन्न भएको बताएका छन्।

मलेसियामा मृत्युदण्ड सुनाइएकासहित २५ नेपालीको उद्धार

एनआरएनएले लण्डन गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहयोगमा मलेसियामा रहेका २५ नेपालीको उद्धार गरिएको छ।

दुबईमा अलपत्र परेका सात नेपालीको उद्धार

वैदेशिक रोजगारीका लागि भन्दै दुबई गएर अलपत्र परेका पर्साको बहुदरमाई नगरपालिका घर भएका सात युवा उद्धारपश्चात घर फर्केका छन्।

अफगानिस्तानबाट हालसम्म ६ सय ५४ नेपालीको उद्धार

अफगानिस्तानको पछिल्लो विषम राजनीतिक परिस्थितिपछि नेपाल सरकारले त्यहाँबाट हालसम्म ६५४ नेपालीको उद्धार गरेको छ।

अफगानिस्तानको काबुलबाट थप ४३७ नेपालीको उद्धार

अफगानिस्तान छोड्न चाहने अफगान शरणार्थीसँगै उनिहरूलाई सेनाको विशेष विमानमार्फत काबुलबाट बेलाइत लगिएको हो।

अफगानिस्तानमा रहेका नेपालीको उद्धार गर्नु सरकारको दायित्व हो: प्रधानमन्त्री देउवा

प्रधानमन्त्री देउवाले त्यहाँ रहेका नेपालीको स्थिति बुझ्न र अत्यावश्यक स्थितिमा उद्धार प्रवन्ध मिलाउन निर्देशन दिइसकेको जानकारी गराउँदै सरकार गम्भीर रहेको बताएका हुन्।

विदेशका नेपालीको उद्धार, हवाई भाडा दोब्बरभन्दा बढी

विदेशबाट उद्धार गर्ने श्रमिकको हवाई भाडा दर परराष्ट्र र पर्यटन, संस्कृति, नागरिक तथा उड्डयन मन्त्रालयका अधिकारीहरूले निर्धारण गरेका हुन् । बिहीबार सार्वजनिक गरिएको हवाई भाडा लागू हुँदा वास्तविक रूपमा जोखिममा परेका कुनै पनि श्रमिक विदेशबाट फर्कन नसक्ने गुनासो गरिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्