२६ वैशाख २०८१ बुधबार
image/svg+xml

कोशीटप्पुमा चराको सङ्ख्या घट्यो

मिड–विन्टर वाटर वर्ड सेन्सस २०२४ अन्तर्गत यस वर्ष कोशीटप्पु आरक्षलगायत कोशी नदी क्षेत्रमा गरिएको गणनामा यस वर्ष ५३ प्रजातिका पाँच हजार पाँच सय २७ को सङ्ख्यामा चरा फेला परेको छ।

फौजी किरा बटुलेर कुखुरालाई चारो

मकै बालीमा देखिएको अमेरिकन फौजी किरा नियन्त्रणका लागि अधिकांश किसानले विषादि उपयोग गर्छन् / गरिरहेका छन् । तर, खोटाङका कतिपय किसानले भने मकैको बिरुवामा महामारीकारुपमा फैलिएको फौजी किरा टिपेर नियन्त्रणको प्रयासमा जुटेको पाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार दाल्फुका किसानले दैनिकजसो मकैको बिरुवामा पाइने फौजी किरा टिपेर नियन्त्रणको प्रयास गरिरहेका छन् ।

उदयपुरमा यो वर्ष पनि मकैमा फौजी किराको आक्रमण

गतवर्षदेखि देखा परेको अमेरिकन फौजी किरा यो वर्ष पुनः फैलिएको छ । गतवर्ष बालीको मध्येयाममा धान, मकै, आलु, गहुँलगायत बाली, सागसब्जी र डाले घाँससमेत सखाप पारेको फौजी किराले यो वर्ष बाली लगाउनेबित्तिकै देखा परेपछि किसानमा दिग्दारी छाएको छ ।

भान्छामा भय

विषादियुक्त तरकारी तथा फलफूल भारतबाट आयात गर्नुअघि परीक्षण गर्ने प्रशंसनीय निर्णयबाट सरकार पछि हटेको छ । जनस्वास्थ्यलाई ध्यानमा राखेर गरिएको यति महत्वपूर्ण निर्णयमा दुईसाता पनि टिक्न नसक्नु आफैँमा दुःखद पक्ष हो । नेपाली किसानले उत्पादन गरेका कृषिजन्य पदार्थ अदुवा, अलैँचीलगायतको परीक्षण गर्न भन्सार बिन्दुबाट टाढा कोलकाता वा दिल्लीसम्म पुग्नुपरेको यथार्थ छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्